सुरज भट्टराई, बुटवल। पछिल्लो समय चर्चा कमाई रहेकी गायिका रुचि घिमिरे’को डान्सिङ गीत ‘गालैको कोठीमा’ भिडियो सार्वजनिक भएको छ । आघिल्लो बर्ष तीज,आधुनिक र पप गीत बजारमा ल्याएर चर्चा कमाएकी गायिका हुन् रुची घिमिरे ।
Advertisement
समय लाएर ल्याउने तर राम्राराम्रा गीत संगीत बजारमा पस्किने मान्यता छ भन्छिन गायिका घिमिरे । रुचीको यो गीतलाई गीतकार तथा संचारकर्मी सुमन बैरागी (पण्डित)ले रचना गरेका हुन् भने संगीतकार भिम बिसी’ले संगीत गरेका छन् । गीतमा पुस्कर सुनुवार’को संगीत संयोजन रहेको छ।
गीतको भिडियोमा रोबर्ट सिंह बदैला ‘अन्जु बिश्वोकर्मा ‘सन्तोष मगराती‘ को नृत्य सहितको दमदार अभिनय देख्न पईन्छ । भिडियोमा निर्देशन जीबी आग्री’ छायांकन प्रकाश खड्का’ सम्पादन कलरिङ सिलान लम्साल’को रहेको छ। भिडियोलाई ओ एस आर डिजिटल’को युट्युब च्यानलमा हेर्न सकिन्छ।