• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

लोकप्रिय समाचार

  • १. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • २. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ३. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ४. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ५. ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर एजेन्ट पक्राउ

  • ६. अस्पताल बने, सेवा सुरु भएन

  • ७. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ८. ओलीद्वारा मदन–आश्रित स्मरण: “मदन मेरो नेता, साथी र सहयोद्धा सबै हुनुहुन्थ्यो”

  • ९. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • १०. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

बिकास निर्माणमा जनसहभागिताको महत्व


  •   आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
  • सबैले बिकास भएन,भ्रष्टाचार भयो भन्छन । त्यतिमात्रै होइन, गाउँ र बस्तीसम्म योजना आउदैन नै भन्छन । नेताले बजेटमा त उहिल्यै सिंगापुर बनाए भन्छन । आदि इत्यादी बस्ती बस्तीमा र संजालमा सुन्न र देख्न पाइन्छ । हरेक बजेट भाषणपछी यी आवाज बढी सुनिने गरिन्छ ।

    Advertisement

    हामी सबै बिकास चाहियो भन्ने तर आफ्नो तर्फबाट खेल्नुपर्ने भुमिका र योगदान प्रती भने उदासिन हुने प्रबृती छ ।

    नेपालमा धेरै अघिबाट नै विकास निर्माणमा जनश्रमदानको अभ्यास रहेको पाइन्छ । हाम्रा बाबु बाजेले निर्माण गरेका मठमन्दिर, पाटीपौवाहरू पनि जनश्रमदान र सहभागिताबाटै बनाइएको हो ।विकासमा जनसहभागिता हुनु अनिवार्य विषय हो । समाजमा हुने हरेक विकास निर्माणका काममा जनताको अपनत्व सिर्जना गर्न र विकास हाम्रा लागि हो भन्ने अनुभूति दिलाउन योजना छनोटदेखि कार्यान्वयन तथा योजना सम्पन्न भइसकेपछि योजनाको मर्मतसम्भारमा समेत जनसहभागिता हुनु अति आवश्यक हुन्छ । जनसहभागिताले कार्यक्रमको गुणस्तरीयता अभिवृद्धि गर्नुका साथै स्थानीय जनशक्ति स्रोतसाधनको परिचालन गरी विकासलाई दिगो र परिणाममुखी बनाउनका लागि अहम् भूमिका निर्वाह गर्दछ । साथै नागरिक र राज्यबीच पारस्परिक दायित्वको समेत बोध गराउँछ । विकासमा अधिकारमुखी अवधारणासँगै जनसहभागितामूलक दिगो विकासको अवधारणाको थप विकास भएको पाइन्छ ।

    खास भन्ने हो भने बिकास भनेको गाउँ गाउँमा बन्ने बाटो,नाली,सिचाइको प्रबन्ध,बिधालयको स्तरउन्नती,सामुहिक कृषि,नयाँ ब्यबसायको शुरुवात, स्वास्थ्य चौकीको निर्माण,खेलमैदानको निर्माण र सिपमुलक तालिम पनि त होलानी ।

    कि रेल,पानीजहाज,सुरुङ्गमार्ग निर्माण मात्रै त होइन होला ?

    युरोप घुमेर आएपनी नेपाली प्रवृत्ति नछोड्ने भनेजस्तै कुरा आर्दशका तर ब्यबहारमा आफ्नो एउटा रुख काटिदा,थोरै आंगन भत्किदा,एक हात तल माथी हुँदा रुने तर अर्काको घर र सार्वजनिक जग्गा सखापै हुँदा पनि चुइक आबाज ननिकाल्ने बानी हाम्रो नेपाली संस्कार बनेको छ ।सबैले बिकास निर्माण हुँदा हुने क्षति र अबसर बाडेर लिनुपर्छ र बिकास निर्माणका कार्यलाइ निर्बाध सम्पन्न गर्न सकारात्मक रुपमा लागौ भन्ने सोच अत्यन्त कम भएको पाइन्छ । यहि सोचले नै स सानादेखी ठुला ठुला बिकास निर्माण समयमा सम्पन्न नहुने मात्रै होइन,बर्षौ अलपत्र हुने स्थिती रहेको छ । बास्तवमा हामी बिकासमैत्री नभएकै कारण योजना कार्यान्वयनमा जानू अघि समस्याको पहाड मात्रै उभिने गरेको छ ।
    जबसम्म बिकासमैत्री सोच र ब्यबहारको सहि अभ्यास हुदैन तवसम्म राज्यको स्रोतसाधनको उच्चतम प्रयोग हुनसक्दैन । बढी लाभदायी योजनाको छनौट,कार्यान्वयन र उपयोग सबै चरणमा उपभोक्ताको रुपमा रहेका जनताको सहभागीता अनिबार्य हुन्छ। अबरोध हटाउन,सन्तुलन कायम गर्न,बढी लाभ सुरक्षित गर्न र निर्माणलाइ दिगो बनाउन जनताको सक्रिय सहभागिताले महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।

    जसको अभावमा ठेकेदार,प्राबिधिक र मुन्द्रे र चुल्ठे मोटाउने तर उपभोक्ताले असुबिधा भोग्ने र राज्यले बर्षेनी ठूलो धनराशि मर्मतमा गुमाउनुपरेको हुन्छ ।

    अर्कोतर्फ हामी उपभोक्ताले क्षणिक फाइदाको निम्ति अनावश्यक माग राखेर अबरोध खडा गरिरहेका हुन्छौ ।जस्तो खानेपानी हामीलाई खांचो हो तर ट्यांकी निर्माणमा जग्गा दिदैनौ,पाइपलाइन खन्न दिदैनौ,समयमा महशुल तिर्दैनौ र मर्मतको निम्ति तयार हुदैनौ । जसका कारण खानेपानी योजना अपुरो हुन्छ अनि भन्छौ फलानो नेताले खानेपानी ल्याइदिन्छु भनेर चुनाव जित्यो ।ल्याइदिएन । त्यस्तै पोल गाडेर बत्ति लिएन भन्छौ ।तर समस्याको कारक आफू भएको कहिले मनन गर्दैनौ ।

    नेताले त योजना मात्रै ल्याइदिने होलानी ? कि कोदोलो पनि खनिदिनुपर्ने र बिजुलीको पोल पनि बोकिदिनुपर्ने हो ? कि हामिले भात पनि नेताले नै खुवाइदिने कल्पना त गरिरहेका छैनौ ?

    समग्रमा हामी नेपाली जनता बिकासमैत्री छैनौ ।तसर्थ सबैभन्दा पहिले स्थानीय तहदेखी केन्द्रसम्मका योजनाको सफलीभुत कार्यान्वयनको निम्ति सक्रिय जनसहभागिता हुनुपर्ने देखिन्छ ।समस्या पहिचानदेखी बिबाद समाधानसम्म र बिकल्पको खोजिदेखी योजनाको गुणस्तरीयता वृद्धिसम्म उपभोक्ता जनताको रेखदेख र लगानी समेत भएमा सरकारलाई उत्तरदायी बनाउदै हरेक बिकासका कामलाइ निर्धारित समयमा सम्पन्न गर्न सघाउ पुर्याउन सकिन्छ । धेरै ठाउँमा हामी उपभोक्ता त्यति चनाखो हुदैनौ । उदाहरणको लागि आफ्नै घर अघि नाली बन्दैछ ।बर्षौदेखी नाली नहुदां समस्या परिरहेको थियो ।तर जब नाली बन्ने योजना आउँछ,तब रुख काटिने चिन्ता हुन्छ,एक हात जग्गा मिचिनेमा तनाव हुन्छ ।अगाडि दुइदिन माटो थुप्रीएमा चीत्कार गर्छौ ।यद्यपि कसरी गुणस्तरीयता कायम गर्दै सम्पन्न गर्ने भन्नेमा कमैको चासो हुन्छ ।उपभोक्ता समिती र निर्माण ब्यबसायीलाइ दुख दिएर क्षणिक फाइदा लिने र योजना तुहाउनेसम्मका हर्कत गर्न भ्याएका हुन्छन ।जसले गर्दाआफ्नै खुट्टामा बन्चरो एकातिर हानिरहेका हुन्छन भने अर्कोतिर निमुखा जनता र वास्तविक योजनाको खांचो भएका उपभोक्ता जनता बत्तीमुनिको अँध्यारो भने जस्तै वरपरको झिलिमिली र सुबिधा हेरि बस्नुपर्ने स्थिती हुन जान्छ ।
    बास्तवमा सरकारमा मात्रै नभएर उपभोक्ता जनतामा बिकासमैत्री सोच नभएकै कारण नेपालमा गौरवका योजना समेत पटकपटक म्याद थपिने,लागत वृद्धि हुने,कमसल निर्माण हुने र बर्षौ अलपत्र हुने भइरहेको छ ।स्थानिय योजनाको त कुरा गरि साध्य छैन ।यस्तो किन भइरहेको छ भन्नेप्रती कसैको टाउको दुखाइ छैन ।बिकास भनेको रातारात हुने र आकाशबाट फुत्त झर्ने बिषय होइन ।सबैलाइ थाहा छ । यसको निम्ति योजना छनौटदेखि सम्पन्न गर्ने चरणसम्म स्थानिय उपभोक्ता र योजना संचालन गर्ने निकायबिच सहकार्य एंब समस्या समाधानमा दुबै पक्षको उत्तिकै गम्भीरता चाहिने हुन्छ ।तर एकातिर ठूलो पुर्वाधार वा आर्थिक बिकासका योजनामा सरोकार पक्षको सहभागिताको खांचो महशुस गरिदैन ।आफ्नो घर अगाडी संचालित योजना कुन निकायले कति लागतमा कहिलेसम्म सम्पन्न गर्ने र गुणस्तरीय नभए उजुरी ,गुनासो कहाँ गर्नेसम्म पत्तो हुदैन ।फिल्डमा खटिएको प्राबिधिकले उपभोक्ता त छोडौ स्थानिय तहसंग पनि समन्वय गर्दैन ,निर्माण ब्यबसायी त कुन दुलोमा हुन्छ अत्तोपत्तो पनि हुदैन ।

    अर्कोतिर उपभोक्ताको नाममा नक्कली उपभोक्ता बनेर आबश्यकता भन्दा पहुँचका भरमा योजना निर्माण गरिदा पनि सहयोग नहुने र बर्षौसम्म बिबादमा फस्नुपर्ने स्थिती देखिएको छ ।

    निर्माण ब्यबसायी ,प्राबिधिक र भुक्तानी कार्यालयले यस्को गलत फाइदा लिने स्थिती बन्दै आएको छ ।
    तसर्थ, अबको खांचो बस्ती स्तरका योजनादेखी राष्ट्रिय गौरवका योजनासम्म हेर्दा सबैको साझा समस्या भनेको बिकासमैत्री सोचको अभाव देखिन्छ ।बजेटमा हरेक बर्ष आउने योजना हुबहु कार्यान्वयन हुने हो मात्रै पनि धेरै छिटो बिकासशिल मात्रै होइन विकसित राष्ट्र नेपाल हुन्थ्यो होला ? बजेटमा सिंगापुर कार्यान्वयनमा झिंगापुर मानसिकता हाम्रो परम्परा बनेको छ ।यद्यपि लाज पटक्कै लाग्दैन ।
    यसर्थ बिकासका हरेक चरणमा सक्रिय जनसहभागिताको खोजी गर्न स्थानिय र प्रदेश सरकारले एउटा प्रभावकारी कार्यक्रम अगाडि ल्याउनुपर्छ ।त्यो निर्वाचन क्षेत्रका सांसद र जनप्रतिनिधिले समेत बाक्लो अनुगमन र मुल्याङ्कन गर्ने स्थिती हुनुपर्छ,जवाफदेही हुने संयन्त्र बन्नुपर्छ । यसको निम्ति सबै बर्ग,क्षेत्र र जातजातिले अपनत्व महशुस गर्ने गरि मानव बिकास सुचांकमा प्रभाव पार्ने गरि एकबर्षे बजेट खर्चिनुपर्ने देखिन्छ । पुर्वाधार र आर्थिक क्रियाकलापमा कम लगानी गरेर भएपनी शिक्षा,स्वास्थ्य,खानेपानी,भोकमरी,चेतनास्तर र अर्थपूर्ण सहभागिता बढाउने गरि मानवकेन्द्रीत बिकासमा पूरा लगानी गरिनुपर्छ। किनकी जवसम्म आर्थिक,सामाजिक,भौतिक,सास्कृतिक र राजनीतिक बिकास कसका लागि र कसरी सम्पन्न हुन्छ भन्ने बुझ्न र बुझाउन सकिदैन ।

    अथवा जति ढिलाइ गर्छौ ,त्यति माकुरोको जालोमा फस्दै हरियाली पहाड उजाडिने र तराइ मरुभूमि बन्ने डर बढ्दै जान्छ ।

    अत बिकासमैत्री सोचसंगै दीर्घकालीन बिकास थालनी गर्न आजैबाट सक्रिय जनसहभागिता बढाउने तर्फ सरोकार पक्षको ध्यान जानैपर्छ ।नभए हरेक बिकास निर्माण बालुवामा पानी खन्याए सरह उपलब्धि बिहिन हुने निश्चित छ ।

    – सबिन बस्नेत, गुल्मी ।

    आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    लोकप्रिय

    • १.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • २.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • ३.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ४.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय

    • ५.
      ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर

    • ६.
      अस्पताल बने, सेवा सुरु भएन

    भर्खरै

    • १.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • २.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ३.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    • ४.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    • ५.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

    • ७.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

    • ८.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation