बिजय बिश्वकर्मा ‘ कृष्ण ‘
दलाइ लामाका अनुयायीहरुले उनको दिशा सुकाएर प्रसादको रुपमा खान्थे रे । कोहि कसैलाइ कुनै मान्छे देवता सरि लाग्नसक्छ उसले टेकेको जमिनको धुलो पनि टिपेर निधारमा लगाउन मन लाग्ला । कसैले देउता ठानेको पुजेको त्यही मान्छे अर्कोलाई केही पनि लाग्दैन । त्यस्ताको थुतुनो टिभिमा हेर्दा टिभी फुटालिदिउ जस्तो लाग्नसक्छ । कुरा सुन्दा खान लाग्या भात पनि थालैसित फालिदिउ जस्तो लाग्नसक्छ । यी सबै आफ्ना आफ्ना बुझाइ हुन जसरी पनि बुझ्न सकिन्छ । बाग्मतिमा कसैले हेरिनसक्नु ढल देख्छन कसैले पबित्र जल देख्छन ।
पार्टीहरु जुटछन । पार्टीहरु फुटछन । बिचार अलग हुन्छन । काम गर्ने तौरतरिका अलगअलग हुन्छन । यी स्वभाविक प्रक्रिया हुन । सामान्य रुपमै लिनुपर्छ । हामी एकै समाजमा रहनुपर्छ । शक्ति सत्ता पैसा बल सधै रहदैनन । यिनले कुनै न कुनै दिन हामी सबैलाई छोडेर नै जान्छन । मर्दापर्दा एक अर्काको सहयोग चाहिन्छ ।हामि मानव हौ गल्ती सबैको हुन्छ । हिजोसम्म हात समाउदै काध जोडेर हिडेको मित्र अर्को पार्टी अर्को गुटमा पुग्नसाथ दैब करार कसरी गर्न सकेको हो? समय परिस्थितिले गुट अलग हुन्छ, पार्टी अलग हुन्छ तर ब्यक्तिगत सम्बन्ध अलग हुनुहुदैन । नेतृत्व नै ब्यक्तिगत र पारिवारीक रूपमा गालिगलौच मा उत्रिनु सुहाउदैन । बिगतको बलिदानिपुर्ण इतिहासलाई अपमान कसैले नगरौ ।अझ गाउँ तहका कार्यकर्ता त झन सम्यमित हुनुपर्छ । भनिन्छ नि राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुदैनन ।
सकिन्छ देशको चिन्ता गरौ सकिँदैन आफ्नो जिल्लाको चिन्ता गरौ ।त्यो पनि सकिँदैन भने आफ्नो स्थानीय तह, वार्ड र टोलको बिकासमा चिन्ता र बहस गरौ । आफ्नै टोलकै मात्र भएपनी बिकास को लागि बैचारिक बहस गरौ । ब्यक्तिगत र पारिवारिक रूपमा आरोप प्रत्यारोप बन्द गरौ । २०४७ पछि केही समय काङ्ग्रेस र कम्युनिस्ट बिच पानी बार्ने बिहेवारी नचल्ने हुन्थ्यो रे । अहिलेको आरोप प्रत्यारोप देख्दा यहाँ राजनीतिक सस्कार बिकास नभएकै हो । गु पुछेको ढुङ्गो त काम लाग्छ हामी त मान्छे पो हौ के मान्छे कहिले कामै नलाग्ने हुन्छ र ?
कोहि आवेगमा नआऔ, कसैप्रती आग्रह पुर्बाग्रह नराखौ
कोहि आवेगमा नआऔ, कसैप्रती आग्रह पुर्बाग्रह नराखौ
Advertisement
तपाईको प्रतिक्रिया