• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • ९. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

बागलुङमा धान रोपाइँको रमाईलो


  •   मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । पहिले पहिले हराभरा हुने  खेतबारी आजकल बाँझो जमीनमा परिणत हुँदै गएका छन् । कृषि तर्फ मानिसको आकर्षण कम हुँदै जानु र मानिसहरूको वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढ्दै गएकोले कृषि उत्पादनमा निकै कमी आउन थालेको छ । हाम्रा धान फल्ने सुन्दर फाँटहरुमा पछिल्लो समय धमाधम घरहरु निर्माण भइरहेका छन् । कृषि सम्बन्धी सरकारका धेरै कार्यक्रम त प्रत्येक बजेटमा समेटिन्छन् तर त्यी सबै व्यवहारमा कार्यान्वयन भने हुन सकेका छैनन ।

    Advertisement

    आजकल गाउँघरका खेत बारी बाँझै देखिन्छन् । खेती किसानी गर्न छाडेपछि त्यी जमीनमा घाँस र रूखहरूले भरिएका छन् । हामी वर्षेनी छिमेकी मुलुक भारत बाट खाद्यान्न भित्राउन बाध्य छौं । चामल, गहुँ, देखि मकै लगायतका थुप्रै खाद्यान्नका सामग्री ट्रकका ट्रक आउने गरेका छन् । कृषि प्रधान देश नेपालमा कृषि केवल सस्तो लोकप्रियता र नाराका लागि सीमित हुँदै जान थालेको छ । कृषकले उत्पादन गरेका सामग्री र खाद्यान्नको न उचित मुल्य छ न उचित बजार जसको कारण कृषि प्रति मानिसको आकर्षण दिनहुँ घट्दो क्रममा छ । कृषिमा लगानीको वातावरण नहुँदा युवाहरु विदेशिने क्रम बढ्दो छ । गत वर्षको पौष महिनामा विश्व व्यापी माहामारीको रूपमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढ्दो छ । अहिले शहर बजार भन्दा गाउँमा सुरक्षित महसुस गर्दै मानिसहरू गाउँमा छन् । उनीहरूले वर्षौं देखि बाझा जमीन र खेतबारीमा अहिले खेतीपाती गर्न थालेका छन् । जसले गर्दा खेतबारीमा कृषिले प्राथमिकता पाउन थालेको छ । सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अरबौं बजेट विनियोजन गर्दै आएको छ । अनुदान पनि उत्तिकै दिन थालेको छ तर कृषि क्षेत्रमा निकै कम संख्यामा मानिसहरू आवद्व छन् ।कृषि प्रदान देश नेपालमा धान रोपाइँ विशेष मानिन्छ । वर्षको १ दिन असार १५ गतेलाई प्रतेक वर्ष हामी राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएका छौं । १७ औं राष्ट्रिय धान दिवस गलकोटमा पनि सामूहिक धान रोपाई गरेर मनाइएको छ । गलकोट नगरपालिका वडा नं ८ काँडेबासको आयोजनामा धान दिवस तथा असार १५ मनाइएको हो । कृषि उत्पादनलाई प्रोत्साहन गर्दै पर निर्भरतालाई कम गर्न र बाँझो जमीनको सदुपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्न यो कार्यक्रम आयोजना गरिएको गलकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम प्रसाद कँडेलले जानकारी दिनुभयो । उहाँले भन्नु भयो उत्पादनलाई जोड नदिने हो भने भाषण र गफले मात्रै देश समृद्ध हुँदैन । कृषि प्रधान देश नेपालमा कृषिको प्रचुर सम्भावना छ हामीले कृषि मार्फत आम्दानीको स्रोत बढाउनु पर्छ । काडेबास स्वास्थ्य चौकीको केही वर्ष देखि बाँझो रहेको जमीनमा धान रोपाई गरिएको वडा अध्यक्ष कँडेलले बताउनु भयो । हामीले कृषकलाई कृषिमा आकर्षित गर्दै प्रोत्सान गर्न यो कार्यक्रम आयोजना गरेका हौं अध्यक्ष कँडेलको भनाई छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीय कृषि विकास समिति, ग्रामिण महिला आत्मनिर्भर समाज र बसन्त ऋतु आमा समुहको समन्वयमा उक्त धान रोपाइँ गरिएको हो । कार्यक्रममा कृषकहरुलाई टिमुर र कागतीका विरुवा वितरण समेत गरिएको थियो । काँडेबासमा कृषि सेवा केन्द्रले एक घर परिवारले कम्तीमा ५ टिमुरको बोट लगाउनै पर्ने व्यवस्था गरेको छ । सो कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, नगर उपप्रमुख रेणुका काउचा मगर, प्रवक्ता एवं वडा नं २ का वडा अध्यक्ष हिमबहादुर भण्डारीको विशेष उपस्थिति रहेको थियो । त्यस्तै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले कृषि क्षेत्रमा कृषकहरुको आकर्षण गर्न गलकोट नगरपालिका सदैव क्रियाशील रहेको बताउनु भयो । कृषिले नै मानव जीवन जिउने हुँदा विश्वमा सबै भन्दा महान व्यक्ति कृषक नै भएको उहाँको भनाइ छ । गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले हामीले वर्षको एक दिन मात्र कृषिका कुरा नगरेर किसानलाई यसतर्फ आकर्षित गर्न आवश्यक उपकरण, बीउ बिजन सहयोग सँग सँगै कृषिमा आधुनिकीकरण गर्नु पर्ने धारणा राख्नु भयो । १७ औं राष्ट्रिय धान दिवसको अवसरमा गलकोट नगरपालिकाले सबैमा शुभकामना समेत व्यक्त गरेको छ ।

    धान रोपाइँमा स्थानीय हल गोरु सहितका हली, बाउसे, खेतालीहरुको उल्लेख्य सहभागिता रहेको थियो । गलकोट नगरपालिका विगत केही वर्ष यता राष्ट्रिय धान दिवस मनाईदै आइएको छ । धान रोपाइँमा खेतालीहरु, बाउसेहरुले निकै रोमाञ्चक पूर्वक एक अर्कामा हिलो छ्यापा छ्याप गरेका थिए ।

    मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...