देशमा युद्ध चलिरहेको थियो, सरकारले संकटकाल लगाइरहेको थियो। त्यसैले पनि जताततै कर्फु,कतिबेला कहाँ के हुने हो कुनै पत्तो हुन्थेन। त्रास नै त्रास थियो सवै तिर। त्यही अन्यौलका बिच २०५७/५८ सालतिर म विशेष कामको लागी बिदा मिलाएर घर आएको थिए। म नेपाल प्रहरीको जागिरे थिएँ। त्यसैले भनेकै मितीमा कार्यालय हाजीर हुनुपर्थ्यो। बिदा भुक्तानी पश्चात् कार्यक्षेत्र हाजिर हुन जाँदै थिए। भर्खर बालाजु बसपार्क पुगेको थिए ।बसपार्कमा पश्चिम,पश्चिम भन्दै कराउँदै थिए। बसको स्टाफहरु सायद यात्रु बटुल्दै थिए। सानो भाइले बस छुट्न लागेको संकेत गरिरहेको थियो। त्यो मेरो गन्तव्यको लागि छुट्दै थियो। काठमाडौ देखि दाङसम्म बस जाँदै थियो । त्यसैले चासो हुने नै भयो।हतारीदै सोधे, ‘भाइ बस छुट्न लागेको हो?”हो दाइ, बसौं बसौँ’ उसले आदेश शैलीमा भन्यो। ‘अनि भाइ यो A को पाच नम्बर सिट मलाई देखाउ त’ मैले पनि फौजी शैलीमा भने,दाइ तपाई भाग्यमानी हुनुहुँदो रहेछ,मैले सोध्य किन तपाईंको यात्रा रमाइलो हुनेभयो तपाईंको सिट साथी केटी छ।
मनमनै भने यो समाजमा म माथि जन्मजातै विभेद छ, म कसरी भाग्यमानी ? बरु मलाई घृणाको पात्र हुन्छु कि भन्ने डर भयो। म यो समाजमा मानव भएर बाच्न हिडेको सिपाही। हेल्लो म्याडम हजुर उता झ्याल तिर बस्ने कि यता सिट रोज्ने अफर सहित हाम्रो कुराको सम्बाद सुरु भयो। उनी झ्याल तिर बसीन।
काठमाडौको जाम, धुलो धुवा, उकुसमुकुस, मलाई थानकोट पार गर्दै गर्दा बेग्लै आनन्दको महसुस भैरहेको थियो । त्यही बेला मधुरो स्वरमा दाई तपाई कहाँ सम्म भन्ने आवाज कानमा ठोकियो ! मैले छोटो मिठो उत्तर दिए ‘दाङसम्म मात्र’ अनि अौपचारीक कुराकानीको शुरुआत भयो।
सबै कुरा भन्दा असुरक्षित महसुस हुन्थ्यो। मैले सोधे ‘अनि तपाई।’उनले बुझिछिन क्यारे दाङको लमही सम्म भनिन्। मलाई उनी प्रति अलि बढि चासो भयो किनकि म लमहीमा कार्यरत थिए। गाडी आफ्नै रफ्तारमा बढिरहेको थियो तर हाम्रो कुराकानी त्यही गतीमा अगाडि बढ्न सकिरहेको थिएन। यत्तिकैमा खाजा खाने ठाउँ धादीङको गजुरीमा गाडीले एकैछिन ब्रेक टाईम लियो हामी आआफ्नै तरिकाले खाजा खायौं। फेरि गाडी उही गतिमा अगाडि बढ्यो। तर, हाम्रो कुराकानीको गति बढ्न सकिरहेको थिएन। मैले केही चासो देखाएर सोधे,’काठमाडौ के कामले नि?। उनले थोरै बोलिन तर मिठो ‘विशेष कामले गएको थिए।’ मैले पनि धेरै बुझ्ने प्रयास गरिन।हजुरको नाम मैले परिचय गर्न खोजे, उनले सटीक जवाफ दिइन् ‘फलाना शर्मा’। उनी ब्राह्मण कि छोरी रहेछिन् । मनमनै अप्ठ्यारो महसुस भयो। अनि हजुरको नाम उनले परिचय मागिन् मैले भनिदिए ‘देवकुमार’। यस्तो पनि नाम हुन्छ यसकुमार देवकुमार पुरा परिचय भन्नुन। मैले भने मिलाएर बुझ्नुन कस्तो मिलाएर मैले त बुझिन नि।
