• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, कार्तिक ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ४. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ५. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

किर्ते हस्ताक्षरमा २ लाख निकासा, सम्बन्धित महिलाले सुईको पाईनन्


  •   शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । देउखुरी स्थित एक लघुबित्त बित्तिय सँस्थाका कर्मचारीले किर्ते हस्ताक्षर गरि रकम निकासा गरेको रहस्य खुलेको छ ।

    Advertisement

    आफ्नै सँस्थामा आबद्द सदस्यको नाममा सम्बन्धित ब्यक्तिलाई थाहै नदिई किर्ते हस्ताक्षर सहितको फाईल बनाएर २ लाख रुपैया निकासा गरेका छन् । ग्रामिण बिकाश लघुबित्त बित्तिय सँस्था लिमिटेड लमही ब्रान्चमा कार्यरत कुसुम थापा नाम गरेकी फिल्ड महिला कर्मचारीले रकम निकासा गरेको रहस्य बाहिर आएको हो ।

    लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निबासी ईन्द्र कुमारी चौधरी सँस्थाकि सदस्य हुन् । उनकै नाममा २ लाख रुपैया निकासा भएको उनलाई नै थाहा छैन ।गत २६ गते लमही ब्रान्चमा चोकराज ढकाल ब्रान्च म्यानेजर बनेर आएपछि ऋण कर्जाका फाईल हेर्दै जाँदा ईन्द्र कुमारीको नाममा ऋण देखियो । तत्काल उनले ईन्द्र कुमारीलाई फोन गरि तपाईको मासिक किस्ता किन आएको छैन? भनेर बुझ्दा उनी आश्चर्यमा परिन । नखाएको ऋण बोक्नुपर्दा आश्चर्य र चिन्तित बन्नु स्वभाबिक हो ।

    यो भन्दा अगाडि नै सँस्था भित्र कर्मचारीले गरेको बदमासीले हलचल मच्चाई सकेको थियो । वास्तविक के रहेछ भनेर सँस्थाले चोकराज ढकाल सहितको छानबिन समिति लमही झिकायो । ढकाल चैत २६ गते म्यानेजर भएर हाजिर भएपनि उनी पहिले नै आईसकेका थिए । छानबिन गर्दै जाँदा ईन्द्र कुमारीको नाममा किर्ते गरि ऋण निकासा गरेको प्रमाण फेला पर्यो । त्यसोत, आरोपित कुसुम थापालाई चैत १५ गते नै सँस्थाले निलम्बन गरेको अहिलेका म्यानेजर ढकाल बताउँछन् । ‘उहाँले गल्ती स्विकारी सक्नुभयो, सँस्थाले पनि कारबाही गरिसक्यो ढकालले भने-हरेक ब्यक्ति फरक स्वभावका हुन्छन्, बदमासी गर्लान भन्ने सोचाई नै आएन ।’ उनले ईन्द्र कुमारीको नाममा रहेको ऋण आरोपित कुसुमले केही दिनमै चुक्ता गरिदिने बताए ।

    फाईल अनुसार प्रक्रिया पुगेर निकासा भएको देखिन्छ । तर, ईन्द्र कुमारीले यो कुराको सुईको समेत पाईनन् । ऋण निकासा हुने समयमा लमही ब्रान्चमा लक्ष्मण रेग्मी म्यानेजर थिए । उनी गत २५ गते सरुवा भएर सुर्खेत गई सकेका छन् । कतै ऋण निकासामा कर्मचारी कुसुम र म्यानेजर लक्ष्मणको मिलोमतो त हैन? भनेर सँका गर्ने ठाउँ प्रसस्तै छन् ।

    तर, म्यानेजर रेग्मी भन्छन प्रक्रिया पुगेको देखेर मैले ऋण निकासामा अनुमती दिएको हो । करिब १ दशक अगाडि देखि सँस्थामा जिम्बेवारी निर्बाह गरेकि कुसुमले बदमासी गर्छन् भनेर रेग्मीले सोच्नै सकेनन् । तर कुसुमले ईन्द्र कुमारी लाई मात्र हैन आफ्नै हाकिमलाई समेत चक्मा दिईन ।

    नेपाल राष्ट्र बैँकबाट ‘घ’ बर्गको ईजाजत प्राप्त ग्रामिण बिकाश लघुबित्त बित्तिय सँस्थाका कर्मचारीको बदमासीका कारण अहिले अन्य सँस्था प्रतिको बिश्वास पनि खस्किदो छ । लमही नगर र राप्ती गाउँपालिकामा मात्र ग्रामिण सँस्थाको ११ सय ५४ सदस्य छन् । यो बिश्वास चानचुने होईन ।

    तमाम महिलाहरुको बिश्वास पाएर सञ्चालित सँस्थाका कर्मचारीले आफैलाई घात गर्छन भन्ने सोझासाझा महिलाका लागि सोचाई भन्दा बाहिरको कुरा हो । थाहै नदिई मेरै नाममा ऋण निकासा हुन्छ भन्ने मैले सोचेकै थिएन, तर सँगै बैठकमा बस्ने कुसुम मिसले घात गर्नुभो ईन्द्र कुमारीले गुणासो पोखिन् ।
    ईन्द्र कुमारी त एक उदाहरण मात्र हुन । उनिजस्ता धेरै महिलाको नाममा कुसुमले रकम निकासा गरेको रहस्य पनि बाहिर आएको छ । फरक यत्ति होकि अन्य सँग सहमतीमा निकासा हुन्थ्यो भने ईन्द्र कुमारी सँग सहमति बेगर निकासा भयो ।

    शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ४.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ५.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation