• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा )भित्रको बिबाद के को लागि ?


  •   सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित
  • – सबिन बस्नेत
    २०७४ असोज १७ मा कार्यगत एकता गरि चुनावमा होमिएर झण्डै दुई तिहाइ को बहुमत सघ र प्रदेशमा हासिल गरेको नेकपा ठिक एक बर्षपछी एकीकरणको घोषणा गर्दै २०७५ जेठ ३ मा चारबुद्दे गोप्य संझौता मार्फत् दुई अध्यक्ष क्याप्टेन हुने गरि नेकपा नामक जेट विमान उडाउने सपनालाइ साकार रुप दिए । दुइ बर्ष पुग्दानपुग्दै चार बुद्दे संझौतामा रहेको आलोपालो प्रधानमन्त्री बन्ने दुई अध्यक्षको उधारो लेनदेन सतहमा आए संगै जेट दुर्घटना हुने अड्कलबाजी नेपाली राजनितिमा देखा परे ।यो संकटलाइ एक अध्यक्ष ओलि पुरै पाँच बर्ष प्रधानमन्त्री र अर्का अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष बन्ने र पार्टीको बैठक आपसी समझदारीमा हुने संझौता सहित बिबाद निरुपण भयो । त्यस लगतै कार्यकारी अध्यक्षको हैसियत र बुझाइलाइ लिएर बिबाद उत्पन्न भयो ।जसले गर्दा स्थायी कमिटीको बैठक लम्बिन्नुका साथै कार्यकर्ता र आम जनतामा समेत नेकपाको भबिष्यलाइ लिएर चिन्ता देखिन थाल्यो । २०७७भदौ २६ मा आएर प्रथम अध्यक्ष केपि ओलि सरकार र अर्का अध्यक्ष प्रचण्ड पार्टी संचालन र महाधिवेशनमा केन्द्रित हुने निष्कर्ष सहित ठूलो रस्साकस्सीको अन्त्य भयो । यी सबै बिबादको जडमा विधि पद्धति नमानेको,एकलौटी गरेको ,गुटबन्दी गरेको जस्ता आरोप एक अर्का माथी लाग्ने गरेका छन । तर यी आरोप आफ्नो सुबिधाको लागि र कार्यकर्तालाई अल्मलाउन मात्रै लगाइएको देखिन्छ । बास्तबिकतामा दुबै अध्यक्ष र शिर्ष नेताहरु खासगरी सचिवालयको टिम नै आ आफ्नो गुट बलियो पार्न र ब्यक्तिगत स्वार्थमा केन्द्रित भएको देखिन्छ ।यो कोरोना संकटमा पार्टी र सरकारलाई बलियो र एकजुट पारी जनताका गांसबास,शिक्षा,स्वास्थ्य र रोजगारी ,बिकासका समस्यालाइ कसरी प्रभावकारी रुपमा हल गर्न सकिन्छ भन्ने कुरामा बिबाद र छलफल भएको देखिदैन । बिबाद महाधिवेशनमा निर्बिरोध अध्यक्ष हत्याउने, मन्त्री हुने र आफन्तलाई सरकारी नियुक्ति दिनेमा बढी केन्दृत भएको स्पष्ट देखिएको छ । यो सिद्धान्त र बिचारको लागि भएको बिबाद नभएर दुई ब्यापारीको लेनदेन भएकोले लेनदेन पछि अघिल्ला बिबाद झै पानीका फोका जस्तै बिलाएर जान्छ भन्ने आम बुझाइ रहेको देखिदै आएको छ ।

    Advertisement

    पार्टी फुटको हल्ला किन नेताहरु नै चलाउछन ?

