• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ३. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ४. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ५. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ६. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ७. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ८. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

  • ९. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

बिदाई हुँदै गर्दा पाण्डेले भने ‘सेवामा अझै परिष्कृत रूपमा खट्ने छु’


  •   बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी ।.जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबं सूचना अधिकारी लक्ष्मण पाण्डेको बिदाई गरिएको छ ।

    Advertisement

    गुल्मीदरबार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भइ सरुवा भएका पाण्डेलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा लगायत सुरक्षा निकाय प्रमुख, कर्मचारीहरुले बिदाई गरेका हुन् । बिदाई कार्याक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे गुल्मीदरवार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएकोमा बधाई ज्ञापन गरेका थिए । उनले नयाँ जिम्मेवारी सफलतापूर्बक सम्पन्न होस भनी शुभकामना ब्यक्त गरेका थिए । प्रमुख जिल्ला अधिकारी शर्माले पाण्डे यस कार्यालयमा कार्यरत रहदा जिल्ला प्रशासन कार्यालय गुल्मीको कार्य सम्पादन स्तर उच्च बनाउन र नमूना कार्यालय निर्माण गर्न गरेको योगदानको कदर गर्दै उहाँको उज्वल भबिष्य र प्रगतिको कामना गरेका थिए । बिदाई भएका पाण्डेयले २ वर्ष ९ महिना जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृतको रूपमा काम गर्दा सहयोग गर्नुहुने माननीयज्यूहरू, जिसस प्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यूहरू (कृष्णप्रसाद ढुङ्गाना, गोपालप्रसाद अर्याल, कौशलराज तिमल्सिना, यदुनाथ पौडेल, कोशहरि निरौला, भरतकुमार शर्मा)लाई हार्दिक धन्यबाद र आभार प्रकट गरे ।उनले कार्यालयका सहकर्मी साथीहरु, जिल्लामा कृयाशिल राजनीतिक दलका पदाधिकारीज्यूहरू, जिल्लास्थित सबै कार्यालयका प्रमुखज्यूहरू तथा सम्पूर्ण कर्मचारी साथीहरु, सुरक्षा निकायका प्रमुखज्यूहरु, १२ वटै स्थानीय तहका प्रमुखरअध्यक्षज्यूहरू, प्रमुख प्रशासकीय अधिकृतज्युहरु, जिल्लामा कृयाशिल विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा कर्मचारीज्यूहरू, जिल्लाका सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, पत्रकार एवं संचारकर्मीज्यूहरु, आम गुल्मेली आमा बुवा, दाजुभाइ, दिदी बहिनीहरू एवं मेरो शुभ चाहने मेरा प्यारा शुभचिन्तकज्यूहरुलाई हार्दिक धन्यबाद दिए ।
    जिल्लामा रहदा आम नागरिकहरूको सहज सेवा उपलब्धताको लागि जनतालाई केन्द्रमा राखेर हरपल कार्यगरिरहे, जनताको सन्तुष्टी र खुसीलाई केन्द्रमा राखी पारदर्शिता, ईमान्दारीता, जवाफदेहीता, तटस्थता, सदाचारिता, निष्पक्षता लाई मूलमन्त्र मानी राष्ट्र सेवामा समर्पित भई कार्य सम्पादन गर्दा छुट्टै आनन्द महशुषको अनुभूति पाउदा आफूलाई गौरवान्वित ठानेको उल्लेख गरे ।
    जिल्ला प्रशासन कार्यालयमा रहदा विधुतिय सुशासन, गृह प्रशासन, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, कोभिड(१९ रोकथाम नियन्त्रण, समन्वय र सूचना प्रवाह, जिल्ला सुरक्षा समितिमा प्रत्यक्ष सहभागी भै तोकिएको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्न पाउँदा सुखद अनुभूति गरेको प्रशासकीय अधिकृत पाण्डे बताए । सुशासन र सेवा प्रवाहलाई अझै परिष्कृत गराउने इच्छा हुदाहुदै पनि विशेष परिस्थिति सृजना गराइएका कारण सेवामा समर्पित हुन नपाउदा दुख लागेको उल्ले गरे ।
    जिल्लाबासीको सेवामा अझै परिष्कृत रूपमा खट्नेनै बताए । आगामी दिनमा जनताको सेवा प्रवाह र सुशासनमा अझै ईमानदारपुर्वक खटिरहने प्रण गरे । पाण्डेले सरुवा भइ गुल्मीदरबार गाउँपालिकमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा रही सुशासन, सेवा प्रवाह, सार्वजनिक प्रशासन, विकास प्रशासन मार्फत राष्ट्र सेवामा समर्पित हुनको लागि हजुरहरूको सहयोगको अपेक्षा गरे ।

    बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला
    इन्धन प्रयोगबारे फैलिएको भ्रमबारे मुसिकोट नगरपालिकाको स्पष्टीकरण
    इस्मामा सीप विकास तालिम लिएका युवासँग उद्यमशीलता परामर्श कार्यशाला
    इस्मा गाउँपालिका–१ मा गोरु पालक कृषकलाई सम्मान
    दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन
    गाउँमै ‘काम र माम’ दिने नीति कहिले आउँछ?

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ३.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ४.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ५.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ६.
      ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...