म दलित हुँ, मेरो नामपछिको थरले हजुरलाई अफ्ट्यारो महसुस नहोस् भर देवकुमार मात्र भनेको ‘सरी’ ल।
म त्यस्तो साँघुरो मानसिकता बोकेको मान्छे होइन।उनले म प्रति सहानुभूति राखिन।अझ एक कदम अगाडि बढेर जातीय विभेद छुवाछूतको अन्त्य वर्गसंघर्ष कुरा गरि मेरो अगाडि आफू कुनै पनि अन्याय अत्याचारको बिरोधि भएको संकेत गरिन।कुरा बुझ्दै जादा उनी जनयुद्धमा लागेका कमान्डरको बहिनी रहेछिन्। सायद जनयुद्धले जगाई दिएको चेतना थियो होला मनमनै सोचे।आफू परियो प्रहरी।आफ्नो परिचय मैले भनेको थिएन।अब हाम्रो कुराकानीको स्प्रिट बसको गति संगै कुदिरहेको थियो।मैले जिबनमा खोजेको जस्तै नारी पहिलोपटक भेटेको थिए म यो मौका गुमाउन चहादैन थिए।मैले सोधे के गर्नुहुन्छ ‘म बिद्यार्थी’ कुनै भुमिका नबाँधी भनी।अनि तपाई के गर्नुहुन्छ ‘म जागिर गर्छु’ अनि अरु बुझ्ने कुनै प्रयास गरिन उसले।
मैले आफै भने सत्य कुरा नेपाल प्रहरीको जागिर खाइयो आफ्नै खुट्टामा पनि उभियो अब एउटा असल बुहारी चाहिएको छ घरलाई।ए! असल बुहारी पो! असल श्रीमती होइन। उनको बौद्धिक तर्क देखि म झनै प्रभावित भए।
के तिमी मेरो असल श्रीमती बन्न सक्छौ?एकछिन सन्नाटा छायो।
मलाई पनि कताकता डर गल्ती महसुस भयो।यत्तिकैमा दिनको बिहानी हुदै थियो हाम्रो गन्तव्य पनि करिबकरिब नजिकै आइरहेको थियो।मसिनो लजालु स्वरमा उनले भनिन् यसको जबाफ म अवश्य दिनेछ कुनै दिन।गन्तव्य समाप्त पछि हाम्रो ठेगाना आदानप्रदान भयो।
एकदिन उनले पठाएको पत्र मेरो हातमा पर्यो। लेखिएको थियो ‘म कथित उपल्लो जातको भएपनि हाम्रो चोखो मायालाई जातीय विभेदको नाममा हत्या गरि भेरीमा बग्न दिने छैन । तिम्रो असल श्रीमती हुन म मन्जुर छु।’
खुसिले आशु थाम्न सकिन।अनि मैले पनि लेखेर पठाए,तिमी महान छौ तिम्रो आदर्श लाई कहिले डगमगाउन दिने छैन तिमीलाई मेरो साथ र सहयोग सधैं रहनेछ। हाम्रो चिठी आदानप्रदान चलि रह्यो। संकटकाल त्यो बेला सुरक्षा घेरा नाघेर जान न प्रहरीलाई सजिलो थियो नत प्रहरीको घेरा भित्र पस्न माओवादीलाई सजिलो थियो,यस्तो कार्य गर्नु भनेको दुवैका लागि आत्माघाति कदम थियो।प्रहरीलाई बेलाबखत गाउँमा गस्ती जाने बाहेक एकल दुकल गाउँ जाने अबस्था थिएन,त्यही बेलाबखत जाने गस्तीले हामी दुईको प्रेम फक्रिरहेको थियो।पछि झाँगिदै गयो।त्यो गाउँको मुख्य पेशा कृषि थियो त्यही पेशाले बेलाबखत उनलाई बजार सम्मको यात्रा गराउथ्यो र हामीलाई अझ नजीक बनाउथ्यो,मायाको अत्यासले कहिले मध्यरातमा सुरक्षा घेरा नाघेर पुग्थ्य म,उनलाई मेरो जिन्दगीको सारै चिन्ता छट्पटी डर त्रास हुदोरहेछ गाउँमा छापामारको बेलाबखत हुने आवतजावतले गर्दा।त्यही आवतजावत कृषि यात्राले हामी दुवैको माया प्रेमले आकार लिदै गयो।
दिनहरू बित्दै गए। अनन्त घर सल्लाहमा बिबाह गर्ने निधो भयो। र आफ्नोतर्फबाट घरको परिवारलाई मनाउने जिम्मा लिएर केहि दिनको लागि बिदा भए। मेरो घरमा केही पापड वेल्नु परेन ठुलो जातकि भोलि कसो के हुने हो भन्ने चिन्ता बाहेक।तर उनलाई फलामको चिउरा चपाउनु बराबर भयो हाम्रो प्रेम। एकातिर समाज अर्को तिर परिवार एक्ली आमालाई मनाउन त गार्हो भएन
तर हामी बिपरित ध्रुबमा हिडेका न सिद्दान्त, न बिचार मिल्छ न त जात । कम्युनिस्ट विचार भएकोले जातमा खासै असहमति रहेन,एउटा बन्दुकको नालबाट सत्ता कब्जामा हिडेको अर्को रोक्न हिडेका प्रहरी। बल्ल पो भाउन्न भयो ।
दाजुलाई सहमत गराउने अनेकौं प्रयास असफल भए दाजुको सर्त थियो हिजो जेसुकै होस मतलब भएन तर यदि एघार पढ्दै गरेको बहिनी बिवाहा गर्ने हो भने दुबै यो युद्धमा सामेल हुनुपर्छ म मेरो बहिनी बिबाह गरेर दिन तयार छु। ईन डाईरेक्ट म संग पनि कडा सर्त राख्नुभयो, मलाई यो सर्त उचित लागेन इन्कार गरिदिए। दाजुको यस्तो कडा सर्त अगाडि उनलाई भागी बिवाह गर्नुको विकल्प रहेन।हामी दुबैले दाजुको असहमतिका बाबजुद भाग्ने निधो गर्यौँ।सोही बमोजिम केटा पक्षबाट चलनचल्ती अनुसार भागी बिवाह भयो।श्रीमान श्रीमती नयाँ जिन्दगी नौलो ठाउँ प्रहरी अफिस नजिकै कोठाको जिन्दगी सुरुवात हुदै चल्दै दिनहरू बित्दै गयो माइतीघर पातलीदै गयो आमासंग तरकारी बिक्रीवितरणका बेलाबखत आउदा भेटघाट हुने बाहेक।
दाइको रिस कति डिग्रीमा छ थाहा छैन।तर हामीहरु आफ्नै संसारमा रमाएका थियौं नव दम्पती जिन्दगीको कहाँ सम्मको यात्रा बुनेर बसेका थियौ।
सबै साथीभाइ र हाकिमको बधाई, आहा ! जिन्दगी।
जिन्दगीको गोरेटो आफ्नै गतिले चल्दै थियोे एक्कासि खबर आयो हाम्रो नयाँ अर्को युनिट थपिने भयो युनिफाइट को आधा मान्छे पनि हामीलाई चाहियो म युनिफाइट प्रहरी थिए आर्मीसंग लमही युनिटबाट गडवा जानुपर्ने भयो अफिसर संग भने म भर्खर बिवाहा गरेको नव विवाहित र हाम्रो पेटमा हुर्कदै गरेको बच्चा छ भनेर अनुनय विनय गरे । बिन्ती बिसाए ।अह। मेरो केही जोर चलेन । मेरो समस्याको कुनै सुनुवाइ भएन। तिमी अहिले जानै पर्छ । हामी तिमिलाई छिटो फिर्ता बोलाउने छौ भन्ने आश्वासन बाहेक।नयाँ नौलो ठाउँ उनलाई लैजाने तत्काल सम्भव थिएन,सम्झाउने बुझाउने बाहेक मसंग अर्को विकल्प थिएन त्यसै गरे,
छिट्टै फर्कने बाचा सहित हामी बिदा भयौँ।
कार्यक्षेत्रमा खटिएका थियौं हामी दिनहरू चल्दै गए बित्दै गए संचार साधन भनेको चिठी एक मात्र विकल्प थियो हाम्रो।आदानप्रदान चलिरहेकै थियो हामी आफ्नै संसारमा रमाइरहेका थियौं ।एकदिन एउटा चिठी आयो जिन्दगीको मोड नै बदलदीने लेखिएको थियोे मलाई जबर्जस्ती उठाइएको हो म राजीखुशीले आएको होइन । म माओवादी कब्जामा छु । यसको कमान्ड मेरो दाजु हुनुहुन्छ ।यो कब्जावाट छुटकारा पाउन असम्भव छ। यदि हामी दुई पनि यो युद्धमा सामेल भएको बखत हाम्रो पुन मिलन सम्भव छ । तर मेरो हरबखत कोशिश जारी रहनेछ। हजुरको अंगालोमा आउनका लागि। उहीँ हजुरको प्यारी श्रीमती। मलाई कताकता डर लागेको थियो,तर यतिसम्म घटिया कायर काम गर्छ होला लागेको थिएन दाजुले। यता बेचैनीको पारो चड्दै थियो उनको दुई ज्यु चासो र चिन्ताले हर बखत सताउथ्यो।हाम्रो कमान्डर दाजुसंग चिट्ठी आदानप्रदानको क्रम चलिरह्यो।
जेठान कमान्डरले बेलाबखत लेख्नुहुथ्यो ‘यो महान युद्धमा सामेल हुनुपर्यो, त्यो सिपाहीको जागिर छाडेर आउनुस। अझै केही बिग्रेको छैन। म तपाईलाई ज्वाइ स्वीकार्न तयार छु। म बाट इन्कार छैन।’
एउटा मनले सोच्ने गर्थें जाँऊ कि ? जतापनि लड्ने नै हो क्यारे ! तर मनले मान्दै मानेन, । मेरो जवाफ हुन्थ्यो हाम्रो बिचार अलग छ बाटोहरु अलग छ कसैले कसैलाई कर कापमा पारेर वा परिवन्ध पार्नु ठिक होइन। बहिनी फिर्ता पठाइदिनुस म बहिनी र मलाई केही हुदैन लगायत हाम्रो चिठी वारम्बार चलिरह्यो।
बहिनिको दाजुलाई प्रेसर थियो मलाई श्रीमती प्राप्त गर्नु।आठ दस महिना हाम्रो बिछोड भयो ।पेटको बच्चा के भयो चिन्तै चिन्तामा पिडामा दिनहरू बित्दै गए । तर मलाई आठ दिन जस्तो पनि लागेन। छट्टपटी औधी थ्यो मनभरी,तनभरी। एकदिन अचानक म बङ्करमा सुतिरहेको बेलामै खबर आयो । हजुरको श्रीमती, (भाउजू )भेट्न आउनुभएको छ । मेरो खुसीको सिमा रहेन लिन गए गेटमा देखभेट भयो।भित्र गोल घर प्रतीक्षालयमा बस्यौं हाम्रो घटना सबैलाई पुर्व जानकारी थियो उनी अपहरण परेको सबैलाई (हाकिम)सबैलाई चासो र चिन्ता थियो। कुरा गर्दै गयौं। त्यतिबेलासम्म सबै अफिसर जम्मा भइसकेका थिए ।
मैले सोधे ‘हाम्रो पेटको बच्चा खै?’ उनले भनिन् ‘खेर गयो’।
उनले रुदै मलाई माफ गर्नु हाम्रो सन्तानलाई बचाउन सकिन सकिन र पनि म हजुरलाइ सम्झेर हजुरको माया सम्झेर जिउँदो फर्केर आएको छु भागेर आएको छु। बिन्ती छ, मलाई अपनाउनुस ।महिला छापामार नभनी दिनुहोला परिवन्दमा परे माफ पाउँ। उनले बिन्ती बिसाईन। सबैको अगाडि स्पस्टिकरण दिदै गइन्।श्रीमती मेरै भएपनि,म सिपाहीलाई धेरै बोल्ने अनुमति थिएन ।त्यहा सुरक्षाको कुरा सुराकीको र अनेकौं शंकाको कुरा जोडिएको र त्यसैलाई जोडेर हेरीयो। कतिसम्म भने कुनै दिन तिम्रो कारणले हाम्रो मान्छेको मृत्युु हुनसक्छ,लगेर मार्ने पो हो कि? तिमिलाई सुराकी गर्न पठाएका हुन कि त्यत्रो दिन माओवादीमा हिडेको मान्छे कमान्डरको बहिनी हामी तिमीलाई कसरी बिश्वास गर्ने? कसरी यहाँ राख्ने?
लगायतका थुप्रै कुरा उठे। अनेकौं तर्क कुतर्क गरेर डर त्रास धम्की देखाए। मलाई उनी माथि पुर्ण बिश्वास थियो, भरोसा थियो। माया प्रेम थियो।तर संकटकाल आर्मीका कमाडंर,साथीभाइ सबैका अगाडि श्रीमतीलाई आफ्नै मृत्युको काल बनेर आएको एउटा छापामार सुराकी दुश्मन देख्नुपर्ने बाध्यता मलाई त्योभन्दा पिडा के भयो होला नवीन दाइ उनले केही जोर नचले पछि उनले लगाएको घाटीको मंगलसुत्र निकालेर हातमा राख्दै भनिन् म हजुरको हुन सकिन माफ गर्नुहोला यो कसैका लागि काम लाग्न सक्छ भन्दै धर धर रुदै बिदाईका हात हल्लाउँदै गइन धिक्कार मैले रोक्न सकिन कठोर जर्नेलका अगाडि लाचारी भए नवीन दाई।
उब्जाएको प्रश्न :यो सत्य घटनामा आधारित भएको हुदा देवकुमारलाई सोधे तैंले यदि उनलाई माया गर्थीस भने किन रोक्न सकिनस?
तिमी भनेर उनी जोखिम मोलेर आउने मैले बारम्बार भने त कायर होस। उनको माया हिम्मत देखेर उनलाई एकपटक भेट्न हामीलाई मन छ ।तर कहाँ छिन् उनी।ब्राह्मण परिवारमा जन्मेर पनि त्यो समयमा एउटा दलितलाई सहजै स्वीकार्ने ती महान नारी।के उनी पुन जनयुद्धमा सामेल भइन् या के गरिन माइतीघरको साथ सहयोगपछि उनलाई रह्यो या रह्यन प्रश्नै प्रश्न।शुन्नमा त उनी जिउँदै छिनरे बिबाहित पनि भैसकेको र प्रहरी पनि विवाहित भएको र भिन्दा भिन्दै परिवेशमा रहेका छन् ।
लेखक : नवीन कक्षपती