हिन्दुत्वको गहनतालाई मेरो कलमले न्याय गर्न सक्दैन थाह छ मलाई। मलाई हिन्दुत्वको परिभाषा पनि थाहा छैन। म हिन्दुत्वलाई परिभाषित गर्न सक्दिन र गर्दिन पनि । यो काम देश बिदेशका ठुला ठुला बेद ब्याखयान्ता,धर्म गुरु,आचार्य लगायत हिन्दु र हिन्दुत्वमा अध्ययन अनुसन्धान गर्ने दिग्गज ब्यक्तित्वले नै गर्दा राम्रो हुन्छ। न मलाई संस्कृत ज्ञान नै छ,न पूर्वीय दर्शन ज्ञान।
पश्चिमा पहिरनमा सहजिएको,नेपाली लवजमा कुरा गर्दा अङ्ग्रेजी मिसिएको थाहा न पाउने,कुनै पश्चिमा देशको भिषा पाउने चाहाना राख्ने,सानैबाट अङ्ग्रेजी माध्यममा पढाइएको हिन्दु हु । पश्चिमाहरु त जंगली,सभ्यता न भएका, अबिकसित मुलुकका मानिस सोच्छ्न। हामी पनि सहर्ष स्विकार्दै आफुलाई अबिकसित, असभ्य र जंगली नै मान्छौ र पश्चिमाको पुच्छर समाती बिकासको बैतर्नी तर्न खोज्दै छौ। यति भन्दै गर्दा धेरै यो आलेख पढिरहनु भएका प्रगतिशिल र अग्रगामी सोचले भरिपुर्ण पाठकज्युहरुलाई लाग्दो होला २१ औ सताप्दीमा विश्व एक गाउँ जस्तो भैसक्यो,
ग्लोबलाइजेसनका गफ गर्ने बेला यस्तो कुरा किन ?
भन्ने लागिरहेको होला। कतिलाई यस्तो पनि लाग्दो हो, यस्तो भावनात्मक गफले केही हुदैन, हाम्रो धरातलिय यथार्थ बुझ्नुपर्छ भन्ने नि सोच्नु भएको होला। हिन्दु कुनै धर्म होइन, हाम्रो धर्म सनातन छ,यसको कुनै नाम छैन। हिन्दु त हामीलाई पश्चिमाहरुले दिएको नाम हो। हाम्रो ठाउमा कहिले धर्म सङ्गठित भएन,उत्तरमा हिमालय देखि द्क्षिणमा समुन्द्र तटसम्म भुभागमा एकै किसिमको नियम कानुन सहितको धर्म पाईदैन।
किनकि हिन्दु धर्म होइन,जीवन पद्धति हो।
हिन्दु धर्म ग्रन्थले कहिले पनि जीवन र समाजको पद्धति सन्चालन मार्गलाई प्रस्तुत गर्यो। एकै काल खण्डमा यसको बिकास भएको पाइदैन, बिभिन्न कालखण्डमा भएका घटना र पात्रका गतिबिधिलाई अक्षर प्रदान गरि जीवन्त राख्ने प्रयास पुराण र काब्यहरुले गरेको पाइन्छ।हिन्दु धर्मलाई सङ्गठानिक गर्ने प्रयास पछिल्लो समय आदि शंकराचार्यले गरेको इतिहासिक तथ्य पाइन्छ। पछिल्लो हजारौ बर्षमा सबैभन्दा बढी उत्पिडन र आक्रमणमा परेको धर्म हिन्दु धर्म हो भनेर भन्दा गलत हुन्छ भन्ने लाग्दैन मलाई। अनेक बैदेशिक हस्तक्षेपलाई काल कालान्तरमा सहदै र सामना गर्दै आजको अवस्थामा आईपुग्दा आक्रमणका शैली र तरिका पनि समय अनुरुप परिवर्तन हुँदै गए। पछिल्लो समय हिन्दु धर्म र संस्कृति जोगाएर जिवन्त राख्न नेपाल सफल भएको थियो,अंग्रेज़लाई आफ्नो समिना भित्र दाखिल हुन न दिने वीर गोर्खाली नेपालीले आफ्नो मुलुक जोगाएका थिए। मुलुक जोगाउनु भनेको के हो,भुभाग मात्र हो र ? मुलुक भनेको त्यस मुलुकमा बस्ने रैथानेहरुको भाषा,कला, भेषभुषा,दर्शन,जीवन पद्धति,धर्म संस्कृति लागायतका मौलिकताहरुको पहिचानलाई अनादीकाल सम्म जिवन्त राख्नु हो।
समयसंगै आक्रमणका पद्धति पनि परिवर्तन भए,हिजो भौतिक उपस्थितिमा युद्ध हराएर, मन्दिर भत्काएर र बल जबर्जस्ति धर्म परिवर्तन गर्न बाध्य पारेर आक्रमण हुने गर्थ्यो भने आजकल त्यस्तो हुदैन।आजकल कुटनैतिक र रणनीतिक तवरबाट हमला हुने गर्छ। कुनै पनि देशलाई आफ्नो अधिन गर्नु छ भने तीन कुरालाई सिद्द्याउनु पर्छ, धर्म, मौलिक संस्कृति अनि भाषा। आज हामी त्यस्तै आक्रमणमा परिरहेका छौ।हाम्रो धर्म माथी ठूलो आक्रमण छ, देशमा प्रत्येक सेकेन्ड कुनै नेपालीलाई धन दौलत अथव पाप पुण्यको भ्रममा पारी देश ब्यापी धर्म परिवर्तन भैरहेको छ। हाम्रा शैक्षिक पाठ्यक्रमबाट हिन्दु धर्मका सम्बन्धित पाठहरु हटदै जानू, संस्कृत भाषाको शिक्षा सिकाईलाई बल,शक्ति र सत्ता प्रयोग गरि अन्त्य गरि अङ्ग्रेजी माध्यमलाई प्रोत्साहित गरिनु, देशमा धार्मिक द्वन्द बढाउन सन्त, महन्त, पुजारीलाई निसाना बनाई गोलि हानि हत्या गरिनु,हिन्दु मठमन्दिरमा गैर हिन्दुले बिष्टा गरिदिनु लगायतका बिकृतीले समाजमा सद्भाव खलबलाउने प्रयास भैरहेका छन। बिश्वब्यापी एक मात्र हिन्दु राष्ट्रको पहिचान बोकेको मुलुकलाई कुनै जनमत बिना एकाएक धर्म निरुपेक्ष राष्ट्र घोषणा हुनु अनि गाई हत्या र सार्वजनिक रुपमा गाईको मासु सामुहिक भोज गरि हिन्दु भावनालाई ठेस पुराउन खोज्नु पनि धर्म माथिको आक्रमण नै हो। यति मात्र होइन नेपाली मौलिक हिन्दुपनमा भारतिय झल्को बढ्नु पनि अझ खतरनाक छ, नेपालमा पछिल्लो समय हाम्रा चाडपर्व, रितिथितीमा नेपाली मौलिकता भन्दा पनि भारतिय झल्को बढिरहेको छ। यसबाट सचेत भै नेपाली मौलिक हिन्दुपन जोगाउनु पनि हामी नेपाली हिन्दुको कर्तब्य हो। मौलिक संस्कृति हाम्रा धरोहर र गहना हुन।हामीले हाम्रो मौलिकतालाई कायम राख्नका लागि पनि आफ्नो धर्म संस्कृति अनुरुप आफ्नो जीवन पद्धति निर्धारण गर्दछौ र मौलिकता हामी बिच र हामी पछि नि जिबित रहन्छ। हाम्रा बाउबाजेले पलना गर्दै आएका रितिथिती हामीले निरन्तरता दिदै हामी पछिका भाबी पुस्तालाइ पुस्तान्तरण गर्नु हाम्रो कर्तब्य हो। तर सानैबाट पश्चिमी शिक्षा अनि हाम्रो उत्ताउलो अनुसरणले गर्दा हाम्रा मौलिक परम्परा संस्कृति लोप हुने खतरामा आएको छ। कर्तब्यको बिरासत स्वरुप आफ्नो मौलिक संस्कृति जोगाउने, समय सापेक्ष पुनर्जागरण गर्ने र भाबि पुस्तालाई पुस्तान्तरण गर्नु हाम्रो असल कर्तव्य हो। भाषाको त कुरा के गर्नु र?
अत्यन्त चेपुवामा पर्दैछ भाषा हाम्रो।
आजको केटाकेटीलाई सिसाकलम भनेको के हो भन्दा बुझ्दैनन। पश्चिमी भाषालाई अनिबार्य सिकाईको मध्यम बनाईनु नै हाम्रो मौलिकतालाई खल्बलाउनु हो।एक पटक बोल्दा नेपाली भन्दा धेरै बिदेशी भाषाका शब्द बोल्ने हामी नेपालमा बसेर हेर्दै गरेको टेलिभिजनले देखाउने नेपालको डकुमेन्ट्रीलाई हिन्दी अथवा अङ्ग्रेजी अनुबादमा सुनिरहेका हुन्छौ। त्यहाभन्दा बिडम्बना केही छ? हाम्रा बाबू नानिहरु नेपाली बोल्न न जान्दै हिन्दी बोल्न थाल्छ,नेपाली भुमी मा नेपाली बोल्दा शिक्षकबाट सजाए र समाजबाट अङ्ग्रेजी नजान्दा मजाक र हासोको पात्र बन्नु पर्ने अवस्थाले हाम्रो बैद्धिकताको पारो मापन गर्दछ। भाषा सम्पुर्ण ज्ञान होइन,माध्यम हो र आफ्नो मौलिकता माथी जब सम्म गर्व गर्न सकिन्न।तब सम्म हामी सधै तेस्रो बिश्वको तेस्रो दर्जाका नागरिक रहछौ।
पहिलो बन्नु छ भने आफुबाट सुरु गर्नु पर्यो, अरुको दुरुस्त नक्कल गर्दा आफ्नो मौलिकता नि गुम्छ, अनि अर्को जस्तो सक्कल हुन नि सकिन्न।
हिन्दुत्व हाम्रो पहिचान मात्र होइन, जीवन पद्धति हो,सनातन हो, यस्को सनातन अस्तित्व जोगाउनु हाम्रो परम कर्तव्य । नेपाली हिन्दुत्वलाई परिभाषित गर्दा नेपाल भुमीमा रहेका मौलिक जात जातीका मौलिक रितिथिती परम्परा,संस्कृतिको संरक्षण सहितको सामुहिक एकतामा आधारित भातृत्व,सद्भाव अनि मुलुकको राष्ट्रिय एकता सङ्गै धार्मिक,संस्कृति, भाषिक एकता र मौलिकताको सामुहिक संरक्षण बुझिन्छ। नेपाली हिन्दुत्व नेपाली राष्ट्रियताको बलियो खम्बा हो। पश्चिमा लागयातका।शक्तिले यो बुझेकाले हाम्रो नेपाली हिन्दुत्वको पहिचान माथी योजनाबद्द रुपमा लामो समय देखि आक्रमण पार्दैछन।जति हामी धार्मिक, भाषिक, संस्कृतिक रुपमा बिचलित भै पश्चिमीकरणलाई प्रवर्द्धन गर्द्छौ उति हाम्रो राष्ट्रियता कमजोर हुँदै जान्छ र देशमा बिदेशी शक्तीको उपस्तिथि बलियो हुन जान्छ। त्यसैले हामि बिच सामुहिक एकता कायम गरि हाम्रो मौलिकताको प्रवर्द्धन र बिकास गर्नु आवश्यक छ। पश्चिमाको अनुकरण र अनुसरण भन्दा मौलिकतामा आधारित बिकासको परिकल्पना गरेमा देश बिकसित सङै आर्थिक, संस्कृतिक र रक्षाका दृष्टिकोणबाट पनि बलियो हुनिथियो।