• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, फागुन १२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल

निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

लोकप्रिय समाचार

  • १. एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

  • २. गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

  • ३. भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

  • ४. राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

  • ५. झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

  • ६. बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

  • ७. रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

  • ८. ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

  • ९. कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

  • १०. निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

एमाले बिबादको मिलनबिन्दु के ?


  •   शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
  • – सबिन बस्नेेेत ।
    देशको सर्बोच्च अदालतले बढी राजनीतिक र कम संबैधानिक कारण बोकेको प्रतिनिधिसभा बिघटनलाइ इन्कार गरेपछी राजनीतिक समस्या झनै गहिरिएर गएको छ । यसले संसदिय अभ्यास र संघीयता सहितको राज्य प्रणालीको भबिष्य माथी प्रश्न समेत उब्जाएको छ । कोहि सरकार ढलाउन र कोहि सरकार जोगाउन लागिरहेको सन्दर्भमा कोरोनाको महामारीबाट जनता जोगाउने र देशको अर्थतन्त्र चलायामान राख्ने कुरामा जिम्मेवार पार्टी र राज्य संयन्त्र उदासिन देखिएको हो कि त भन्ने सर्वसाधारणमा महसुस भइरहेको छ ।
    खासगरी पुस पांचपछि चरम उत्कर्षमा पुगेको नेकपा बिबाद र पुस पांचमा भएको तल्लो ब्यवस्थापिका संसदको विघटनपछि आर्थिक एजेन्डा ओझेल परेर राजनितिक तिकडम,सत्ता स्वार्थ,गाली गलौज र गिराउने पछार्ने खेलहरु शुरु भए । संबिधानकै धारा टेकेर गरिएको तल्लो सदन विघटन र चुनावको घोषणालाई सर्बोच्च अदालतले रोकिदिएपछी राजनितीक अस्थिरताले अहिलेसम्म निकास पाउने स्थिती देखिएको छैन । यो पछिलो सरकारको ढाइ बर्ष पुरापछी संबिधानत अबिश्वासको प्रस्ताव ल्याउन पाइने भएपछी पार्टी भित्र र बाहिरबाट पार्टी अध्यक्ष र प्रधानमन्त्री केपि ओलि बिरुद्द स्वार्थ समुहहरु एकजुट भए । त्यहां कांग्रेस ,माओवादी र एमाले भन्ने नै रहेन । एउटा प्रधानमन्त्री बिरुद्द भुतपुर्व पांचजना प्रधानमन्त्री समेत लागे ।अधिनायकवादी ,प्रतिगामी ,सर्वसत्तावादी ,एक नम्वरको भ्रष्टाचारी भन्दै सडक प्रर्दशनबाटै फ्याक्ने,घिसार्ने धम्की दिए ।यति भ्रम र एकलौटी प्रचार गरिदा पनि प्रधानमन्त्री केपि ओलि बिचलित भएन्न । जस्ताको तस्तै गरेर मुकाबिल गरे भुइ तहका जनताको साथ समर्थन पाए । केपि ओलिले बिकास,समृद्दी र राष्ट्रिय स्वाभिमान उच्च राख्न गरेका प्रशंसनिय कार्यले जनताको मन मुटुमा छोएको थियो ।केपि ओलिका बिकल्प प्रचण्ड ,माधव,झलनाथ र शेरबहादुर होइन्न भन्ने जनतालाइ लागिसकेको थियो र छ ।फेरि पनि यी असफलको हातमा देशको चाबी दिन कोहि पनि तयार भएर लागेन्न ।केही हजार कार्यकर्ता ओसारपसार गरेर गरेको नौटंकी अदालतको निर्णयसंगै सेलायो ।
    शत्रुसंग लडन केही सजिलो होला ,आफ्नासंग लडन धेरै गाह्रो हुन्छ । भनेजस्तै बिरोधिका आरोपहरु बाइडबोडीदेखि निर्मला पन्तसम्म एक्लै जुधेका प्रधानमन्त्री माधव प्रचण्डका उन्नाईस बुद्दे संगिन आरोपसंग डराएर आत्म समर्पण गर्न चाहेन्न ।आत्म समर्पण गराउन खोज्नेहरु नै लाखापाखा लाग्ने स्थितीसम्म आयो ।तथ्यमा आधारित भन्दा नि आफ्नो ब्यक्तिगत स्वार्थ पूरा गर्न मनोगत रुपमा लगाइएका आरोप आफै प्रमाणित गर्नपर्न स्थिती आएपछी खुमलटार,धोबिघाट,भैसेपाटी समीकरण बनाएर प्रधानमन्त्री र सकेसम्म पार्टी अध्यक्षबाट समेत हटाउने प्रपन्च भए ।नबौ राष्ट्रिय अधिबेशनमा हारेको पीडा,एकीकरणपछि हालीमुहाली गर्न नपाएकाको अतृप्त चाहना र चलखेलमै भबिष्य देखेका नेताहरुले एक कार्यकाल प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन्छु र बिदा हुन्छु भनेर प्रतिबद्धता गर्दा समेत मुखैमा आएको चैत्रसम्म कुर्ने धैर्यता देखाउन आबश्यक ठानेन । कमजोर स्वास्थ्यका बाबजुद्द पनि काम गरेका प्रधानमन्त्रीले अब दोस्रो मृगौला प्रत्यारोपणपछि रफ्तारमा अझै राम्रा काम गर्छन भन्ने बुझेका बिरोधीको लहलैहमा लागेर आफ्नै पार्टीको सरकारको बिरुद्धमा लागेकाहरु यसबीचमा नराम्ररी नाङ्गिएका छन ।आफ्नो सरकारका राम्रा कामको प्रचार र कमजोरीको समिक्षा र ढाकछोप गर्नुपर्नेमा उल्टो हर्कत पो देखियो ।
    यहि राजनितीक चक्रब्युहमा जवरजस्ती देशलाइ तान्नमा र कोरोना महामारीमा जनतालाइ राहत दिने र आर्थिक क्रियाकलापलाई जारी राख्ने कुरामा सार्थक पहलमा अबरोध हुनुमा सबै पार्टीभित्र सल्किएको पछिल्लो अन्तर कलह नै हो । तल्लो सदनको पुनर्स्थापना र फाल्गुन २३ को नेकपा विघटनपछि राजनीतिक खोला सफा हुने आशा गरेकाहरु समेत निराश भएका छन ।केन्द्रमा मात्रै नभएर प्रदेशमा समेत सरकार ढलाउने र बनाउने खेल शुरु भएका छन । देशका पार्टी दुई कित्तामा ध्रुवीकरण हुन खोजेको जस्तो पनि छ र दोस्रो पुस्तामा राजनितिक नेतृत्व जान थालेको जस्तो पनि देखिदैछ ।यी दुबै घटना भएको अबस्थामा वा चुनाव भएको खण्डमा मात्रै देशले अग्रगामी निकास पाउने देखिन्छ । नभए पदलोलुप प्रबृती अझै झांगिने र खरिदबिक्री बढने देखिन्छ ।

    Advertisement

    नेकपा एमाले जस्तो अनुशासित र सरकारको नेतृत्व गरेको पार्टी बिभाजित हुने स्थितिमा पुग्नु बिडम्बना हो । २०५४ को माले,एमाले बिभाजनबाट सिकेको धेरै तिता अनुभवबाट यसपटक यो तहसम्मको परिकल्पना नगरेपनी जुंगाको लडाइ र पत्तासाप पार्ने सोचका कारण पुर्न बिभाजनको डिलमा पुगेको देखिदैछ ।यहि स्थिती रहिरहे बैशाख २७ पछि एक ढिक्का पार्टी रहने छैन । एउटा पक्षले आफू त डुब्ने तर केपि ओलिलाइ समेत डुबाएर छोडने चेतावनी दिन थालेका छन । नरहे बाँस नबजे मुरालीको अबस्था नआएपनि सस्थापन पक्षलाइ घाइते भने बनाउछ । पार्टी बैधता, महाधिवेशनको तागत भएपनि बिरोधीसंग लडन र चुनाव जित्न भने सजिलो छैन । जानीजानि भिरको बाटो किन पो हिडने हो र ? भनेर सोच्न दुबै पक्ष तयार हुनैपर्छ ।एक पक्ष तयार नभए नयाँ सहमती बनाउन र निकास निकाल्न मुस्किल हुनेछ ।अब इमान्दारिता पुर्वक पार्टी एकता चाहेको हो भने एक पक्ष एक कदम अघि र अर्को पक्ष दुई कदम पछि हटन भएपनी तयार हुनैपर्छ ।
    – माधव पक्षले प्रचण्डसंगका सबै गोप्य संझौता सार्वजनिक रुपमा खारेज गर्नुपर्छ ।
    – केपि ओलिले प्रचण्ड बाहेकको नेकपालाइ एमालेमा समाहित गरेकोले यो कठिनाइलाई माधव पक्षले बुझिदिएर महाधिवेशनको लागि तयार हुनुपर्छ ।
    – महाधिवेशन आयोजक कमिटीलाई दुबै पक्षको अपनत्व रहने गरि बिस्तार गर्न केपि ओलि तयार हुनुपर्छ ।
    – यो महाधिवेशनबाट दोस्रो पुस्तालाइ भलै समुहकै रुपमा अघि सारेर पार्टी नेतृत्व जिम्मा लगाएर ,झलनाथ ,केपि,बामदेवले सक्रिय राजनिती छोडनैपर्छ ।पार्टीमा छोरा नभएर नाति पुस्ता समेत अगाडि आएको छ भन्ने बिर्सनु हुदैन ।
    – एउटा तहबाट प्रदिप नेपाल,मोदनाथ प्रश्रीतले राजनितिक सस्कृती देखाएकोले सहज रुपमा एक पटक पार्टी अध्यक्ष र पैसठ्ठी काटेकाले पुर्न पार्टी अध्यक्ष र प्रधानमन्त्री नताक्दा नै राम्रो ।
    – पार्टी महाधिवेशनमा एक पटक अध्यक्षको प्रतिस्पर्धी बनेर भाग लिएर हारेपछी सदाको लागि उठन नपाउने ब्यवस्था गरिनुपर्छ । यसले स्थायी गुटको अन्त्य गर्छ ।

    – पार्टीको तर्फबाट हुने नियुक्ति वा सिफारिसमा स्पष्ट मापदण्ड बनाइ सुनुवाइको समेत ब्यवस्था गरिनुपर्छ ।मनोमानी नियुक्ति र पारिवारिक सिफारिस बारे तल्ला कार्यकर्ता जानकार हुनसक्छन ।
    – महाधिवेशन बिबादको स्थायी समाधान गर्ने लोकतान्त्रिक विधि भएकोले सतहका बिबाद थाती राख्दै अहिले संस्थापनको संयोजक र माधव पक्षको सहसंयोजक तोकि साठी ,चालिसको आयोजक कमिटी बनाउने ।
    – बैशाख २७ गते बिश्वासको मत दिदै पार्टीको सरकारलाइ निरन्तरता दिने र महाधिवेशन पछि आउने नेतृत्वलाई हस्तान्तरण गर्ने ।अबको पार्टी सचिवालयलाई तीन,दुई बनाएर निर्णय गर्ने र सहमति हुन नसके जेष्ठ कम्युनिस्ट मन्चको रायमा टुंगाउने अल्पकालीन ब्यवस्था गर्ने ।
    यि सुझावको वरिपरि रहेर अहिलेसम्मका कारवाहिलाइ स्थगित गर्ने हो भनेपनी एकता कायम गर्ने आधार भेटिन सक्छ । कर्णालीका जस्ता घटना घटाउने र सस्थापनले पनि एकपछी अर्को कारवाही गर्दै जाने हो भने बैशाख २७ पछि पार्टी एक रहन सक्दैन ।केपि ओलि बैगुनी नै हुन भन्ने लागेको हो भने माधव पक्षले गुनले मार्नुपर्छ ।पत्थरको मुटु बनाएको भएपनी पग्लिन केपि ओलिलाइ करै लाग्छ ।घरको मुलिलाइ जे पायो त्यही माग राखेपछी रिस उठछ,हात छोडछ तर माया नभएर पिटेको बुझ्नु हुदैन । केपि ओलिको ठाउँमा राखेर माधव नेपालले आफुले गरेका हर्कतको बारेमा एकपटक सोच्नैपर्छ ।केपि ओलिले पनि धेरै दुख दिए,सताए भनेर आफ्नै सन्तानलाइ घर निकाला गर्नु हुदैन ।बादेबादे जायते तत्वबोध भन्ने युक्ति बिर्सनु हुदैन ।एकता,संघर्ष र रुपान्तरण जिवन्त पार्टीमा हुनैपर्छ ।तर अहिलेको समस्या लिगभित्र रहेन भन्ने मात्रै हो ।अहिले माधव पक्षले गरेको गल्ती केही बर्षपछि आफ्नै गुटभित्र पनि आउँछ ।बिचार त अस्थायी हुन्छ भने गुट,समूह स्थायी हुनै सक्दैन ।हातको माछो छोडेर कुरमा हात हाल्ने सहि होइन ।गुण दोष सबैका छन ,घटिबढी हुन ।अल्पमतको सम्मान हुनुपर्छ भन्दै गर्दा अल्पमतवालाले पनि निहुँ खोजिराख्नु हुदैन ।बटम लाइन जेठ२ गते वा फाल्गुन २८ होइन पार्टीको दोस्रो पुस्तालाइ नेतृत्व हस्तान्तरण गरेर जिवनभरी सम्मानित भएर बस्ने हुनुपर्छ ।कलंकित र गद्दार बन्दै पार्टी निर्माणमा गरेको योगदान नामेट पार्ने भष्मासुर कहलिने आत्मघाती बाटो रोज्ने दुस्साहस कसैले नगरौ । इतिहासमा एउटा पक्ष फिनिक्स चरा बनेर उठछ ।आफै समिक्षा गरौ । नेतृत्व हस्तान्तरणमा नै सहमती खोजे मात्रै पार्टी र देशले निकास पाउनेछ ।

    लेखक बस्नेत, जिल्ला युवा समिती गुल्मीका अध्यक्ष हुनुहुन्छ।

    शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल
    रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता
    एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड
    एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता
    एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण
    संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

    लोकप्रिय

    • १.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र

    • २.
      गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

    • ३.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित

    • ४.
      राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    • ५.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव

    • ६.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह

    भर्खरै

    • १.
      सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल

    • २.
      निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

    • ३.
      राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    • ४.
      विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

    • ५.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

    • ६.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

    • ७.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

    • ८.
      कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation