थप ५३ जनाको मृत्यु, ८ हजार ४१८ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९_ को संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् भने ३ हजार ३७० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या भने ३ हजार ६३२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...