कामना डेली, प्यूठान । प्युठान प्रहरीले २१ किलो अबैध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
शुक्रबार सरुमारानी – ३ का ६२ बर्षीया तोम बहादुर सामतलाई २१ किलो ८६० ग्राम गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो। पौडेलका अनुसार विशेष सुचनाको आधारमा सामतलाई घरबाटै पक्राउ गरिएको हो। आफ्नै घरमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा सहित सामतलाई नियन्त्रणमा लिएको पौडेलले बताउनुभयो ।
यस सम्बन्धमा आवास्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Advertisement