प्यूठान । प्यूठानमा छुट्टाछुट्टै स्थानमा मंगलवार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सरुमारानी र स्वर्गद्धारीमा आज दिउँसो दुई जना महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
Advertisement
प्रहरीका अनुसार जिल्लाको सरुमारानी गाउँपालिका वडा नंवर ३ स्थित धनमौरे सामुदायिक बनमा माण्डवी गाउँपालिका– ३ की ७८ बर्षीया बृद्ध महिला फुलमती योगी मृत भेटिएकी हुन। माडीखोला किनारमा ढुंगाको आडमा भेटिएकि उनि यहि असार ८ गतेदेखि सम्पर्कबिहीन भएको समेत प्रहरीले बताएको हो।
त्यस्तै स्वर्गद्धारी नगरपालिका वडा नंवर– ३ जुडढुंगामा पनि एक महिलाको शब बेवारिसे अबस्थामा भेटिएको छ। माडीखोलाको बगरमा परिचय नखुलेकी अन्दाजी ४९÷५० बर्षीया महिलाको शव फेला परेको हो । उनीहरुको मृत्युको कारण भने खुल्न सकेको छैन।