• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

गाउँमै उठ्यो वातावरणको बहस, सरुमारानीमा विशेष प्रदर्शनी

नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ३. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ४. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ५. पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

  • ६. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • ७. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ८. गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

  • ९. ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

  • १०. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

प्यूठानमा कोरोना जित्ने १२ सय पुगे


  •   बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
  • प्यार अलि खान,प्यूठान। प्यूठानमा पछिल्लो समय कोरोनालाई परास्त गर्नेहरुको संख्या पनि बढेको छ। बुधबार सम्म जिल्लामा १ हजार २ सय ४५ जनाले कोरोनालाई जितेका छन्।
    जिल्लामा सुरुदेखि हालसम्म पिसीआर परिक्षण विधिबाट ६ हजार ८ सय २६ जना र एन्टीजिन किट मार्फत १ हजार ६ सय ४५ जनामा गरी कुल ८ हजार ४ सय ८० जनामा कोभिड -१९ परिक्षण गरिएको थियो।
    परीक्षण मध्ये १ हजार ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बुधबार सम्म जिल्लामा ५ सय ४५ जना सक्रिय संक्रमित थपिएका छन् भने हालसम्म जिल्लामा कोरोनाबाट ३१ जनाको निधन भईसकेको छ।
    जिल्लामा २२ जना कोरोना संक्रमितको उपचार भैरहेको छ। १९ जनाको जिल्ला स्तरीय आईशोलेशन सेन्टर विजुवार र ३ जनाको माण्डवी गाउँपालिकाको आईसोलेशन सेन्टरमा उपचार चलिरहेको छ। माण्डवीमा अक्सिजन् अभाव हुँदा हिजो साँझ ४ जना कोभिडका बिरामी जिल्ला आईसोलेशनमा रिफर गरिएको माण्डवी स्वास्थ्य शाखा प्रमुख धुर्बकुमार पाख्रेलले जानकारी दिए। ‘हिजो देखि नै अक्सिजन अभाव भयो।’ पोख्रेलले भने, ‘बिरामीको स्वास्थ्य अवस्था गम्भिर भएपछि बिजुवार पठायौं।’ आज साँझ सम्ममा भर्न पठाइएका अक्सिजन सिलिन्डर आइपुग्ने उनले जानकारी दिए।
    जिल्ला स्वास्थ्य कार्यालय प्यठानले एन्टीजिन किट अभाव हुँदा परिक्षणको दायरालाई खुम्च्याउन परेको बताएको छ। किट अभाव पूर्ति गर्न सरोकारवाला निकायहरुलाई खबर गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
    जिल्लामा कोरोना परिक्षण प्रभावकारी बनाउन सम्बन्धित ठाउँमा पहल भैरहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।
    ‘५ हजार थान एन्टीजिन किट तथा १ सय थान अक्सिजन सिलिन्डर माग गरेका छौं।’ भुसालले भने, ‘केही स्थानीय तहहरुले एन्टीजिन किट खरिद समेत गरि सकेका छन्।’
    प्रदेस तथा केन्द्र स्थित स्वास्थ्य मन्त्रालय तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने विभागिय मन्त्रीहरुलाई डीसीसीएमसी कै बैठकबाट गरेका निर्णय सहित सहयोगका लागि अनुराेध गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए।
    ‘हामीले सहयोग पाउने आश्वासन पाएका छौं।’ भुसालले भने, ‘जिल्लामा १ सय १ थान अक्सिजन सिलिन्डर व्यवस्थापन गरेका छौं, कोरोना हाम्रो नियन्त्रण देखि बाहिर छैन।’
    जिल्लामा कोरोना रोकथाम, उपचार तथा नियन्त्रण गर्न ८८ जना क्षमताको आईशोलेशन बेड तयार भई उपचार समेत सुरु गरिसकिएको र थप ५० बेडको आईसोलेशन सेन्टर बनाउन लागि परेको उनले जानकारी दिए।
    जिल्ला स्तरीय आइशोलेसन व्यवस्थापन समितिका संयोजक एवं प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले नगरपालिका र प्यूठान अस्पतालका गरी डाक्टर सहित १२ जना स्वास्थ्यकर्मीको टोली खटेको जानकारी गराए । प्यूठान नगरपालिकाले आइशोलेसन केन्द्रमा १० लाख र सवै अन्य स्थानीय तहले दुई÷दुई लाख रुपैँया सहयोग संकलन जारी रहेको बताए ।

    Advertisement

    जिल्लाका विभिन्न संघ संस्था र व्यक्तिहबाट अक्सिजन सहयोग गर्ने क्रम जारी रहेको उनले बताए । दुई दुई पटकको महामारीबाट सिकेको पाठले अवका नीति बजेट तथा कार्यक्रमहरु जनस्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर विनियोजन गर्नुपर्ने कक्षपतीले आग्रह गरे । प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीको संयोजकत्वमा जिल्लामा अक्सिजन आपूर्ति व्यवस्थापन समिति गठन भएको छ ।

    बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र
    जग्गासम्बन्धी सेवा घरमै
    संसद्का पाका सांसद अर्जुननरसिंह केसी
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो
    पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी
    वजेटमा लुम्बिनी : सौम्य शक्तिदेखि वृहत् विकास कार्यक्रमसम्म

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ३.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ४.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ५.
      पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न

    • ६.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    भर्खरै

    • १.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • २.
      संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

    • ३.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

    • ४.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    • ५.
      ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

    • ६.
      कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

    • ७.
      सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

    • ८.
      गाउँमै उठ्यो वातावरणको बहस, सरुमारानीमा विशेष प्रदर्शनी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation