• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • ५. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ६. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ७. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ८. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

कसरी सुरु भयो विक्रम संवत् र इस्वी संवत् ?


  •   मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
  • काठमाडौं । जनवरी १ मा नयाँ वर्ष मनाउने सन्दर्भमा न कुनै खगोलीय आधार छ, न कुनै वैज्ञानिक तथ्य नै । नयाँ वर्षको रौनक सुरु हुदै गर्दा आममानिसमा अनेकौं जिज्ञासा र कौतूहलता हुनु स्वाभाविकै हो । हाम्रो पञ्चांगमा तिथि, बार, नक्षत्र, योग र करण आदिको ध्यानमा राखेर गणना गरिएको थियो, जुन विभिन्न चाडपर्वसँग मेल खएको छ । हाम्रो क्यालेन्डरअनुसार नयाँ वर्ष चैत्र शुक्ल पक्षको प्रतिपदादेखि सुरु हुने गर्दछ । यसको पछाडि खगोलीय अवस्था सँगसँगै भौगोलिक तथा सांस्कृतिक र ऐतिहासिक तथ्यहरू पनि जोडिएको छ । यही समयबाट नयाँ ऋतु तथा बोटबिरुवाले नयाँ पालुवा हाल्ने, सूर्य पनि यही समयमा प्रथम राशि मेषमा गोचर गर्दछ । तर जनवरी १ बाट नयाँ वर्ष मनाउनुमा कुनै प्रकारको खगोलीय आधार देखिन्न ।
    जुन बेला रोम सभ्यताको विकास हुँदै थियो, खगोलीय घटना हुन्थ्यो । त्यहाँका पुजारीले जानकारी गराउन घन्ट बजाएर कि त चिच्याएर सूचना आदानप्रदान गर्ने गर्दथे । उनीहरूले समयकालको जानकारी गराउने गर्थे, जसको नामबाट क्यालेन्डर शब्दको विकास भएको थियो भन्ने धेरै स्थानमा लेखिएको छ ।तर यसबेला हाम्रोमा पञ्चांग गणना भइसकेको थियो, जसमा पाँचवटा कुरा समावेश गरिएको छ । जुन तिथि, बार, नक्षत्र, योग र करण हो । तर पश्चिमी मोडलको क्यालेन्डरमा विशेषगरी बार र गते समावेश भएको हुन्छ । उनीहरूको क्यालेन्डरभन्दा थप तीन कुरा हामीकहाँ भएकाले खगोलीय गणनाहरूमा यसको महत्व छ ।
    पश्चिमी सभ्यतामा पनि नयाँ वर्ष मनाउने परम्परा थिएन । (७०० ई.पू) भन्दा पूर्व फस्ट मार्चमा नयाँ साल मनाउने परम्परा थियो । महिनाका हिसाबले १० महिना मात्रै हुन्थ्यो । मार्च भन्नाले अगाडि बढ्नु जस्तै परेड मार्च, जसको अर्थ अगाडि बढ्नु भन्ने हुन्छ । जनवरीभन्दा पहिले फस्ट मार्चबाट नयाँ साल प्रारम्भ भएको इतिहास भेटिन्छ ।
    अप्रिललाई कुनै देवताको नाम दिए, त्यस्तै मे पनि उनीहरूको देवताहरूकै नाम हो । अरु महिनाको नाम नभेटेपछि क्वान्टिलिस्ट राखियो, जुन उनीहरूका इष्टदेव हुन् । नाम नमिलेपछि सिक्टिलेसबाट छैटौं महिनाको नाम दिए, ल्याटिना सेप्टेम्म भनेको सातौँ महिनाको नाम दिए, अक्टोबरबाट आठौं महिना, नोभेम्वरबाट नौ महिना गणना गरी डिसेम्बरको नामकरण गरे ।

    Advertisement

    नोमा पम्पालिस्ट रोमका राजा थिए (७०० ई.पू) भन्दा पछाडि उनले आाफ्नो ज्योतिषीसँगको सल्लाहअनुसार दुई महिना जोडिदिए, जनवरी र फेब्रुअरी । जेनेसबाट जनवरी र फेब्राबाट फेब्रुअरीको नाम दिएर १० महिनाबाट १२ महिनाको वर्ष बनाए । तर नयाँ साल भने फस्ट मार्चबाटै सुरु हुने गर्दथ्यो । (४६ ई.पू) मा जुलियर्स सिजर रोमका राजा भएपछि ३६५ दिनलाई १२ महिनामा विभाजन गरेपछि ‘जुलियन’ क्यालेन्डर तयार पारे । त्यसपछि भएका राजाहरूले आ–आफ्नो पालामा नाम परिवर्तन गर्दै आफ्नो नाम राखेर महिना निर्माण गरेको इतिहास पाइन्छ ।
    १७५१ का ब्रिटिस पार्लियामेन्टबाट संसद्ले क्यालेन्डर विधान पास गर्यो र संसदीय व्यवस्था भएका देशहरूमा अनिवार्य लागू गराउने नियम बनायो । भारतमा सक् को नामबाट सक् संवत्, बिक्रमादित्यको नामबाट विक्रम संवत्, कलि संवत् आदि नामबाट राज्य सञ्चालन भएको देखेपछि उनीहरूले सोचे, राजाको नामबाट वर्ष प्रारम्भ हुँदो रहेछ । तर वास्तविकता के हो भनेर जान्ने कोसिस भने गरेनन् ।
    भारत भ्रमणका क्रममा उनीहरूले राजाको नामबाट वर्ष मनाउनुपर्छ भन्ने सोचले १७५१ मा ब्रिटिस संसद्ले क्यालेन्डर विधान पास गरेपछि विश्वभरि यो नियम लागू भएको हो । जेनेस भन्ने राजाको नामले जनवरीदेखि नयाँ वर्ष मनाउने प्रचलन रहिआएको इतिहास पाइन्छ । हिन्दू परम्परा र वैदिक समायाङ्कमा आधारित साैरमासअनुसारकाे पात्रो हाे ।याे गेग्राेरियन पात्राे ( अंग्रेजी पात्राे ) भन्दा ५७ वर्ष ८ महिना १५ दिन छिटाे छ । यस पात्राेमा वर्षकाे सुरुवात बैसाख महिनाकाे पहिलाे दिनबाट सुरु हुन्छ । विक्रम संम्वत् सूर्य सिद्धान्तका आधारमा गणना भएकाले नक्षत्रकाे नामपनि महिना संग सम्बन्धित भएकाले पनि याे वैदिक कालदेखि नै सुरुवाती भएकाे प्रसस्त प्रमाणहरु भेटिएका छन् । भारत वर्षमा राजा विक्रमादित्यले शुरुआत गरेकाे विक्रम संवत् नेपालमा आधिकारिकरुपमा चन्द्रशम्शेरकाे पालादेखि लागू भएकाे हाे ।
    लेखक – ज्याेतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल सम्पर्क ९८५१०६११२४

    मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    • ५.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ६.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation