• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

मुख्यमन्त्री पोखरेलद्धारा स्मार्ट रिफ्रेस सेन्टरको शिलन्यास


  •   शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
  • कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सभ्य र सफा समाजको निर्माणमा अहिलेको अत्याधुनिक स्मार्ट रिफ्रेस सेन्टर रहेको बताउनु भएको छ । कपिलवस्तुको शिवराज नगरपालि वडा नं. ५ चन्द्रौटामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टर शुक्रबार शिलन्यास गर्दै मुख्यमन्त्रि पोखरेलले यस्तो बताउनु भएको हो । मुख्यमन्त्री पोखरेलले रिफ्रेस सेन्टर संचालन आएपछि सवारी साधानले जंगल छेउछाउमा गराउने शौचका कारण हुने फोहोर र दुर्गन्ध हट्ने बताउनु भयो । राजमार्गको छेउछाउमा देखिने फोहोर मैलाले गिज्याइरहेको बेला प्रदेश सरकारको यो अबधारणले नयाँ युगको स्वच्छ र सभ्य समाज निर्माणमा सहयोग पुग्ने मुख्य मन्त्रि पोखरेलले जिकिर गर्नु भयो ।

    Advertisement

    अत्याधुनिक सुविधा सहितको रिफ्रेस सेन्टर बन्ने हुदाँ सवारी चालकले केहि समय विश्राम गरी फ्रेस भएर सवारी चलाउदाँ सवारी दुर्घटनमा न्युनिकरण हुने उहाँले बताउनुभयो । सवारी चाप रहेको क्षेत्रमा मुख्यतः चालकहरुलाई विश्रामको लागि अति उपयोगि हुने जिकिर गर्नुभयो । प्रदेश सरकारले पूर्वपश्चिम राजमार्ग अन्तर्गत विभिन्न ठाउँहरु रिफ्रेस सेन्टर बनाउने कामलाई अगाडी बढाएकोले यसको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।
    लुम्बिनी प्रदेशकै पछाडि परेको कपिलवस्तु जिल्लामा प्रदेश सरकार बनेपछि विकासले फड्को मारेको बताउदै शिवराज नगरपालिका क्षेत्रमै प्रदेशस्तरिय सरुवा रोग निर्माणको काम अघि बढेकोले यहाँका नागरिकहरुलाई उपचारको लागि अन्यन्त्र जानुपर्ने बाध्यता हटने बताउनुभयो ।
    अस्पतालको लागी आवश्यक जग्गा प्राप्तीको काम अगाडी बढेकोले अब छिटै निर्माणको काम पनि शुरुहुने मुख्यमन्त्रि पोखरेलले बताउनु भयो । प्रदेशको स्थायी राजधानि सँग जोडिएको शिवराज नगरपालिका र कृष्णनगर नाकाको मुख्य केन्द्रबिन्दु चन्द्रौटा बन्ने बताउनुभयो । राजधानीको फाईदा चन्द्रौटावासीहरुलाई हुने भएकोले आर्थिक अवस्थालाई उकास्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।पर्यटकिय हिसावले कपिलवस्तु प्रदेशकै उत्कृष्ट रहेकोले तिलौराकोट गुरुयोजनाले जिल्लाको मुहार फेरिने जनाउनुभयो ।

    उत्तरी भेगमा रेलमार्ग र दक्षिणी क्षेत्रमा हुलाकी राजमार्गको कामले गति लिएकोले अब विकास भएन भन्न नमिल्ले जिकिर गर्नुभयो । कपिलवस्तु जिल्लामा सिचाईका लागि राप्ती सुरही नाका डाइभर्सन र कालीगण्डकी तिनहु डाइभर्सन योजनाले पूर्ण रुपमा सिचाई गर्न सकिने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारले कृषक र उद्यम गर्न चाहानेहरुका लागि बैक ब्याज सरकारले तिरिदिने भएको यसको लाभ लिन जिल्लावासि अग्रसर हुन आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले रिफ्रेस सेन्टर निर्माण पश्चात लुम्बिनी प्रदेश क्षेत्रभित्र पूर्वपश्चिम सडक छेउछाउँमा फोहोरमैला देख्नुनपर्ने बताउनुभयो । अहिले सम्म सवारी साधानहरु जंगल प्रवेश गर्दा वित्तिकै दिशापिसाब गर्न रोक्नुपर्ने बाध्यता रिफ्रेस सेन्टरले हटाउने छ । उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले रिफ्रेस सेन्टर निर्माणले वातावरण प्रदुषण कमि हुने बताउनुभयो ।

    वातावरण संरक्षण र विकास निर्माणमा एक आपसमा द्धन्द भएकोले सन्तुलित तरिकाले विकासको योजना अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । प्रदेश सभा सदस्य दिर्घनारायण पाण्डे, अर्जुन कुमार केसीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।कार्यक्रममा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले प्रदेश सरकारका तर्फ नगरको रिङरोडलाई आवश्यक पर्ने बजेटलाई सम्बोधन गरिदिन अनुरोध गर्नु भयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै उप प्रमुख शिवकुमारी चौधरीले हिंसा पिडितहरुका लागी नगरमा सेभहाउस संचालनका लागी प्रदेश सरकारले सहयोग गर्न आग्रह गर्नु भयो ।

    करिब १० करोड बढिको लागतमा २ चरणमा निर्माण हुने स्मार्ट रिफ्रेस सेन्टरको दुई वर्ष भित्र सम्पन्न हुने गरी पहिलो चरणमा रु ३ करोड ६४ लाख लागतमा भिमेश्वर ड्रिलिङ्ग तथा निर्माण सेवाले गर्ने जिम्मा पाएको छ । स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ्ग स्थल, सिटिङ्ग एरिया, पाथ वे, रोड एरिया, कार वासिङ्ग, चार्जिङ स्टेशन र ड्राइभर रुम लगायतका संरचना बन्ने छन् ।

    शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation