• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु


  •   बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
  • प्युठान। प्युठान जिल्ला अस्पताल, मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ । सेवा सुरु भएसँगै अब उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।
    अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. शुबास पौडेलका अनुसार सेवा प्रारम्भिक रूपमा परीक्षण चरणमा सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य मन्त्रालयअन्तर्गत नर्सिङ विभागको अनुगमनपछि मात्र सेवा निःशुल्क रूपमा नियमित गरिने तयारी छ । “बिरामीले अब नजिकैबाटै सहज सेवा पाउनेछन्, बाहिर जानुपर्ने खर्चसमेत घट्नेछ,” उहाँले भन्नुभयो।
    प्युठान नगरपालिका–२ का ५२ वर्षीय पहलमान बिष्टको उपचार गर्दै सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । बिष्ट विगत चार वर्षदेखि बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा डायलोसिस गराउँदै आउनुभएको थियो ।
    अस्पतालमा हाल ८ वटा डायलोसिस मेसिन जडान गरिएका छन् । एक आपतकालीनसहित ६ बेडबाट दुई सिफ्टमा सेवा सञ्चालन गरिनेछ । एक बिरामीलाई सातामा २ देखि ३ पटकसम्म डायलोसिस आवश्यक पर्ने भएकाले हालको क्षमताले सातामा करिब ५ जनालाई मात्र सेवा दिन सकिने डा. पौडेलले बताए । एक बेड र दुई मेसिन ब्याकअपका रूपमा राखिएको छ ।
    अहिलेसम्म ८६ जना बिरामीले सेवा लिन नाम दर्ता गराइसकेको अस्पतालले जनाएको छ ।
    सेवा सञ्चालनका लागि कन्सल्टेन्ट फिजिसियनको नेतृत्वमा तालिमप्राप्त मेडिकल अफिसर र नर्सिङ टोली परिचालन गरिएको छ।
    डायलोसिस सेवा सञ्चालनमा ल्याउन लायन्स क्लब अफ प्यूठानको मुख्य लगानी रहेको छ । करिब १ करोड ७६ लाख रुपियाँ लागतको परियोजनामा ७५ प्रतिशत लगानी क्लबले व्यहोरेको छ भने बाँकी २५ प्रतिशत जिल्लाका ९ वटै स्थानीय तहले सहयोग गरेका छन् । प्युठान उद्योग वाणिज्य संघ तथा विभिन्न गैरसरकारी संस्थाले समेत सहयोग गरेका छन् ।
    यसैबीच सेवा विस्तारका लागि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले ३ वटा मेसिनसहित आवश्यक सामग्री उपलब्ध गराएको अस्पताल स्रोतले जनाएको छ ।

    Advertisement

    बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...