• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, माघ ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला

  • ४. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ६. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ७. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

  • १०. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

बाणगंगा नदीको कटानले सय घरपरिवार विस्तापित हुने अवस्थामा


  •   शनिबार, असोज १०, २०७७ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु।  कपिलवस्तुको बाणगंगा नदीमा आएको बाढीले महाराजगंज नगरपालिकाका नागरिक पीडित बनेका छन । नदीले जग्गा कटान गरेर बग्ने धार परिवर्तन गरेपछि महाराजगंज नगरपालिका वडा नं २, ३, ८, १० र ११ का नागरिक विस्थापित हुने अवस्थामा पुगेका छन । सबैभन्दा बढी वडा नं १० हरदौना गाँउका १ सय घर विस्तापित हुने अवस्थामा पुगेका छन । बाणगंगा नदिले बलरमवापुर, बरगदी पडरिया, सिगंरहा, कजरहवा, हरदौनाका नागरिकलाई पिडित बनाएको छ ।
    तिन दिन सम्म परेको अविरल बर्षाका कारण आएको बाढीले त्यस क्षेत्रमा करीब १० बिगाहा बढी जमीन कटान गरी नदीको धार गाउँतिर सोझिएपछि सम्पूर्ण बस्ती डुबानको जोखिममा परेको पीडितहरू बताउँछन ।महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले बाणगंगा नदीले धार परिवर्तन गरेका कारण एक साताको अन्तरालमा मात्रै सो क्षेत्रमा करीब १० बिगाहाभन्दा बढी खेतीयोग्य जमीन काटान गरी नदी गाउँतिर आउन लागेको बताउनुभयो । नगर प्रमुखले भन्नु भयो स्थानिय तहमा बजेट आभाव भएकोले यहाँका बासिन्दाको गाँँउ र खेत बचाउने काम केन्द्र र प्रदेश सरकारले गर्नु पर्ने बताउनु भयो । नदी कटान रोक्नका लागि कटान नियान्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको नगर प्रमुखले बताउनु भयो। नदी कटान रोक्नका लागि तटबन्धको लागि ‘जनताको तटबन्ध कार्यक्रम’ तथा विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको नगर प्रमुख कलामले गुनासो गर्नुभयो ।शुक्रबार नगर प्रमुख अब्दुल कलामले नदीले कटान गरेको जग्गा अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा स्थानियले नगर प्रमुखसंग तटबन्धका लागि छुट्टै परियोजना सञ्चालन गरी समस्याको समाधान गर्न माग गरेको स्थानिय बेदी प्रसाद यादवले बताउनुभयो । बाणगंगा नदीको कटान रोक्नका लागि छुट्टै परियोजना तयार गरेर तटबन्धको साथै नदीले कटान गरेको जमीनको विकासका लागि केन्द्र तथा प्रदेश सरकारबाट विशेष पहल गर्नु पर्ने महाराजगंजवासीले माग गरेका छन ।
    महाराजगंग नगरपालिका वडा नं १० का नागरिक बाणगंगा नदीबाट पिडित भएका छन । हरदौना की ५० बर्षिय कुशुम तारा रैदासको नदी किनारमा रहेको धान खेत समेत बगाएको छ । कुशुम तारा रैदासले भन्नु भयो “ दुई दिनको पानीले मेरो परिवार पाल्ने धान खेत बाणगंगा नदी बगायो अब के खाने कसरी बच्ने ” तीनवर्ष अघिसम्म चार विगाह जमिनको मालिक रहेकी रैदासको अहिले २ विगाह मात्र बाचेको छ । रैदास परिवारको यतिबेला उनीहरुको जमिनमा बाणगंगा नदी बगेको छ ।
    त्यस्तै हरदौनाका राम किसुन रैदासले नदी बगेको ठाँउ देखाउदै उनले भने ‘अहिले नदी बगेको ठाँउ जति मेरो लालपुर्जमा रहेको जमिन हो । पाँच जनाको परिवार सम्पत्ति भएर पनि सुकुम्बासी जस्तो भएर उठीबास हुनु पर्यो ।’
    महाराजगंज नगरपालिका वडा नं १० हरदौनाका वडा अध्यक्ष समेत रहेका शैलेन्द्र कुमार चौधरीले आफ्नो वडाको करिब १० जग्गामा रोपेको धानको खेतमाथि हेर्दा हेर्दै बाणगंगा बग्न थालेको बताउनु भयो । उहाले भन्नु भयो –‘धान पाक्ले बेलमा नदीले कटान गरी पुरै स्वाहा बनाएको छ । हेर्दाहेर्दै सबै जमिन काट्न थालेपछि किसानको मन कुडीएको वडा अध्यक्ष चौधरीले बताउनु भयो ।त्यस्तै हरदौनाका राम निवास बरईको धान खेत समेत बगाएको छ । राम निवासले ७ जनाको परिवारको पालन पोषण गर्दै आएको खोती योग्य जमिन आधा नदी बगाएकोले गुजरा कसरी चलाउने भन्ने चिन्ताले सताएको दुखेसो पोखे ।
    करिब २० बर्ष पहिले बाणगंगा नदीमा आएको बाढी हरदौना बगाएको थियो । गाँउ बगाउदा दुई सय घर परिवार विस्तापित भएका थिए । सरकारले समयमा केही निकास निकाल्नु पर्ने महाराजगंज नगरपालिका वडा नं ८ का वडा अध्यक्ष योगेन्द्र केसीले बताउनु भयो ।

    Advertisement

    शनिबार, असोज १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र

    • ४.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ५.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ६.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    भर्खरै

    • १.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • २.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ३.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ४.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ५.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ६.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    • ७.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

    • ८.
      ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...