• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ७. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ८. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ९. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

भाइरसले त रुप फेर्यो, नेताले कहिले फेर्ने ?


  •   मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित
  • – लव कुमार अधिकारी
    पहिलो चरण देखी नै कोरोनाले डम्फु ठोकिरहेको बेला दोस्रो चरणको निषेधाज्ञा सम्म आइपुग्दा आफ्नो स्वरुप नै फेरिरहेको छ, आफुलाई झन सुधार गर्दै गइरहेको छ । विभिन्न पत्रपत्रिका तथा अनलाईन समाचारमा त यस्को भेरियन्ट ५ वटा हुने रे, मतलव झन आफुलाई शक्तिशालि सावित गर्दै आफ्नो अस्थित्व बचाइ राख्न विश्वमा नै संक्रमित संख्या ह्वात्तै बढाएको छ । झन शक्तिशाली देशलाई वर्वाद बनाएको छ । दैनिक नेपालमा मात्र संक्रमित हुने संख्या सयौ, हजारौं थपिरहेका छन् ।

    Advertisement

    नेपाली राजनीतिक परिवेशमा हेर्ने हो भने वि.स. १९०३ देखि २००७ साल सम्म आर्थत १०४ वर्षे एक छत्र रुपमा राणाहरुले शासन चलाएका थिए । मुलुकमा प्रजातन्त्रको स्थापना गर्नको लागी भएको २००७ साल क्रान्तिको सफलता पश्चात प्रजातन्त्रको बहाली पछि लागु भएको नेपालको अन्तरिम विधान २००७ बाट मात्र राजनीतिक दलहरुको वैधानिक रुपमा मान्यता प्राप्त भएको इतिहास स्मरणीय छ । यति लामो राजनीतिक पृष्ठभुमिमा रुमलिएको नेपाली जनता अहिले कोरोनासंग जुधिरहेका छन् । देशमा राजनीति चुलिएको दशकौं वितिसकेको छ । २००७ साल देखिकै सेरोफेरोमा रुमलिएको राजनीतिक व्यवस्था सुरुवात भए देखि नै पञ्चायति व्यवस्था, प्रजातान्त्रीक व्यवस्थाको फेरवदली र पछिल्लो समयमा दशौ हजार जनताको वलिदान पश्चात आएको गणतन्त्रसम्म हेर्ने हो भने राजनीतिक व्यवसायी गर्ने टपरे नेताहरुमा सामान्य नैतिकता समेत पुर्णरुपमा लोप भैसकेको सर्वविदितै छ। म जस्ता हजारौं युवाहरुले बुझेको राजनीतिक बेग्लै रहेछ । राजनीति व्यवसाय होइन, राजनीति पेशा होइन, छलकपट होइन र गफका कारखाना होइन । निस्वार्थ समाज सेवा हो । जसलाई केन्द्र बनाएर आफुले सोचेको समाजलाई सहि मार्गतिर लम्काउदै देश र जनताको हित र समग्र देश विकासको खाका हो ।

    तर, विडम्बना राजनीतिमा होमिएका स्थानिय तहका जनप्रतिनिधिहरु देखि केन्द्रीय सरकारका प्रमुखहरु यतिवेला जनताको सास र लाससंग राजनीति गरिरहेका छन् । यदि साच्चिकै जनताको सेवा गर्ने उदेश्यले राजनीतिमा होमिएको भए, अहिले पद र कुर्सी त्यागेर जनता बचाउन तर्फ लाग्नु पर्ने हो । गाउँ गाउँमा सिंहदरबारको मुल नारा बोकेर जब संघीय संरचना अनुसार स्थानिय सरकार लागु भयो तब देखि झन फोहोरि राजनीति खेल सुरु भयो । गाउँका सामान्य विद्यालय, संघ संस्था, सहकारी, विकाश निर्माणका योजनाहरु, अनुदानका कार्यक्रम, कर्मचारी नियुक्ती लगायतका क्षेत्रमा समेत राजनीति भागभन्डाको थलो बनाएको छन् । गाउँ गाउँमा, टोलटोलमा, चोकचोकमा छुट्टा छुट्टै फलानो पार्टीको विद्यालय, फलानो पार्टीको सहकारी, फलानो पार्टीको संस्था, फलानो पार्टीको मान्छे भन्दै गर्ने विभेदले राजनीतिलाई पूर्ण रुपमा फोहोरी खेल बनाइएको छ । यतिमात्रै होइन विश्वलाई नै तहसनहस पारिरहेको कोरोना भाइरस गाउँ पसेसंगै जनताको सास र लास संग पनि राजनीति गरिरहेको प्रस्ट देख्न सकिन्छ । कोरोना इन्टिजेन्ट परिक्षण देखि अस्पतालमा अक्सिजन .तथा आइसोलेसन व्यवस्थामा निकै चलखेल भएको पाइन्छ । प्रसश्त पैसा भएका व्यक्ति र नेताको झोला बोक्ने झोलेहरुले पहुंचको आधारमा उपचार पाएपनि सर्वसाधारण जनताहरु उपचार नपाएर छटपटाउदै मरेको छन् अझै कति मर्ने हुन कुनै यकिन छैन । गरिव जनताको स्वास्थ्य उपचारमा न त कुनै किसिमको व्यवस्थापन छ, न त कुनै कार्यक्रम नै ? देश र जनता प्रति माया भएका कुनै राजनीतिको झन्डा नबोकेका युवाहरु यति वेला स्वतन्त्र रुपमा जनताको सेवक बनिरहेको छन् । दैनिक परिवारिक गुजारा चलाउन बैदेशिक रोजगारमा सयौंकोश टाढा पुगेका नेपालीहरुले आफुले खाने छाक कटाएर नेपाली जनताको उपचारका लागि सहयोग गर्दै निरिय सरकारलाई चुनौति दिइरहेका छन् ।

    हुन त विकाश तथा परिवर्तन भन्ने चिजहरु राजनीतिबाट मात्र प्राप्त हुने कुरा होइन । जाबो कोरोना भइरसले त छोटो समयमै तिन चरणको रुपमा देखा परिसक्यो । तर, झण्डै शताब्दी फेरिनै लाग्दा समेत नेपाली जनताको अवस्था भने फेरिन सकेन, यता नेताहरु हेर्ने हो भने, हिजोका दिनहरुमा फाटेका लुगा, बाँटा चप्पल पड्काउदैं विशुद्ध जनताको सेवा गर्ने उदेश्य देखाई राजनीतिमा होमिएका ति नेताहरु अहिले आलिशान महल, चिल्ला गाडी, चिटिक्क मिलेका लुगा र परिवारको जीवन शैलीले नै नेताको उदेश्य छर्लङ्ग पारेको छ । किन भने राजनीतिज्ञले पार्टीको दर्शन नीति अनुसार सोच्छ र पार्टी बलियो बनाउन खोज्छ तर, नेताले देश विकास सोच्छ । यहाँ ट्याक्कै उल्टो भइरहेको छ, नेताले पार्टी बलियो बनाउन खोज्नु, कार्यकर्ता पालनपोषण गर्नु, देश भन्दा पहिला पार्टी देख्नु, जनता नदेख्नु लगायतका क्रियाकलापले राजनीतिलाई धमिलो बनाइरहेको छ । अन्य विकशित राष्ट्रहरुमा विकास निर्माण तथा अन्य योजना बनाउन १ प्रतिशत, र कार्यान्वयन गर्न ९९ प्रतिशत ध्यान दिइन्छ । तर, नेपाल भने ९९ प्रतिशत योजना बनाउने, खाका तयार गर्ने, दस्तावेश भर्ने र कार्यान्वयन भने १ प्रतिशत मात्र हुन्छ । जसले गर्दा नेपालमा विकास निर्माणका कार्यहरु दशकौं देखि अधुरै छन् ।
    जो नेता आफ्नो कालखण्ड भरी भ्रष्ट भएर बाँच्छ, उसले न मान्छे भएर मर्न पाउछ न त नेता भएर मर्छ । केवल मर्छ त भ्रष्ट नेता भएर मर्छ । मान्छेको जन्म मान्छेबाट हुन्छ, तर नेताको जन्म समाजबाट हुन्छ । हरेक समाजले आफ्नो हैसियत अनुसार नेता जम्माउछ । हामीले आजसम्म कस्ता नेता जन्मायौ त ?
    (लेखक–माण्डवी ग्रामीण विकास संस्था प्यूठानका अध्यक्ष हुन)

    मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation