• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, माघ ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

लोकप्रिय समाचार

  • १. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • २. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • ३. संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

  • ४. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ५. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

  • ६. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

  • ७. निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

  • ८. प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

फेसबुक स्ट्याटस प्रती पत्रकारहरुको आपत्ती, के लेखेका थिए सुबासले ?


  •   शनिबार, भदौ २७, २०७७ मा प्रकाशित
  • सीता बि क, प्युठान। फेसबुकमा पत्रकारलाई अपमानित हुने गरि स्ट्याटस लेखेको भन्दै जिल्लामा क्रीयासिल बिभिन्न ४ पत्रकार सघ संगठनहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छ्न ।

    Advertisement

    उनिहरुले शनिबार एक संयुक्त विज्ञप्ती मार्फत प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलको निजी सचिवालयमा कार्यरत तथा अखिल छैठौंका केन्द्रिय सचिव समेत रहेका झिमरुक – ५ का सुवास जि.सीले आफ्नो पत्रकारहरुलाई अपमानित हुने गरि अनेक अरोप लगाएर फेसबुक स्ट्याटस लेखेको भन्दै आपत्ती जनाएका हुन।

    विज्ञप्तीमा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्य जस्तो गरिमामय पदमा रहेको माननीय दुर्गा पौडेलको निजि सचिवालयमा काम गर्ने ब्यक्तिबाट जिल्लाका क्रियाशिल पत्रकारहरुले समाचार सांसदकै नाम नलेखिएकै बिषयलाई आधार बनाएर गाली गलोजमा उत्रिनु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेपको साथै अहिलेको सुचना र प्रविधिको दु्रुपयोग गर्दै गरिएको साइबर अपराधको रुपमा यसलाई हामीले लिएका छौं।’

     सुबास जिसीको फेसबुक स्ट्याटस हेर्नुहोस। 
    प्युठान जिल्लाका केही पत्रकार साथीहरूप्रती
    – सुवाश संयम
    पत्रकार साथीहरू केही समय यता तपाईहरुका गतिविधिहरु नजिकैवाट नियाल्ने अवसर मिल्यो । उसो त जिल्ला बाहिर बसेरै पनि तपाईहरुका हर्कतहरु हेरिरहन्थें । एउटा कुरा सत्य हो कि आज कुनैपनि पत्रकार स्वतन्त्र छैन । कुनै न कुनै रूपमा कुनै एउटा दलसङ आवद्ध छन् नै । तपाईहरु त्यसवाट अछुतो हुने कुरा भएन । तरपनि मैले अन्य जिल्ला र राजधानीमै पनि कयौं पत्रकारहरु भेटेको छु जस्को आस्था जतासुकै भएपनि कम्तिमा समाचारको प्रकाशन र प्रसारण गर्दा भने जो सुकैका समाचारहरुलाई प्राथमिकता दिएका हुन्छन्,छापेका हुन्छन्,प्रकाशन गरेका हुन्छन् ।

    प्युठानका धेरै जसो पत्रकार साथीहरूले भने अहिले आफ्नै दलको बाहेक अरु कसैको कुनै समाचार प्रकाशन गरेको हेर्न वर्ष कुर्नुपर्छ। आफ्नै दलको पनि निस्चित गुटको समाचार छाप्नुहुन्छ । अझ भन्ने हो भने फेरो समाएको एउटा कुनै नेताको मात्र समाचार छाप्नुहुन्छ। यो समाचार भन्दापनि चाकडी बढी हुन्छ । उहाँहरुलाई चाकडी प्रिय लाग्छ । आफ्नो नेता र पार्टी बाहेकको समाचार त्यतिबेला समाचार बन्छ जब उछितो काड्नुपर्छ, हुर्मत लिनुपर्छ । प्युठान जिल्लामा ९ वटा स्थानीय तह छन् । ती मध्य झिमरुक र मल्लारानी गाउँपालिका राष्ट्रिय जनमोर्चाले नेतृत्व गरिरहेको छ। केही पत्रकार बाहेक अधिकांश पत्रकारहरुले झिमरुक र मल्लरानीको न्युज नै छाप्दैनन । छाप्नै परे झुटो, कपोकल्पित र भ्रामक समाचार छाप्छन् । केही महिना अगाडीसम्म कुनै कुनै पत्रकारले त यति सम्म कि जिल्लाबाट पठाउने अरु समाचार नपाएपछी झिमरुकको पुल र धरमपानीको खानेपानीको न्युज २ महिनामा १ पटक सम्म पनि छाप्थे । ती न्युजहरु उनिहरुका ब्याक्तिगत अनलाइन देखि राष्ट्रिय खवर सम्म बनाइरहन्थे । केही महिना भयो मैले त्यो पुल र खानेपानीको समाचार नदेखेको । ती साथीहरूमा पुर्वाग्रह यति सम्म छ कि यसको गत्तिलो एउटा उदाहरण छ । गत चैत्रको ११ गते देखि मुलुक भर लकडाउन भयो । सरकारले त्यसको १ हप्तामा नै राहत वितरण गर्न स्थानीय तहहरुलाई निर्देशन गर्‍यो । त्यति छिटै राहत वितरण गरिहाल्नुपर्ने कुनै जरुरी थिएन । तर पनि प्युठानमा सबै ठाउँमा धमाधम राहत वितरण सुरु भयो । मल्लरानीले पनि लकडाउन भएको ११औं दिनमा राहत वितरण गर्‍यो । मल्लरानीले राहत वितरण गरेको साँझ तिर एउटा राष्ट्रिय अनलाइन मिडियाले मल्लरानीमा राहत वितरणमा विभेद भएको भनेर समाचार छाप्यो । त्यही समाचार पढ्दै जाँदा थाहा भयो कि त्यो न्युज कति पुर्वाग्रह पालेर लेखिएको थियो । एकजना महिलाले आफुले राहत नपाएको भनेर गुनासो गरिछन्, उनका श्रीमान विदेश रहेछन् । विदेशबाट पैसा नपठाएको १४ दिन भएकोले उनको घरमा चुलो बलेन रे, उनलाई गाउँपालिकाले राहत दिएनछ । एकापट्टी हाम्रो जस्तो गाउँहरुमा लकडाउन हुँदा खासै फरक पर्दैन,अर्को तिर गाउँका घरमा लकडाउन हुदा बित्तिकै भोकमरीको स्थिति आउदैन । एकदमै गरिवको घरमा पनि केही दिनको लागि खाने खर्च हुन्छ । हुन सक्छ एउटा गाउँमा २/४ परिवार बिहान बेलुकी खान कामनै गर्नुपर्ने हुन सक्छ । ती महिलाका श्रीमान त विदेश रहेछन्,पैसा नपठाएको केही दिन भएको रहेछ । भनेपछि गाउँमा त्यतिको परिवार मागेरै खाने स्थितिमा त पुगेको थिएन होला नि? यदि त्यतिबेला नै त्यो स्थितिमा पुगेको भए आज ६ महिना सम्म त्यो परिवारको हालत के होला? त्यो न्युज अहिले पनि सम्झिन्छु, कहिलेकाही ती पत्रकारले लेखेका अरु न्युजहरु आउदा सोच्छु त्यो दिदी भोकले अहिले सम्म कसरी बाँचेकी होलिन? सरकारले आजकल राहत त बाँडेको छैन ! यो त एउटा मात्रै उदाहरण हो- चरम प्रकारको कुण्ठा र पुर्वाग्रहको ।
    आजकल झिमरुकका केही न्युजहरु आईरहेको देख्छु-“झिमरुकमा भयो लफडा! झिमरुकमा खैलाबैला! झिमरुकमा खिचलो!”यस्तै यस्तै।

    तिनिहरुले मनलाग्दी समाचार लेखेका हुन्छन् । तथ्यमा गएर होइन,सत्य पत्ता लगाएर होइन । खाली प्रतिसोधको लागि, बेईजत र बदनाम गर्नको लागि । अहिले गुमनाम हुने डरले केही मान्छेहरुले झिमरुकमा प्रोपोगन्डाहरु गरिरहेका हुन्छन् तिनै कुराहरुलाई लिएर केही साथीहरूले न्युज लेख्छन्। नकारात्मक एङल मिलाई मिलाई । बखेडा गरेको कस्ले छ? खैलावैला किन गरेको हो,किचलो कस्ले किन निकालेको हो तिनिहरु पुराका पूरा वेखवर छन् । बस् उनिहरुले आफ्नो ड्युटी पूरा गरे । किनकी उनिहरुले जागिर त्यसैको लागि खाएका हुन्छन् । नत्र उहीँ प्रकारको अर्को गाउपालिकाको न्युज नै आउदैन,आइहाले बेग्लै एङलवाट आउँछ । जस्तै आजै मात्रै एरावती गाउँपालिकाको एउटा न्युज आएको छ,सबैको बाल हेरिरहेको छु त्यहाँ कसैले खैलाबैला,लफडा र खिचलो देखेको छैन । नदेख्नु राम्रो हो । तर कुण्ठा र पुर्वाग्रह पाल्नु रोग हो ।
    झिमरुकमा अहिले कयौं सकारात्मक कामहरु भएका छन् । जुन अरु स्थानीय तहमा भएका छैनन् । ती विषयहरु खोज्न कुनै पनि पत्रकार झिमरुक आएको देख्दिन । न ती विषय समाचार नै बनेका छन् । जे विषय विपक्षीहरुले उचालिरहेका छन् ती खाली `के निहुँ पाउँ कनिका बुकाउँ´ मात्र हुन् । निहुँ खोजेका कुरा पनि न्युज हुन्छन् र ? हिजो मात्रै संसद दुर्गा पौडेलको अध्यक्षतामा जिल्लामा एउटा वैठक बस्यो । उहाँकै पहलमा जिल्लाका करिव १८ सय खरका छाना भएका घरहरुमा जस्ता लाग्ने भए । यो एउटा महत्त्वपूर्ण काम होइन र? अहिले सम्म खरले छाएको घरमा बस्ने मानिसको आर्थिक स्थिति कति कमजोर होला? त्यस्ता १८ सय परिवारले जस्ता पाउदैछन् । त्यो निर्णय पछि त्यसबारेको न्युज संसदको निजि सचिवालय, हाम्रा फेसवुक र धेरै साथीहरूबाट सेयर भयो । तर जिल्लाका धेरै पत्रकार साथीहरूले त्यो समाचार प्रकाशन गरेनन् । प्रकाशन गरेकाहरुले एति सम्म गरे कि दुर्गा पौडेलको नाम कहिकतै उल्लेख नै गरेनन् । ल ठिक छ यो दुर्गा पौडेलले घरवाट लिएर दिएको होइन । नेपाल सरकार र केपिकै बाउको सम्पती भयो रे तर कोर्डिनेशन गरेको, काठमाडौमा पटक पटक आफ्नो लेटरप्याड लिएर धाएको, अनि प्युठान आएर आफ्नै अध्यक्षतामा बैठक राखेको त हो नि होइन र? अनि के दुर्गा पौडेलको नाम लिएको भए आकाश खस्थ्यो ? यो भन्दा हद दर्जाको पित पत्रकारिता अरु के नै हुन सक्ला र?

    तिनै साथीहरूले दुर्गा पौडेलले केही गरिन भनेर प्रचार गर्दै हिड्छन। फेसबुक रङ्गउछन् । तर संसद कोषको रकमले कहाँ कहाँ के के काम भयो त्यो खोज्दैनन्,ती कुराहरु प्रकाशन गर्दैनन् । हुनत हामीलाई मिडियामा जातिविती आउनु पनि छैन । पत्रकारले लेखेनन् भनेर चिन्ता लागेको पनि होइन। दलका झोला बोकेर अलिकती भाग लिएर लेख्ने भन्दा पनि हामी प्रती सदासायता राख्ने हाम्रा शुभचिन्तकहरुले हाम्रो कामको जहिल्यै प्रचार गरेका छन, प्रसारण गरेकाछन् । जनताले आफै गरेको प्रचार र प्रसारण त्यस्ता भाडावाल भन्दा धेरै ठूलो हुदो रै छ। जुन भैइरहेको पनि छ । तर पनि यहि समाज र जिल्लावासी भएको हैसियतले राज्यका चौथो अंग भनिएकाहरुको यो कालो कलरप्रतिको गुनासो हो ।

    शनिबार, भदौ २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • २.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • ३.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत

    • ४.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ५.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    • ६.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता

    भर्खरै

    • १.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

    • २.
      निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

    • ३.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

    • ४.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

    • ५.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    • ६.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • ७.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ८.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation