• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

लोकप्रिय समाचार

  • १. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • २. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ३. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ४. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ५. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ६. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ७. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ८. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ९. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • १०. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

डाक्टरको ‘बा’


  •   शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
  • तिनचार महिनाको एकान्तबासको पट्ट्यारिदा दिनहरुले मनमा स्थिर बनाइदिएको उत्कण्ठाहरुलाइ फेरि चलायमान बनाउने हेतुले सोमबार बिहानै पशुपतिनाथको दर्शन गर्ने मनसायले घरबाट निक्लन्छु। घर के भन्नू डेराबाट । पातलो हुस्सु र सिरसिर जुम्रे पानीले घामलाइ त छोपेकै थ्यो, त्यसमाथी बाटोको हिलो लिएर मोटरसाइकल र गाडि मिलेर होलि खेलिरहे झै लाग्थ्यो। १५ मिनेटको पैदलयात्रा गरेर बागेश्वरी आइपुग्छु,लकडाउनको प्रभाब ज्यादै न्यून भयकाले सडकमा ट्राफिक साबिकझै लाग्छन।

    Advertisement

    बाटो काट्दै गर्दा हिलोको कारण फड्कनु पर्ने अबस्था आउछ,हुत्तियर फड्कदा चिप्लेर म एकजना वृद्दसंग ठोक्किन पुग्छु,”बा माफ पाउ” भन्छु बुढा आँखा तरेर च्याठिन्छन ।

    पछुताउदै म चिया पसल तिर लाग्छु। म बसिसक्दा अघिका बा पनि भित्र पसिसके,मेरो ठिक दस हात अगाडिको कुर्सिमा आयर बसे। म आफ्नै सुरमा चिया पिउन थाले। चिया सकिनै लाग्दा मेरो मानसपटलमा बाको अनुहार घुम्छ,मेरा आँखा उन्को अनुहारमा टक्क अडिन्छन। बाको च्याठिलो प्रतिक्रियाले एकैछिनअघिसम्म बितृष्णा जागेको थ्यो। तर यसपटक त्यस्तो लागेन। हेर्दा हेर्दै मलाइ ‘बा’ को अनुहार चिरपरिचित लाग्न थाल्यो। मैले यो अनुहार कतै त देखेको हुनुपर्छ। के यो अनुहार मेरो जिबनबाट गुज्रेको हो ? देखे देखे चिने चिने जस्तो लाग्ने। टिभिमा देख्या हो कि ? कतै त पक्का देखेको हो। मेरो बिस्मृतिमा गयर बसेको अनुहार हो यो। सम्झिने लाख कोसिस गरे तर सकिन।
    मन भित्रको कौतुहलतालाइ त निमेष पार्नै पर्यो। एककदम अगाडि बढेर “बा नमस्कार” भने बाको अघिको आबेग शान्त भैसकेकी थ्यो।सायद बुढाले अघि मेरो अनुहार पढ्न भ्याएनन।” नमस्ते बाबू,चिन्न सकियन नि।” आँखा तन्कायर मेरो अनुहार पढ्दै बाले भने। “मैले पनि चिन्न सकिन बा,तर तपाइलाइ कतै देख्या छु जस्तो लाग्यो। मनले मानेन अनि एकैछिन गफ गरौ भनेर।”आफू प्रतिको मेरो उत्सुकता देखेर बा मख्ख पर्छन।”घर कहाँ हो बाबुको?” यो प्रश्नले म एकोहोरिन्छु। ” मेरो पुरानो घर रामेछाप जिल्ला बेताली गाबिस वडा न ४ हो तर २५ बर्षदेखी यतै बस्छु ..” भन्दा भन्दै बा बोल्न खोज्छन उत्सुक र खुसिको मुद्रा मा “कस्को छोरो हौ तिमी?” यो प्रश्नले म बिमुढ हुन्छु, मेरो दिमाग अतितका एकएक पानाहरु पल्टाउन थाल्छन,कतै यी बुढा मेरै गाउका त परेनन? बुढाको उत्तर नदिदै “बाको घर चाहिँ कता नि?” भनेर सोध्छु, बुढा अकमक्क परेर मलाइ एकटकले हेर्दै फिस्स हासेर भन्छन ‘बेताली-४”।

    अतितमा छुटेका अनुहारहरु एकएक केलाउदै,म तिनै दिनहरुमा गयर घुम्न थाले,जहा खुल्लाआकाश मुनि एउटा सुन्दर जीवन मुस्कुराउथ्यो।

    गाउको मेलापातमा, उकालि ओरालि गर्दा ठट्टा गर्दै हिडेका तरुना तरुनी, बाख्रा र भेडा गोठाल लाग्दै बासुरि बजायर कृष्णको नक्कल गर्दै उफ्रिरहेका केटाकेटी, घाँस स्याउला ओसार्दै आफ्ना बच्चाबच्चिको उज्वल भबिस्यको कल्पना गर्दै आशाबादी भयर हिडिरहेका बाआमा,घागरिको तिखो काडा मठुरेर तेल लगायर चिल्लो पारेको लठ्ठी टेकेर चौतारी मुनि जिबनका भोगाइ र अनुभबको समिक्षा गर्दै गफिदै गरेका बुढाहरु।
    स्मृतिमा भौतारिरहेको म त्यहि चौतारिमा गयर टक्क अडिन्छु जहाँ आधा सताब्दी भरखरभर्खर टेक्दै गरेको भयपनी बाउका उमेरका बुडाहरु बिच च्यठिलो गफ गर्दै,निधारमा चन्दनको लामो टिको,दौरासुरुवाल माथी जरिकोट,कालो भादगौले टोपी लगायर सिरुपाते जुगालाइ ताउ दिदै गाउका मुद्दा मामिला, घरझगडा देखि लियर आउदो चुनाबमा कस्को सम्भाबना कति ? भनेर अम्बरबहादुर कार्कि गफ गरिरहेका हुन्थे।
    पन्चायतताका २ कार्यकाल वडा अध्यक्ष भैसकेका अम्बरबहादुर मेरोबुवाको घनिष्ठ मित्रहरुमध्य एक हुनुन्थ्यो। बलराम,नन्दबहादुर,सारौटे र मेरो बुवा भयपछी गाउँ नै उनिहरुको पक्ष्यमा लाग्थ्यो। सारा गाउको अदालत अम्बरबहादुरको आगन थियो।जहा मेरो बुवा र अम्बरबहादुरको इजलासमा न्याय सम्पादन हुन्थ्यो। यस्तो प्रगाढ र घनिष्ठ मित्रताको किस्सा ४ गाउँ फैलियको थियो, मिल्ती होस त “डम्बरे र अम्बरेको जस्तो।” मित्रताको उदाहरण दिदा प्रायजसो यिनै शब्दको प्रयोग हुन्थ्यो। बलराम र सारौटे सङ्ग पनि उत्तिकै घनिष्ठता थियो तर दुई दुई जना ‘ डम्बर र अम्बर’, ‘सारौ र बले’। म भरखरै ८ औ बसन्त टेक्दै थिएं अम्बरकाकाको पनि एउटा छोरा म पनि एक्लो सन्तान थिएं तर उ म भन्दा २ बर्ष दाइ थियो।जसरी बाउ बाउको मित्रता थियो त्यसै गरि मेरि आमा र रुपमती काकीको(अम्बरकाकाकी जहान) पनि।
    मेरा आँखा टिलपिल देखेर बुढालाइ माया लागेछ क्यार।

    म मेरो परिचय खुलाउ कि नखुलाउ भन्नी दोसाधमा थिए। मसिनो स्वरमा बुढाले फेरि सोधे “को हौ तिमी?”

    बुढाको प्रश्नलाइ फेरि लतार्न मेरो नैतिकताले दिएन। पच्चिस बर्ष अघिको अतीत मेरो अगाढी प्रश्नबाचक चिन्ह लियर मलाइ सोधिरहेको थियो। बुढाको एकोहोरो अनुरोधका अगाढी मेरा सङ्कल्पका पर्खालहरु हल्लिन्छन तर भत्किहाल्या छैनन। इतिहासको कालखण्डमा जमेर बसेको पोखरिको बाध मनले भत्काइदिन्छ। जस्काकारण बाढी गलासम्म आउँछ तर चियापसलको माहोल भट्टिको जस्तो नहोस भनेर छेउमै रहेको जग उठायर कलकल पानी खान्छु। अनि बगली बाट रुमाल झिकेर आँखा सफा गर्छु। बुढाले पत्ता पाउदैनन। मेरो लामो मौनताले बुढा अचम्मित भय। गोलो मोटो पावरवाला चस्मा नाकको डाडिमा ल्यायर मलाइ नियाल्न थाल्छन तर मेरो अनुहार मावली पट्टि गयकाले मलाइ चिन्न सक्दैनन। “म बाथरुम गयर आउछु है बा” किङ्कर्तब्यबिमुढ भाबमा बालाइनै थाहा नभै उन्को मुन्टो हल्लिन्छ। म बाथरुम गयर मुख धुन्छु। एकैछिन ऐनामा आफुलाइ नियाल्छु। आफ्नो अस्तित्वलाई बिगत र बर्तमानको तराजुमा राखेर जोख्छु,मलाइ बिगतनै भारी लाग्छ। गाउघरमा उखान छ ‘सुखबाढे दोब्बर,दुख बाढे आधा’ यहि उखानको सार्थकतालाइ ब्यबहारिकतामा उतार्ने सङ्कल्पका साथ म बाहिर आउछु। फेरि दुइकप चिया अर्डर गरेर बा भको ठाउमा आउछु तर त्यहा बा छैनन म तिर्मिराय।
    जिन्दगीमा पहिलो पल्ट आफ्नो जरै देखिको भोगाइहरु पोख्न खोज्दै थिय तर अचानक बा गायब भय। कतै म सपनामा त छैन? हैन हैन,अघिको टेबलमा दुइवटै गिलास छन,चियाको पैसा दिदापनि पसलेले नसोधी २ ओटै चियाको कटायो यो बिपनै हो। तर बा कहाँ गय त?
    मेरो मनले 120 को स्पिडमा कुदिरहेको गाडिमा अचानक एमर्जेन्सी ब्रेक लाग्या जस्तो अनुभुत गर्छ। घायल मन लियर पशुपति पनि जान मन लाग्दैन। म घर तिरै फर्किन्छु।

    खाटा बसिसकेको घाउ उप्कियपछी म मुर्छित भएं।

    मेरो दैनिकी बदलियो। म दिनदिनै पशुपतिको वरिपरि भौतारिन थाले। दिनको दुई पटक त्यही चियापसलमा जान्थे। तर बालाइ भेटियन अब देखि न यता न आउने सङ्कल्पका साथ म निरास भयर गोरखनाथको मन्दिर ठिक अगाडि पट्टि हिडिराख्या हुन्छु। पछाडिबाट हेर्दा बा जस्तै देखियपनी,हारेको मनस्थिति बोकेर हिडेको मलाई बोलाइहाल्ने आट आउदैन। सरासर हिड्छु। “ए बाबु” म झसङ्ग हुन्छु बा नै पो रहेछन। मेरो मुख खुसी ले चम्किन्छ” बा..कता हराउनु भको यत्रो दिन?” त्यसदिन किन बिचमै छाडेर हिड्या भन्न चाहि मलाइ उचित लाग्दैन। “तिम्रा कुरा सुन्दासुन्दै म लाई कतै तिम्ले बेकुप त पारिरा छैनौ जस्तो लाग्छ,उत्तिकै त जिन्दगी बाटै ठगियको मान्छे” यत्ती भन्दाभन्दै बा भाबुक हुन्छन। म कहाँ बस्ने भनेर ठाउ खोजिरा हुन्छु। “तल गौरिघाटको चिया पसलमा गयर गफ गरौ न है बा” बा ले हुन्छ को मुन्टो हल्लाउछन तर अघिको आफ्नै कुराले बा बोल्न सकिरा छैनन।
    चिया पसलमा भित्र छिर्दै गर्दा ढोकैमा डा.अरुण कार्किलाइ भेट्छु। डा. अरुण सङ्ग मेरो राम्रै चिनजान थियो। मिजासिला स्वभाबका डा.अरुण यतै कतै क्लिनिक चलाउथे अहिले कुनै ठुलो प्राइभेट हस्पिटलका डाक्टर भयका छन। भेट नभयको धेरै भको थ्यो बधाइ दिन्छु। मुस्कुरायर उ बाहिर निस्किन्छन। म गफमा अलमलिदै गर्दा बा गयर बसिसक्या रैछन। चिया आयो । चिया पिउदै बाले अस्तिको मेरो अधुरो परिचय पूरा गर्न भन्छन। मलाई किन्चित महसुस हुन्छ तै पनी अप्ठ्यारो मानी मानी भन्छु “म तपाइको साथि डम्बर बहादुरको छोरा”बा को मुखाराबृतिमा अचानक भयङ्कर बद्लाब आयको म देख्छु बाको अनुहार पहेलो हुन्छ।

    “उहीँ डम्बरेको छोरा?” “हो बा” आस्चर्यचकित मुद्रामा मलाई एकैछिन नियालेर हेर्छन। “कहाँ गयका थियौ यत्रा बर्ष ?

    मेरो घाटिमै आवाज किक्लिक्क भए,आवाज शून्य भय म बोल्नै सकिन। बाले फेरि उहीँ कुरा सोधे। सम्हालिन कोसिस गर्दै भन्न थाले” जब तपाईं र बा ४/५ दिनका लागि भनेर मन्थली जानू भो,त्यही दिन बेलुका बलराम काका हाम्रो घरमा आय,खाना खुवायर आमाले मलाइ सुताउनु भयो,निधारमा म्वाइ खादै बाहिर गएर आउछु भनेर झोलामा कपडा र गहना पोको पारेर बलराम अङ्कललाइ बोक्न दिनु भो। म अबोध बालकलाइ के थाहा। भोलिपल्ट बिहान एकैचोटी ब्युँझिए आमा आमा भनेर बिहान भरी गाउँ भरी खोजे भेटिन।कुनै कामले कतै जानुभको होला भनेर कुरेर बसे। १२ बजे सम्म पनि न आएपछी।

    म फेरि खोज्न निक्लिए दिनभरि आमा खोज्दा खोज्दै मेरो गलाको आवाज र आखाको आँसु रितिन्छ।

    बेलुका घर आय ढोका बन्दै थियो। आमा कतै थिइनन। बा पनि घरमा नहुदा मलाइ एकदम डर लाग्यो। रातभरी ननिदाइ बिहान भयो। ८ बर्षको बालकलाइ के थाहा। आमा नभयको घर बिरानो लाग्छ। म बेतोडले भाग्छु घर छोडेर। बाको च्याट्टै माया मारेछु।”
    अम्बर बा धुरुधुरु रुदै भन्न थाले “तिम्रो बाले तिम्लाइ धेरै खोजे २/३ महिनै खोजे कतै भेटेनन । तिम्रा आमा पनि पोइला गको पक्का भयपछि बा लोलाय। तिम्लाइ पनि कतै नभेटेपछि डम्बरे पखेटा भाचियको परेवा जस्तो भयो घायल। सामाजिक गतिविधिमा पनि निस्कृय भयो।कतै जादैन थ्यो घरमा मात्रै बस्थ्यो। हिड सङ्गै बसौ दाजुभाइ भनेर मैले लाख बिन्ती गर्दा मानेन। खादै नखाइ सुकेर लठ्ठी भैसकेको थ्यो। ६ महिना बित्दानबित्दै चिन्तालै डुबेर मर्‍यो।”

    यति भन्दाभन्दै अम्बर बाको गला अबरुद्ध भयो, म पनि भाबबिहोल भए।

    एकै छिनको मौनतालाइ चिर्दै। म सोध्छु ” अनि बा अहिले यतै हो र हजुरको बसाइ? गाउँ छोड्नु भो?” बा भन्न थाल्छन”डम्बरे मरेपछी मलाई गाउँ मा एकरती मन लाग्दैन। गाउको सिरुखुरी बेचेर मन्थलि आयर एउटा सानोतिनो घर किनेर बस्छु। छोरोको पढाइ राम्रै थ्यो। स्कुलमा सधै प्रथम हुन्थ्यो।

    चौतारी तिर गफगाफ गर्नी बेला मेरो इज्जतै भिन्नै हुन्थ्यो। छोराले जिल्ला टप गर्यो। मलाइ मन्थलीमै राखेर पढाउन मन लागेन। काठमाडौमा डेरा लियर उस्लाइ यतै राख्दिय। बेला बेला मा चिठी पठाइरहन्थ्यो। खर्चलियर म भेट्न आउथे कहिलेकाही। गाउमा दुखै थियो। तैपनी जसोतसो गरेर उस्लाइ राम्रै कलेज भर्ना गरेको थिय। एकदिन दिउस करिब १ बजेतिर हुलाकिले चिठी ल्यायो पल्टायर हेर्दा छोराले कक्षा १२ मा पनि राम्रै अङ्क ल्यायर उतिर्ण भयछ।खुसी ले मेरो भुइमा खुट्टा थियन। उस्लाइ डाक्टर बन्ने मन रैछ। खर्चले नपुग्ने भयपछी किनारको खेत बेच्दिय अलिअली ऋण पनि गरेर उस्लाइ पढ्न ईन्डिया पठाय। केही बर्ष पछि छोरो डाक्टर बनेर फर्कियो। गाउँ भरी अब मलाइ डाक्टर बा भनेर चिन्न्न थाले। उ यतै काठमाडौ मै आयर काम गर्न थाल्यो केही समयपछि घर र गाडी पनि किन्यो। घरमा नोकरचाकर थिय। सुरुसुरुमा जिन्दगी सुखसयलमै बितेको अनुभुत हुन्थ्यो। तर बिस्तारै छोराको ब्यस्तताको कारण हामिलाइ समय दिन पायन। उस्लाइ प्राय कमै भेट्न पाइन्थ्यो। घरको सारा खर्च त उसैले धानेको थियो। तर पनि छोराले मत्लब नगरेपछि जिन्दगीमा उदेकलाग्दो तनाबले पाइला राख्यो। घरगाडी,नोकरचाकर,बैंकमा पैसा सबै थियो। मैले कल्पनामा पनि सोच्न नसक्ने सम्पती थियो। बाहिरि मान्छेले हेर्दा लोभ लाग्ने जिन्दगी थियो। तर जब छोराले मत्लब गर्न छाड्यो याही बाट खुसी खोसिन थाले। एकातिर बेहिसाब सम्पती थियो भने अर्को तिर खुसी हरु नपत्याउदो गरि खोसिदै थिएं।
    संसारमा एउटा बिश्वास छ सम्पती नै सुख र समृद्दिको प्रतीक हो। तर होइन रहेछ। यो केबल मिथ्या भ्रम रहेछ। सम्पती र सुख सधै एकैसाथ नबस्ने रैछन।

    सुखको साइनो त आत्मासङ्ग हुदो रैछ,सम्पती सङ्ग हैन।

    त्यसैले अहिले घर छोडेर यतै बृद्दा आश्रम तिर आयर बसेको छु। दिनभरी गफ गर्ने साथी हुन्छन। मलाइ यहाँ आत्मिक सुख मिल्छ। अघि तिमिले ढोकामा भेट्या डा.अरुण हैन?” मेरा आँखा गरौ भैसकेका हुन्छन।”हो” अनि बा मुस्कुराउदै भन्छन “त्यो मेरै छोरो हो।” यति भनेर बा उठ्छन म पनि उठ्छु।म चियाको पैसा तिरेर फर्किदै गर्दा बा हिडिसकेका हुन्छन। एकैछिन पछ्याउछु।पछाडी फर्किदैनफर्कि हिडेका बा देखेर। मेरो मुखबाट आवाज निस्कन्छ “जिन्दगी “। ६ बजिसकेको हुन्छ। म डेरा तिर फर्किन्छु।

    शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार
    ‘डल्ले सराय’ विमोचन, विजयराज आचार्य सम्मानित
    गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए
    प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

    लोकप्रिय

    • १.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ४.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ५.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ६.
      गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा

    भर्खरै

    • १.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

    • २.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    • ३.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ४.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

    • ५.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • ६.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ७.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ८.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation