मुरारी भण्डारीको ‘कहाँ जान लागेकी’ बोलको गीत बजारमा

कामना डेली, काठमाडौ। गायक मुरारी भण्डारी ‘आलाप’ को सांगीतक कोसेली कहाँ जान लागेकी बोलको गीतको म्युजिक भिडियो सार्वजनकि भएको छ ।

मुरारी भण्डारीको नै शब्द रहेको गीतमा संगीत र संयोजन शशीविक्रम थापाको रहेको छ । म्युजिक बैंक नेपालमा रेकर्ड भएको गीतमा रेकर्ड, मिक्सीङ र मास्टरिङ कृष्ण पुनको रहेको छ ।
म्युजकि भडियिोमा संगीतकार स्वयं शशीविक्रम थापाकै निर्देशन रहेको छ । गंगाराम राई र दिपक रायमाझीको छायांकन रहेको भिडियोमा जगदिश अधिकारी, अर्जुन खड्का, मदनकुमार थापा, विक्रम नगरकोटी, सपेन्द्र धिताल, दिपिका थापा, संगीता तामाङ, अनिशा श्रेष्ठ, उषा मगर, दिपीशा दवाडी लगायतका कलाकारको अभिनय रहेको छ । विक्रम गौतमको श्रृंगार रहेको भिडियो डिलाईट्स फिल्मसको अफसियिल युट्युब च्यानलबाट सार्वजानिक गरिएको हो ।

Sharing Now!

You might also like

Comments are closed.