कामना डेेली, प्युठान। देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्यूठानमा झण्डै तीन हजार जनालाई रोजगारी मिलेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा गरी २ हजार ९ सय १५ जनाले रोजगारी पाएका हुन् ।
स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । रोजगारीका लागि छनोट भएकाहरुले एक सय दिन काम गर्दा प्रति ब्यक्ति ५१७ रुपियाँ दैनिक ज्याला पाउने ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीले बताउनुभयो ।
चालु अर्थिक वर्षमा जिल्लामा यस कार्यक्रमबाट सबैभन्दा बढी ४ सय ९६ जनाले प्यूठान नगरपालिकामा काम पाएका छन भने सबैभन्दा थोरै ऐरावती गाउँपालिकामा २ सय १७ जनाले रोजगार पाउनेछन ।
त्यसैगरी नौबहिनी गाउँपालिकामा ४ सय ५२ जनालाई रोजगारी मिलेको छ । यस्तै झिमरुकमा ३ सय ९७ जनाले रोजगार पाउने गाउँपालिकाका रोजगार संयोजक सुदर्शक जिसिले बताउनुभयो ।
त्यस्तै, सरुमारानीमा २५४, मल्लरानीमा २८० र स्वर्गद्वारी नगरपालिकाका २८४ जना रोजगारका लागि छनोट भएका छन्
माण्डवी गाउँपालिकामा प्रत्येक वडामा ५०/५० जनाका दरले २ सय २५० जनालाइ रोजगार उपलब्ध गराउने अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो । गौमुखी गाउँपालिकामा रोजगार पाउने २ सय ८५ जनाले सडक मर्मत र आयोजना निर्माणका काम गर्ने रोजगार संयोजक निरज पाण्डेले बताउनुभयो ।
यस कार्यक्रमअन्तर्गत केही पालिकाले काम शुरु गरिसकेका छन् भने केही पालिकाले योजना छनोट गरिरहेको जनाइएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम : प्यूठानमा तीन हजारले पाए रोजगारी
प्रधानमन्त्री रोजगार कार्यक्रम : प्यूठानमा तीन हजारले पाए रोजगारी
Advertisement
तपाईको प्रतिक्रिया