कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु


दाङ । कोरोना सङ्क्रमणका कारण दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दूधरास निवासी ५३ वर्षीय नायब सुब्बा हीराबहादुर डाँगी हुन् ।

उनलाई यही कात्तिक ४ गते सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको थियो ।

Sharing Now!

You might also like

Comments are closed.