कसरी सुरु भयो विक्रम संवत् र इस्वी संवत् ?

काठमाडौं । जनवरी १ मा नयाँ वर्ष मनाउने सन्दर्भमा न कुनै खगोलीय आधार छ, न कुनै वैज्ञानिक तथ्य नै । नयाँ वर्षको रौनक सुरु हुदै गर्दा आममानिसमा अनेकौं जिज्ञासा र कौतूहलता हुनु स्वाभाविकै हो । हाम्रो पञ्चांगमा तिथि, बार, नक्षत्र, योग र करण आदिको ध्यानमा राखेर गणना गरिएको थियो, जुन विभिन्न चाडपर्वसँग मेल खएको छ । हाम्रो क्यालेन्डरअनुसार नयाँ वर्ष चैत्र शुक्ल पक्षको प्रतिपदादेखि सुरु हुने गर्दछ । यसको पछाडि खगोलीय अवस्था सँगसँगै भौगोलिक तथा सांस्कृतिक र ऐतिहासिक तथ्यहरू पनि जोडिएको छ । यही समयबाट नयाँ ऋतु तथा बोटबिरुवाले नयाँ पालुवा हाल्ने, सूर्य पनि यही समयमा प्रथम राशि मेषमा गोचर गर्दछ । तर जनवरी १ बाट नयाँ वर्ष मनाउनुमा कुनै प्रकारको खगोलीय आधार देखिन्न ।
जुन बेला रोम सभ्यताको विकास हुँदै थियो, खगोलीय घटना हुन्थ्यो । त्यहाँका पुजारीले जानकारी गराउन घन्ट बजाएर कि त चिच्याएर सूचना आदानप्रदान गर्ने गर्दथे । उनीहरूले समयकालको जानकारी गराउने गर्थे, जसको नामबाट क्यालेन्डर शब्दको विकास भएको थियो भन्ने धेरै स्थानमा लेखिएको छ ।तर यसबेला हाम्रोमा पञ्चांग गणना भइसकेको थियो, जसमा पाँचवटा कुरा समावेश गरिएको छ । जुन तिथि, बार, नक्षत्र, योग र करण हो । तर पश्चिमी मोडलको क्यालेन्डरमा विशेषगरी बार र गते समावेश भएको हुन्छ । उनीहरूको क्यालेन्डरभन्दा थप तीन कुरा हामीकहाँ भएकाले खगोलीय गणनाहरूमा यसको महत्व छ ।
पश्चिमी सभ्यतामा पनि नयाँ वर्ष मनाउने परम्परा थिएन । (७०० ई.पू) भन्दा पूर्व फस्ट मार्चमा नयाँ साल मनाउने परम्परा थियो । महिनाका हिसाबले १० महिना मात्रै हुन्थ्यो । मार्च भन्नाले अगाडि बढ्नु जस्तै परेड मार्च, जसको अर्थ अगाडि बढ्नु भन्ने हुन्छ । जनवरीभन्दा पहिले फस्ट मार्चबाट नयाँ साल प्रारम्भ भएको इतिहास भेटिन्छ ।
अप्रिललाई कुनै देवताको नाम दिए, त्यस्तै मे पनि उनीहरूको देवताहरूकै नाम हो । अरु महिनाको नाम नभेटेपछि क्वान्टिलिस्ट राखियो, जुन उनीहरूका इष्टदेव हुन् । नाम नमिलेपछि सिक्टिलेसबाट छैटौं महिनाको नाम दिए, ल्याटिना सेप्टेम्म भनेको सातौँ महिनाको नाम दिए, अक्टोबरबाट आठौं महिना, नोभेम्वरबाट नौ महिना गणना गरी डिसेम्बरको नामकरण गरे ।

नोमा पम्पालिस्ट रोमका राजा थिए (७०० ई.पू) भन्दा पछाडि उनले आाफ्नो ज्योतिषीसँगको सल्लाहअनुसार दुई महिना जोडिदिए, जनवरी र फेब्रुअरी । जेनेसबाट जनवरी र फेब्राबाट फेब्रुअरीको नाम दिएर १० महिनाबाट १२ महिनाको वर्ष बनाए । तर नयाँ साल भने फस्ट मार्चबाटै सुरु हुने गर्दथ्यो । (४६ ई.पू) मा जुलियर्स सिजर रोमका राजा भएपछि ३६५ दिनलाई १२ महिनामा विभाजन गरेपछि ‘जुलियन’ क्यालेन्डर तयार पारे । त्यसपछि भएका राजाहरूले आ–आफ्नो पालामा नाम परिवर्तन गर्दै आफ्नो नाम राखेर महिना निर्माण गरेको इतिहास पाइन्छ ।
१७५१ का ब्रिटिस पार्लियामेन्टबाट संसद्ले क्यालेन्डर विधान पास गर्यो र संसदीय व्यवस्था भएका देशहरूमा अनिवार्य लागू गराउने नियम बनायो । भारतमा सक् को नामबाट सक् संवत्, बिक्रमादित्यको नामबाट विक्रम संवत्, कलि संवत् आदि नामबाट राज्य सञ्चालन भएको देखेपछि उनीहरूले सोचे, राजाको नामबाट वर्ष प्रारम्भ हुँदो रहेछ । तर वास्तविकता के हो भनेर जान्ने कोसिस भने गरेनन् ।
भारत भ्रमणका क्रममा उनीहरूले राजाको नामबाट वर्ष मनाउनुपर्छ भन्ने सोचले १७५१ मा ब्रिटिस संसद्ले क्यालेन्डर विधान पास गरेपछि विश्वभरि यो नियम लागू भएको हो । जेनेस भन्ने राजाको नामले जनवरीदेखि नयाँ वर्ष मनाउने प्रचलन रहिआएको इतिहास पाइन्छ । हिन्दू परम्परा र वैदिक समायाङ्कमा आधारित साैरमासअनुसारकाे पात्रो हाे ।याे गेग्राेरियन पात्राे ( अंग्रेजी पात्राे ) भन्दा ५७ वर्ष ८ महिना १५ दिन छिटाे छ । यस पात्राेमा वर्षकाे सुरुवात बैसाख महिनाकाे पहिलाे दिनबाट सुरु हुन्छ । विक्रम संम्वत् सूर्य सिद्धान्तका आधारमा गणना भएकाले नक्षत्रकाे नामपनि महिना संग सम्बन्धित भएकाले पनि याे वैदिक कालदेखि नै सुरुवाती भएकाे प्रसस्त प्रमाणहरु भेटिएका छन् । भारत वर्षमा राजा विक्रमादित्यले शुरुआत गरेकाे विक्रम संवत् नेपालमा आधिकारिकरुपमा चन्द्रशम्शेरकाे पालादेखि लागू भएकाे हाे ।
लेखक – ज्याेतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल सम्पर्क ९८५१०६११२४

Sharing Now!

You might also like

Comments are closed.