    पछिल्लो बिबाद सतहमा आएपछी जिम्मेवार नेता कमरेडहरु नै कार्यकर्ताले पार्टी बिभाजन गर्न थालेको जसरी हार गुहार गरि डर त्रास सृजना गरिरहेका छन ।एकातिर बिष्णु पौडेल ,ईश्वर पोख्रेल ,प्रदिप ज्ञवालीहरु पार्टी फुटतिर गएको संकेत गर्दै फुटवाट फाइदा नहुने र आन्दोलनका उपलब्धि गुम्ने भनिरहेका छन भने प्रचण्ड नेपाल खेमा छुट्टै भेटघाट गर्दै केपि ओलिले अलग्गै जाउ भनेर भने भन्दै मिडियाबाजी गरिरहेका छन । बास्तवमा दुबै खेमाले यतिबेला फुटको हल्ला चलाएर विधि,पद्धति भन्दा नि बार्गेनिङ गरिरहेको कुरा स्पष्ट छ। होइन भने सरकार र पार्टी संचालनका समस्याका बारेमा कमिटी बैठक राखी हल गर्न सकिने प्रशस्त सम्भावना छ । तर यत्तातिर चासो नदिइ ठूलो स्वरमा निकालिएको स्याल हुइयांले कार्यकर्ता र जनतामा निराश बढाउने बाहेक केही गर्ने देखिदैन ।यतिबेला कमिटी बैठक भन्दा बाहिरबाट हल खोज्ने कुराले निकास दिदैन । यी बैठक प्रधानमन्त्री वा अध्यक्ष हटाउने र कसलाइ मन्त्री बनाउने भन्दा नि सरकारको परिणाममा सुधार गर्न र पार्टीको कामलाइ प्रभावकारी बनाउन केन्द्रित हुनुपर्ने खांचो देखिन्छ ।अहिले आत्माआलोचना गर्दै अगाडि बढ्नु नै महाधिवेशन सम्पन्न नहुदा सम्मको बाध्यता हो भन्ने कुरा छर्लङ्ग नै छ ।

    विधि,पद्धति पालना हुन सम्भव छ ?

    नेकपमा यतिबेला दुबै अध्यक्षले पार्टीको बिधि,पद्धति उलंघन गरेको आरोप प्रत्यारोप एक अर्कालाइ लगाउने गरेको सुनिदै आएको छ ।लेनिनबादी संगठन पद्दतिलाई बिबाद समाधानको मुल मियोको रुपमा कम्युनिस्ट पार्टीले मान्दै आएको सन्दर्भमा सामुहिक निर्णय ब्यक्तिगत जिम्मेवारी र पार्टीको निर्णय सबैले मान्नुपर्ने जस्ता कुरा सरकार बाहिर रहेका प्रचण्ड नेपालले उठाउने गरेका छन ।त्यस्तै सरकारमा रहने खेमाले यो पार्टी एकीकरणको संक्रमण कालिन समय भएकोले दुई अध्यक्षको समझदारीलाई आधार मानेर निर्णय हुने हुँदा अघिल्ला संझौताको पालना दुबै पक्षले नगर्दा समस्या आएको बताएका छन ।मुलभुत रुपमा पार्टी कमिटीको रुपमा भन्दा पनि स्वार्थ केन्द्रीत भएर चलेको हुँदा जटिलता आउने गरेको आम बुझाइ छ ।पार्टीका दोस्रो अध्यक्ष प्रचण्डले महाधिवेशनमा पार्टीलाई लाने गरि सदस्यता नविकरण ,तल्ला कमिटीको पुर्णता जस्ता काम सम्पन्न गरि कार्यतालिका बनाउने सम्मका जिम्मेवारी पूरा नगरी केवल सरकारको आलोचनामा र निराशा बढाउने काम गरिरहेकाले पनि अर्का अध्यक्ष ओलि शशंकित हुने गरेका छन । पार्टीमा हुनुपर्ने सहयोग र समन्वयको वातावरण नपाएको गुनासो ओलीमा देखिन्छ ।प्रचण्ड नेपाल सरकारलाइ सहयोग गर्ने र सच्चाउने भन्दा पनि आफुलाइ पेलेको भन्दै बहुमत जुट्टाएर असक्षमताको निहुँमा हावी हुन खोजेको छ ।त्यस्तै दुई मध्ये एकले सहमतिमा उधारोको अध्यक्ष आश्वासनमा खोजेको देखिन्छ।खुल्ला प्रतिस्पर्धा चाहेको देखिदैन ।तर केपि ओलिले साठ्ठी वरिपरिका द्रोस्रो पुस्तालाइ नेतृत्व हस्तान्तरण गर्न चाहिरहेको उदघोष बेलाबेला गर्ने गरेका छन । यहि नै भित्री रुपमा टाउको दुखाइको रुपमा रहेको कारण पटक पटक सहमति भएर पनि नेताबीच बिबाद बल्झिएको भन्ने हल्ला व्यापक छ ।एक ब्यक्ति एक पद, सामुहिक निर्णय जस्ता कुरा आफू शक्तिमा हुँदा गौण ठान्नेहरु नै यतिबेला चर्को स्वरमा आवाज उठाएका छन ।बास्तवमा यी कुरा अहिलेको संक्रमणकालीन अबस्थामा झनै सम्भव छैन भन्ने कुरा नबुझेर उठाएका भने होइन्न ।यस्तै हलो अड्काउने र गोरु पिट्ने दाउमा रहेका कारण अहिलेको जटिल अबस्था आएको हो । अहिले भनेको दुबै पक्ष नियुक्त्ति ,मन्त्रीपरिषद बिस्तारमा अल्झनु भन्दा नि स्पष्ट मापदण्ड बनाएर आ आफ्नो जिम्मेवारीमा फर्केर परिणाम द्वारा कामको प्रतिउत्तर दिन लाग्नुपर्छ ।अंशमा र ब्यक्तिमा समाधान खोज्ने नगरेर तथा भागभण्डाको राजनीति अन्त्य गरेर काममा एकरुपता निर्णयमा मापदण्डको पालना नै अहिलेको खांचो जस्तो लाग्छ । अहिलेको नेकपा भित्र देखिएको लडाइ बैचारिक र सैद्धान्तिक नभएर केवल गुटगत र आफू कसरी महाधिवेशनमा शक्तिशाली भन्ने एजेन्डा सहित भएको देखिन्छ ।तीन तहको सरकारको भुमिका,जटिलता वा पार्टीको घोषणापत्रको कार्यान्वयनको स्थितिलाई लिएर गम्भीर छलफल भएको छैन,कोरोनाले उत्पन्न गरेका जटिलताको समाधानमा बिबाद भएको होइन ।अहिलेको सरकार भन्दा फरक ढंगले र अझै प्रभावकारी रुपमा काम गर्छु भन्ने हिम्मत पार्टी भित्र वा बिपक्षीमा समेत यत्तिबेला छैन ।काम गर्दा केही कमजोरी भएपनी संकट समाधानमा केन्द्रिय सरकार निदाएको छैन ।सित्तैमा पाए अलकत्र खाने नेपाली संस्कारका कारण सेवा,सुबिधाको सहि बितरण गर्न स्थानिय सरकार चुकेका कारण ब्यवस्थापन केही असहज भएको मात्रै हो । ब्यक्तिगत स्वार्थलाइ बैचारिक लेपन लगाएर हिजो जस्तो कम्युनिस्ट पार्टी फुट्ने महारोगलाइ सबैले बुझेका छन ।

    तसर्थ पार्टी फुट्ने हल्लामा कार्यकर्ताको बिश्वास छैन । कसैको अहंकार ,हठ्ठ र असन्तोषले दुर्घटना भए त्यसको क्षति उसैमाथी बढी पर्ने देखिन्छ । त्यस्तै कसैमाथी कार्बाही गर्न सक्छु भन्ने दम्भ छ भने पनि अहिलेको पार्टी बिधान र समयको जटिलताले दिदैन । अत समाधानको निम्ति सम्भव भए कमिटी बैठक आयोजना गरेर वा भर्चुयल बैठक मार्फत छलफल गरेर कमजोरीप्रति आत्म आलोचित हुनु नै उत्तम हुन्छ ।स्थायी कमिटी सम्म छलफल चलाएर स्पष्ट मापदण्डका आधारमा राजकिय र पार्टीगत जिम्मेवारी दिने थिती बसाउदै महाधिवेशन सम्म पुर्व पार्टीको सन्तुलनलाई ध्यान दिइयो र अनुहार गौण भयो भने मात्रै पार्टी र सरकार अघि बढ्ने साझा बिन्दु तयार हुने देखिन्छ । पार्टी एकीकरणको तीन महिनाभित्र एकीकरणका काम सम्पन्न गर्ने उदघोष गरेका अध्यक्षहरु र सचिवालयका सदस्यहरुले ढाइ बर्ष हुनै लाग्दा पनि निर्धारित काम सम्पन्न गर्न सकिरहेका छैन्न ।उल्टो कार्यकर्तामा टुटफुट र बिभाजनको सपना देखिरहेका छन ।।कार्यकर्ता मलामी होलान तर सति जान तयार हुनेछैन्न भन्ने हेक्का राखी मतभेद बिर्सिएर सिङ्गो पार्टी हस्तान्तरण गर्न अहिलेको निकम्मा साबित हुँदै गएको नेतृत्व तयार हुनुको कुनै बिकल्प छैन ।अबको नेतृत्व बिचार र कार्यक्रम सहित पार्टीलाई हांक्न सक्ने हुन्नैपर्छ ।कार्यकर्ता एक ढिक्का भएर नेतृत्वलाई मिल्नको निम्ति दवाब दिनैपर्छ र स सम्मान बिदाइ गरिनुपर्छ ।

     

    सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation