• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ४. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ५. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

सुनिन छाड्यो पाल्पामा सारङ्गीको धुन


  •   बुधबार, असोज १४, २०७७ मा प्रकाशित
  • पाल्पा । सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लोभ्याउँछ । सारङ्गीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो । त्यहि सुमधुर सारङ्गी धुन आजभोलि गाउँ तथा शहरी क्षेत्रमा विस्तारै सुनिन छाडेको छ ।

    Advertisement

    रम्भा गाउँपालिका–५ ताहुँका भीमबहादुर गन्धर्व अपमान र छुवाछूतकै कारण गन्धर्व जातिका युवा यो पेशाबाट विस्थापित भएको बताउनुहुन्छ । गीतसङ्गीतमा सारङ्गीको भूमिका निकै रहे पनि अहिले यो नेपाली लोकबाजा बजाउने मानिसको अभाव देखिएको छ । सारङ्गी बजाउनेहरु अन्य पेशाव्यवसायमा लागेपछि यो पेशा नै धरापमा परेको छ ।

    सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक कारण गन्धर्व जातिका मानिस यस पेशाबाट वर्षेनी विस्थापित हुनुपरेको पीडा छ । युवा पुस्ता आफूले अँगालेको पेशामा आम्दानी र सम्मानसमेत चाहन्छ तर त्यसको अभावमा युवा पुस्ता अन्य पेशा व्यवसायमा आकर्षित हुँदै जाँदा सारङ्गी बजाउने पेशा नै सङ्कटमा परेको उहाँ बताउनुहुन्छ ।

    ताहुँका जगतबहादुर गन्धर्व सारङ्गी बाजा नेपालको राष्ट्रि«यतासँग सम्बन्ध जोडिए पनि यस पेशामा आबद्धलाई सम्मानको खाँचो रहेको बताउनुहुन्छ । नेपालमा सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारङ्गी मानिन्थ्यो । अहिले सूचना प्रविधिको विकास र प्रयोगले यस बाजाको महत्वमा कमी आएको छ ।

    नेपाली मौलिक लोकबाजाका रुपमा परिचित सारङ्गी संरक्षणमा युवाको चासो बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । गन्धर्व जातिको पुख्र्यौली पेशा नै सारङ्गी वादन हो । गन्धर्व जातिको पुख्र्यौली पेशा लोप हुनाका कारण सामाजिक, सांस्कृतिक व्यवस्था नै बाधक बनेको तर्क जगत गन्धर्वको छ ।

    ताहुँकी शोझा रञ्जन गन्धर्व कला र गलामा धनी भए पनि राष्ट्रियस्तरमा सम्मान पाउन नसकेकामा गुनासो पोख्नुहुन्छ । सारङ्गी बजाउन नयाँ पुस्तालाई आकर्षित गर्न आवश्यक रहेको उहाँको जोड छ । यसका लागि सरकारले सारङ्गी सम्बन्धी तालीम तथा प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको उहाँ बताउनुहुन्छ ।

    विसं २०६८ को जनगणनानुसार तानसेनमा ९८ पुरुष र ९५ महिला गरी कुल एक सय ९३, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा ११ महिला र ११ पुरुष तथा रम्भाको ताहुँमा आठ पुरुष र १९ महिला गन्धर्व बसोबास गर्दै आएका छन् ।

    बुधबार, असोज १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ३.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ४.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ५.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ७.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ८.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation