बुटवलमा पुस १० गतेदेखि द नेक्स फेस लुम्बिनीको अडिसन हुँदै

काठमाडौँ । बुटवलमा लुम्बिनी प्रदेश स्तरीय ” द नेक्स फेस लुम्बिनीको अडिसन हुने भएको छ । कार्यक्रम एस। के। क्रेशनद्वारा हुने भएको छ ।

युवायुवतीहरुको ब्यक्तित्व विकास ,क्षमता अभिवृद्धि , नेतृत्व गर्न सक्ने आदिको लागि कार्यक्रम गर्न लागिएको इभेण्ट म्यानेजिङ डाइरेक्टर साहिर केसिले जानकारी दिएका छन् । इभन्टमा १५ बर्ष भन्दा माथिकाले भाग लिन पाउनेछन । परिवारको एक जना सदस्यका साथ अडिसनमा सहभागी हुने बताइएको छ ।

अडिसन दिनका लागि बुटवलका विभिन्न ठाउँमा फर्म पाइने बताएका छन । फर्म पाइने ठाउँहरु तिनाउ संगीत कला केन्द्र , होराइजन फुडल्याण्ड , झिमा होटेल लगायतका ठाउँमा अडिसनको लागि टिकट पाइने छ। अडिसनमा साहिर केसि , कोरियोग्राफर सुजित बस्याल , सहायक अर्गनाइजर लगायत रहने बताइएको छ।

Sharing Now!

You might also like

Comments are closed.