गणेश चौलागाईं, काठमाडौ। लोकप्रीय सर्जक तथा गायक कमल खनाल को नया साङ्गीतिक कोसेली “रुमाल ” सार्वजनिक भएको छ ।उनले आफ्नै kamal khanal नामक युट्युब च्यानल मार्फत रुमाल प्रचारमा आएको हो ।
Advertisement
खनालको सब्द अनि संगीतमा तयार भएको गीतमा अन्जु पन्तको समेत स्वर छ। भने सहायक गायिकाको रुपमा स्मृती शाही र पुस्पा बोहोराको समेत आवाज सुन्न सकिन्छ ।
नायक पल शाह र गरिमा शर्माले म्युजिक भिडियोमा अभिनय गरेका छन । प्रकाश भट्टले भिडियो निर्देशन गरेका हुन । नवराज उप्रेतीले छायङ्कन गरेको यस भिडियोका केहि दृश्य अमेरिकामा बिनोद भन्डारीले खिचेका हुन ।
हाल अमेरिकामा बस्दै आउनु भएका पाल्पाली गायक एबम सर्जक खनालका यस अघि आएका डाली पलायो,रातो सारी निलो पछेउरी, छुट्टिने दिन आयो, भेटौला अबश्य, आउ नाचौ पनचे बाजामा, लगायतका गीतहरु अझै लोकप्रिय छन ।