पाल्पा ।काेराेनाकाे आशंका गरिएका पाल्पाको पुर्वखोला गाउँपालिका वडा १ सिलुवाका एक ४६ बर्षिय पुरुषकाे ज्यान गएको छ ।
काेराेनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि साेमबार पाल्पाको तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा भर्नाको भएका उनको उपचारका क्रममा आज दिउँसो मृत्युु भएको हो ।
उनलाई सास फेर्न कठिन भएको, सुख्खा खोकी देखिएको कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिए पनि काेराेना संक्रमण भए नभएको रिपोर्ट भने आइसकेको छैन । कोरोनाको सम्भाबित लक्ष्यण देखिएको हुदा सोमबार नै उनको स्वाव संकलन गरी परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाएको थियो ।
उनको मृत्यु पछि पुन: स्वाव संकलन गरी परीक्षणको लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
काेराेना आशंकित व्यक्तिको मृत्यु भए पछि अस्पताल शिल गरिएको छ । पाल्पामा ५ जनामा कोरोना सक्रमण पुष्टि भैसकेको छ ।