• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

कविता : सपना, जनता र भोलि ।


  •   शुक्रबार, भदौ १२, २०७७ मा प्रकाशित
  • ~ नदी भट्टराई
    इलाम

    Advertisement

    जीवनको उपल्लो उमेरलाई
    रङ्गीन बनाउन
    जीवनको चौतर्फी साम्यवादलाई नै अखिल सम्झेर
    सुनौलो र लामो जीजिविषा पाल्दै
    सपनाहरूको भुक्भुके उज्यालोमा
    भोलि खोज्ने व्यक्तिहरूमध्ये
    एक विश्वविख्यात व्यक्ति सायद !
    कार्ल हेनरिच मार्क्स पनि पटक्कै थिएनन्
    थिए त केवल
    राजनैतिक साम्यवाद
    दार्शनिक द्वन्दात्मक भौतिकवादका प्रणेता।
    यसैलाई आफ्नो नित्य गायत्री सम्झे
    र विश्वभरि वर्चश्व कायम गरे
    जर्मनीको जनता र माटोको पूजा गरे
    जननी जन्मभूमि ……को अर्थ सार्थक पारे।
    जञ्जीरले बाँधेका जनताका सपना र भोलिलाई विश्वसामु चिनाए ।
    तर आज उही शैलीका सपनाहरू
    उही आस्थाका मान्छेहरू
    उही आशाका किरणहरू
    खै ! किन हो ,
    लेनिन र कम्युनिज्मका अनुयायीहरू बन्न सकेनन्
    निष्ठा र विश्वास जित्न सकेनन्
    चुनाव र जनताको अगाडि सेवकको परिचय दिन सकेनन्
    विलास र मोह त्याग्न सकेनन्
    सिद्धान्त र व्यावहारको फरक छुट्याउन सकेनन्

    साझा अधिकारको प्रत्याभूति दिलाउँने
    समाजवाद र साम्यवादहरूमा म
    परिवर्तनको संभावना नै नभएको र
    यथास्थितिवादी पुनर्जन्म भएको देख्छु
    सम्झन्छु –
    सहोदर भएर पनि साहित्यको लीलालेखन र विनिर्माणवाद हिँडे झैँ
    हिँडिरहन्छ
    हेर्दा उस्तै तर
    उद्देश्य विल्कुल फरक हुन्
    एजेण्डा फरक हुन्
    आवाज र आस्था फरक हुन्
    माटोको माया र साँस्कृतिक चेतना फरक हुन्
    ठीक यसैवेला
    रोग , भोक र शोकको कथा
    शीर्ष नेता र मन्त्रीको बोल्ने विषय
    र पत्रकारको शीर्ष समाचार बनिरहेका छन्
    र भनिरहन्छन् —
    “देश छिट्टै सम्बृद्धितिर जाँदैछ …..।”
    सपना जनता र भोलि भएर ।
    आफैँ
    गोड्छु र हेर्छु – न पदार्थ न प्रतिकृया !
    राज्य वा देश हुनलाई चारवटा तत्वमध्ये
    सार्वभौमसत्ता हराएको धेरै भयो
    न एकता न सङ्घीयता !
    न आविष्टकार न मौलिकता !
    सपनाहरू जनताका भविश्य हुन्
    त्यसैलाई भोलि भनिन्छ जो कहिल्यै आएन
    जीवनको रङ्ग बदलिएर आउनुपर्थ्यो ,
    सपनाहरू अनुभूति गर्न सक्ने र सुध्रिएर
    आउनुपर्थ्यो
    तर आएन —
    गास ,वास र कपासको सामान्य अस्तित्व बोकेर
    सुरक्षा र प्रविधिको ग्यारेण्टी बोकेर
    इच्छा र चाहनाको प्रगति सिउरेर
    भौतिक संरचनाको मूल बाटो भएर
    कम्तिमा कृषिमा आत्मनिर्भरले दुई छाक अघाएर
    करीब तीन करोड सपनाहरूको भोलि
    भोलि भएर कहिल्यै आएन ।
    झुप्राको चुल्हो बालिदिने शर्तमा
    रोजीरोटी जुटाइदिन शर्तमा
    बसुधैवकुटुम्बकमको मर्म र भावनालाई तिलाञ्जली दिएर
    जातीय विखण्डनको भ्रुण र बेर्ना हुर्काएर
    सुखसयलका लड्डु बाँड्नेहरू नै
    राज्यका भण्डारमा कसरी साम्यवाद र समाजवादको
    कथित पुराणहरूमा व्यासाचार्य हुन सक्लान् ?
    ती निःकलङ्क सपना , जनता र भोलिको चेतना भएर ।
    अहँ !
    म सधैँ सम्झिरहन्छु-
    उही सपना , जनता र भोलिको उज्यालो कल्पेर
    चुनाव र मताधिकार ,
    कृषि तथा व्यावसाय र राजश्व ,
    मानवअधिकार र चौतर्फी माग,
    कर्तब्य र जीवन रक्षा ,
    विश्वास र हत्याहिँसा,
    नारी अस्मिता , स्वतन्त्रता र बलत्कार,
    राज्य सञ्चालनार्थ आर्थिक नियमितता र घुसखोरी
    अनि राज्यका नीतिमा आचारसहिँताहरू !
    यस्तै
    मानवीय आस्थाका धरोहरहरू
    रजश्वाला भएका दिनदेखि
    पूजारीहरु दिउँसै परलोक जान थालेका छन्
    बाबुले छोरीलाई छोरी र मामाले भाञ्जाभाञ्जी भन्न नसक्ने भएका छन्
    पूर्वीय दर्शनले स्थान नपाउँने भएका छन्
    युवाशक्तिको पसिनाले न्याय नपाउँने भएका छन्
    शहीदको सपना दन्त्यकथा भएका छन्
    तर देश भनेको भूगोल र सिमाना मात्रै होइन ,
    त्यही भूगोलको जनताले टेकेको यादृच्छिक टेकाइमा
    बसेको स्वतन्त्र पाइलाहरूको निर्भीक बचाइ पनि हुन्
    सारा सपना , जनता र सम्पूर्ण भोलि ।

    शुक्रबार, भदौ १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • २.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ३.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ४.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ७.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ८.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation