• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

यो तिहारमा खाली निधार हुनुको पीडा : प्रजिअ शर्मा


  •   मङ्गलबार, मङि्सर ०२, २०७७ मा प्रकाशित
  • यस पटकको तिहार पनि त्यति रमाइलो हुन सकेन, न टीका लगाउन पाइयो त नाँच, गान देउसी भैलो सिंगारु, सोरठी नै रम्चाउन पाईयो । कोरोनाको बिगबिगीले कोठा बाहिर निस्किन पनि सकिएन । चिल्ला रोटी पनि रुघाखोकी लाग्छ कि भनेर छुदै छोइएन न त घर जान पाईयो ।
    न त दिदीबहिनीको हातबाट टीका लगाएको तस्विर फेसबुकमा अपलोड गर्न नै पाइयो, यो तिहार पनि खाली निधार पारेर बिना बाजै गयो।
    उसो त मलाई भाइ तिहार नअाईदिए हुन्थ्यो जस्तो पनि लाग्छ, तर अाम मानिसका लागि यो एउटा पबित्र पर्व हो, जसले दिदीबहिनी र दाजुभाईको बिचको सम्बन्धलाई ताजा, निकट र सुमधुर बनाउँछ, तिक्तता भए मेटाउँछ । नौडाँडा काटेर गएकी चेलीलाई अाफु जन्मेको गाउँ घर अामा बुवा दाजुभाई काका काकी छरछिमेकी साथीभाईसंग भेट हुने अवसर जुराउँछ र बालापनको याद दिलाउछ जहाँ तिनी हुर्केकी र बढेकी थिईन। ती गोरेटा, कान्ला, पधेरा, चौपारी, खोला, अाफुले पढेको स्कुलसंगको सम्बन्धलाई नबिकरण गराउँछ । भैलिनी र देउसीरे झ्याउरे, सिंगारु, पैंसेरी, गरुवा, सोरठीसंग मिसिएर नाच्ने गाउने देखि लिएर बनभोज खाँदा खेरीका रमाइला क्षणहरु बिर्सनै नसकिने गरी पुनराबृत्ति गराउँछ । देश बिदेशबाट घर छोडी गएकाहरु पनि तिहार संझेर घरमा अाई पारिवारिक पुनर्मिलन हुदाको अवस्था साह्रै मीठो र अानन्ददायक हुन्छ। नयाँ कपडा , घरको सरसफाई, बत्तिको झिलिमिली र सेलरोटी, फिनी, अर्सा, अनरसा फलफूलजस्ता मीठा खानेकुराले तिहारको स्वाद नै बेग्लै हुन्छ ।त्यैसैले तिहार एउटा पुनर्मिलनको पर्व हो ।
    मेरी एउटी दिदी र एउटी बहिनी मेरी अामाकै कोखबाट जन्मिएकी थिईन रे तर उनीहरु यो धरतीमा रहेनन। मैले न दिदीलाई देखें न बहिनीलाई । बहिनीलाई सम्म अलि अलि याद पाउँछु , जन्मिन तर बाँचिनन् । तर मैले नदेखेका दिदी बहिनीहरुलाई भने म सँधै सम्झिने गर्छु । किन बाचिनन होला तिनीहरु ! मेरा लागि भए पनि बाँचिदिएको भए हुन्थ्यो होला जस्तो लाग्छ कहिले काहीँ । त्यसैले दशैं खास गरि तिहार अली खल्लो लाग्ने गर्छ मलाई। छोरी बैनी नभएको घर, घर जस्तो हुदैन पर्व जस्तो लाग्दैन भन्नू हुन्थ्यो अामा संधै । कर्ममै नभए पछि कस्को के लाग्छ र। अब त घरमा छोरीहरु , नाति नातिनीहरु, छोरी जस्तै बुहारीहरु छन खुशी लाग्छ । छोरीबुहारीहरु घरका गहना हुन, लक्ष्मी हुन । तिहारमा सानै देखि मामाघरका दिदीबहीनीहरुले निधार खालि हुन त दिएनन अहिले पनि बोलाउछन, कहिले काकाहरुका कहिले ठुली अामाका छोरीहरुले पनि निधार रंगाईदिन्थे । नियमित रुपमा एउटैले लाउने अवस्था पनि मिल्दो रहेनछ , अाफ्ना सहोदर दाजुभाईलाई छोडेर मेरै लागि मात्रै भनेर अाउन उनिहरुलाई पनि समस्यै हो। म पनि जागिरे हुनाले संधै समय मिलाउन पनि नसकिने रहेछ । मेरा लागि किन अाईदिएनन भनेर पीर मानेर पनि केही हुनेवाला छैन । कति भाइ टिकाको दिनमा सुतेरै बिताएको पनि छु, साथिभाईको अगाडि रित्तो निधार देखाउन लाज लागेर । पुर्व जन्मको प्रारव्ध यस्तै रहेछ भनेर चित्त बुझाउनु बाहेक म संग कुनै बिकल्प नभएर। तर अाज भोलि भने अाफ्ना छोराछोरी र नातिनातिनाले टीका लगाउदा संगै बसेर रमाउने गरेको छु।
    दाजुभाइको दीर्घायु र सुस्वाथ्यको कामना गर्ने दिदीबहिनीहरु साँच्चिकै ठुला हुन त्यसैले दाजुभाइहरु संधै त्यसका लागि ऋणि नै हुनुपर्छ । चेलीबेटीलाई माईतिको कुकुर पनि प्यारो लाग्छ भन्छन । चेलीबेटीहरु अरु सबै सहन्छन तर माईतिहरु प्रति नराम्रो वचन लगाएको सहन सक्दैनन ।

    Advertisement

    अत: यति प्यारो गर्ने दिदीबहिनीहरुलाई दाजुभाईहरुले तिहारमा मात्रै हैन संधै नै सम्मान गर्नु पर्छ, माया गर्नु पर्छ । दिदीबहिनीहरुको अाशिष लागोस, यमराजले पीडा नगरुन, कोरोनाले पनि छुन नसकोस अाजको दिनको संदेश यही हो जस्तो लाग्छ।

    लेखक भरत शर्मा, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

    मङ्गलबार, मङि्सर ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation