कपिलवस्तु। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा कपिलवस्तुका वसन्त गिरी निर्वाचित हुनुभउको छ। प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट गिरी अत्यधिक मतसहित गयराति निर्वाचित हुनुभएको हो । उहाँले ओली निकट प्रेस चौतारीका भरत केसीलाई फराकिलो अन्तरमा हराउनुभएको छ । उहाँलाई प्रदेशका अधिकांस जिल्लाबाट धेरै मत आएको थियो । अन्य पदाधिकारी र सदस्यमा पनि गिरीकै प्यानलको वर्चस्व देखिएको छ । प्रदेशको अन्तिम नतिजा घोषणा गर्न बाँकी छ।पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कपिलवस्तुका पूर्वअध्यक्ष समेत रहेका गिरीले दशक बढी समय पत्रकारितामा ब्यतित गरिसक्नुभएको छ । श्रमजिवी पत्रकारको हकहितमा काम गर्ने पत्रकारिताको नीति, सिद्धान्त र मर्यादालाई नभुल्ने नव निर्वाचित अध्यक्ष गिरीले बताउनुभयो ।
लुम्बिनी प्रदेश महासंघको अध्यक्षमा गिरी निर्वाचित
लुम्बिनी प्रदेश महासंघको अध्यक्षमा गिरी निर्वाचित

Advertisement
तपाईको प्रतिक्रिया