• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ५. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

रेसुङ्गा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको शिलन्यास


  •   बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा निर्माधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका कामहरु भइरहेका छन् । निकै सुस्त गतिमा काम भइरहेको विमानस्थलका टर्मिनल भवन, कन्ट्रोल टावरको शिलन्यास भएको छ ।
    रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रुपमा भवन र टावरको शिलन्यास गरेका हुन् । टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्यन प्राधिकण एरोड्रो इन्जिनीयरिङ्ग विभाग मार्फत बोकोई श्रेष्ठ कन्सट्रक्सन जे.भीले निर्माण सम्झौता गरेको छ ।विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर चार करोड ५२ लाख नौ हजार छ सय १० रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको श्रेष्ठ कन्सट्रक्सनका व्यावस्थापक हरि कुमार श्रेष्ठले जानकारी दिए । ०७६ चैत ४ गते सम्झौता भएको भवन र टावरको काम ०७८ असोज ३ गते सम्पन्न गर्नुपर्ने छ ।
    अहिलेभन्दा कोभिडको संक्रमण नबढेमा अन्तिम मिति अगाडीनै काम सम्पन्न गर्ने श्रेष्ठले जानकारी दिए । टर्मिनल भवन र कन्ट्रोल टावरको शिलन्यास गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । भुसाल र शर्माले अहिले पनि कोभिडको कारण निर्माणको काम र ढुवानीमा कुनै अवरोध नहुने बताए । विमानस्थलका अन्तिम चरणका कामहरुमध्ये धावन मार्ग, टर्मिनल भवन, कन्ट्रोल टावर र तारजाली हो ।त्यो मध्ये धावन मार्ग निर्माणको काम गत बर्षनै संचालन भएको थियो । ०७६ साउनमा धावन मार्गको काम रौताहा हरि हरि जे.भीले सात करोड २५ लाखमा सम्झौता गरेको छ । तर धावन मार्ग निर्माणको कामले सोचे अनुसारको गति लिएको छैन् । सम्झौता अनुसार ०७७ कार्तिकसम्म धावन मार्ग कालो पत्रेको काम पुरा गर्नुपर्ने भएपनि ३० देखि ३५ प्रतिशत काम मात्रै भएको बिमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारले जानकारी दिए ।
    केहि मात्रामा कोभिडको असर देखिए पनि निर्माण कम्पनीले कामनै नियमित नगरेको उनको भनाई छ । त्यस्तै बिमानस्थल तारजालीको काम पनि ०७६ पुसमा मौषम हरिष निर्माण सेवाले ९१ लाखमा निर्माण सम्झौता गरेको छ ।काम नियमित भए करिव तीन महिनामा तारजालीको काम सम्पन्न हुने बिमानस्थल सहायक आयोजना प्रमुख परियारले बताए । रेसुङ्गा विमानस्थल निर्माणको काम ०६३ सालमा तत्कालिन पर्यटन मन्त्री प्रदिप कुमार ज्ञवालीले गरेका थिए ।
    शिलन्यासपछि थुप्रै बर्ष कुनै काम भएन् । औपचारिक रुपमा ०७२ सालबाट बिमानस्थल निर्माणको काम नियमित रुपमा भएको छ ।
    बिमानस्थल शिलन्यास गर्दा पर्यटकन मन्त्री भएका ज्ञवाली अहिले परराष्ट्र मन्त्री छन् । धुले परिक्षण उडान भएका पनि दुई बर्ष बढि भए । ०७५ साल जेठ २७ गते धुले उडान गरिएको हो । अहिले नियमित उडानको संरचना निर्माणको काम भइरहेको छ ।
    पछिल्लो समय ज्ञवालीले बिमानस्थल निर्माणलाई बिशेष चासो दिएकाले आगामी बर्षसम्म सवै काम सम्पन्न गर्ने लक्ष्यम लिइएको छ । बिमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारका अनुसार अहिलेसम्म जग्गा अधिकरण, कटिङ्ग, फिलिङ्ग, टेवा पर्खाल र बाह्य ढल निर्माणको काम गरेर बिमानस्थल निर्माणको काममा २१ करोड खर्च भएको छ ।
    ५ सय २० मिटर लम्बाइ भएको धावनमार्ग २० मिटर चौडा रहेको छ । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका ४६ घरपरिवारलाई अन्यत्रै सारी सकिएको छ ।
    विमानस्थलको ७८ रोपनी १० आना भन्दा क्षेत्रफल रहेको छ । कुल क्षेत्रफल मध्ये करिब ५६ रोपनी सार्वजनिक जग्गा छ ।

    Advertisement

    बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ७.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ८.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...