प्यूठानमा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

कामना डेली,प्यूठान । प्यूठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा परी चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउपालीका – १ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो। सडक माथिवाट खस्दै गरेको पहिरो देखेर ज्यान वचाउन जेसिवीवाट हाम फालेका चालक अर्घाखांचीको सितगंगा नगरपालिका ८ लापेका ४० वर्षिय नरसिंह वुढा मगरको घटनास्थलमै मृत्यु भएको मल्लले जानकारी दिनुभयो।

देविस्थान तिराम सडक खण्ड अहिले स्तरोन्नतीको काम भईरहेको छ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.