• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

दाङमा जनप्रतिनिधीको यस्तो हर्कत, मागे सार्वजनिक रुपमा माफी (भिडियो)


  •   मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
  • सन्तोषकुमार गुप्ता, भालुवाङ  । दाङको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले नियम मिचेर अवैध रुपमा ठेकेदारहरुलाई राप्ती नदीमा स्काभेर प्रयोग गर्न दिएको विषयलाई लिएर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बीच चर्काचर्की हुनुका साथै हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो ।
    सोमवार इलाका प्रहरी कार्यालय गढवाले राखेको छलफलमा गाउँपालिकाका अध्यक्ष यादवले नियमले नदिए पनि स्काभेटर मेसिन प्रयोग गर्छु भनेपछि छलफलमा उपाध्यक्ष शान्ति चौधरीले कुनै पनि हालतमा राज्यको कानुन विपरीत राप्ती तथा सहायक नदीहरुमा स्काभेटर, जेसिभि प्रयोग गर्न नदिने अडान लिएकी थिइन् । छलफलका क्रममा उपाध्यक्षले राखेको अडान र स्थानीयको माग बमोजिम राप्ती तथा सहायक नदीमा स्काभेटर जेसिभी मेसिन लगाउन नमिल्ने बैठकले निश्कर्ष निकाल्दै गाउँपालिका अध्यक्ष सहजराज यादवले बैठकमै सार्वजनिक रुपमा हात जोडेरै माफी मागेका छन् । अध्यक्ष यादवले अब राप्ती नदीमा टेन्डर गर्दा स्थानीयबासी तथा सरोकारवालाहरु संग आवश्यक छलफल तथा परामर्शबाट नियम कानुन अनुसार मात्र अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यता अध्यक्ष यादवले सार्वजनिक रुपमा हातजोडेर माफी मागेको भिडियो समेत यतिबेला सामाजिक सञ्जाल फेसबुक तथा युटुबमा भाइरल बन्नुका साथै चासोको बिषय बनेको छ ।
    बैठकले कोरोना भाइरस लकडाउनका कारण ठेकेदारहरुले उठाउन बाँकी नदीजन्य पदार्थ ठेक्का स्वीकृत भएको मापदण्ड बमोजिम गर्नुपर्ने वा बाँकी रकम फिर्ता दिनुपर्ने अथवा गाउँपालिकाको निर्णयबाट जेठ मसान्त सम्मको बाँकी १० दिन र असारको १५ दिन म्याद थपेर सामाजिक दुरी कायम गरी मजदुर र ट्याक्टरबाट संकलन गर्न छलफलमा सहभागीहरुले सुझाव दिएका थिए । विकल्प संम्भव नभए आगामी आर्थिक वर्षको ठेक्का टेण्डरमा ठेकेदारहरुलाई ठेक्का अह्वान गर्न वातावरण मिलाउने पनि सुझाव दिएका छन् । यता यस विषयमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम कार्यान्वयन कार्यालय बुटवल रुपन्देहीका जिओलोजिस्ट इन्जीनियर प्रेमप्रसाद पौडेल संग फोन सम्पर्क गरेर बुझदा संवेदनशील चुरे क्षेत्रका राप्ती तथा सहायक नदीहरुको कुनै पनि भागमा स्काभेटर मेसिन लगाउन नपाइने नीति रहेको बताए । उनले जिल्ला समन्वय समिति, स्थानीय पालिकाहरु, डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय दाङ लगायत मुलुकभरका कार्यालयहरुलाई ऐन नियमका बारेमा स्पष्ट जानकारी हुँदाहुँदै त्यसतर्फ ध्यान नगएको बताएका थिए ।
    केहीदिन अघि गढवा गाउँपालिकाका अध्यक्ष यादवले सरकारको राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र वन वातावरण ऐनमा चुरे क्षेत्रका नदीहरुमा स्काभेटर मेसिनहरु प्रयोग गर्न नपाइने नियम विपरीत गढवा गाउँपालिका १ रङसिङ नदी र राप्ती नदीको दोभान रहेको मलमला क्षेत्र अन्र्तगत राप्ती नदी बगरमा स्काभेटर प्रयोग गरेको भन्दै स्थानीयहरुले विरोध जनाएपछि ठेकेदार पक्षका दाङ घोराही, तुलसीपुर र देउखुरीका केही लाठी सहितको जत्था जम्मा गरेर लाठी, सावेल प्रयोग गरी स्थानीय माथि हमला गर्न थालेपछि हजारौंको संख्यामा रहेका स्थानीयबासी तथा किसानहरु प्रतिकारमा उत्रिएका थिए । ठेकेदारको दादागिरी र दमनका बिरुद्ध गढवा गाउँपालिका वार्ड नम्बर १ को मलमला, कालाकाटे, टहडा, धोद्रे, तीनखण्डे, चिसापानी, जुरौनी, पत्रिङगा, बडहरा र वनघुस्री तथा राप्ती गाउँपालिकाको पुरानो भालुवाङ बजार, पुल्चोक, पाखापानी, कठाहा, खुरुरीया, बागढड्डी र बसन्तपुर गाउँका हजारौं स्थानीयबासी तथा किसानहरुले प्रतिकार गरेका थिए । प्रतिकारका क्रममा ठेकेदार पक्षका लाठी बोकेका जत्थाहरुको लाठी खोस्नुका साथै स्काभेटर समेत नियन्त्रणमा लिएका थिए । सुरक्षामा खटिएका इलाका प्रहरी कार्यालय गढवाका प्रहरीहरु भने मुखदर्शक बनेका थिए । झण्डै पश्चिम रुकुमको जस्तो घटना घट्ने स्थिति हुँदा समेत प्रहरी मुखदर्शक बन्नुले दोहोनकारीहरुको पक्ष लिएको देखिन्छ । यस बिषयलाई लिएर ईलाका प्रहरी कार्यालय गढवामा ब्यापक छलफल भएको थियो । छलफल कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, उपाध्यक्ष शान्ति चौधरी, प्रबक्ता तथा १ नम्बर वडाध्यक्ष बाबुराम अधिकारी, ६ नम्बर वडाध्यक्ष बालचन्द्र हमाल, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोर, राप्ती नदी बचाउ संरक्षण समितीका अध्यक्ष टोपबहादुर कार्की, सचिव होमप्रसाद शर्मा, कोषाध्यक्ष प्रेम जिसी, सगुन कन्ट्रक्सन रुपन्देहीका ठेकेदार विकास पुन, प्रगन्ना कुलो मुहान समितिका अध्यक्ष पुनाराम सुवेदी, वन बाताबरण संरक्षण समिति गढवाका अध्यक्ष उमाकान्त पन्त, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का पार्सद महेश रिजाल, राष्ट्रिय जनमोर्चाका रेशम बिसी, राजमो दाङका सल्लाहकार गुणनिधि शर्मा, पूर्व शिक्षक कपिलदेब खनाल, जनता मावि गढवाका पूर्व प्रधानध्यापक जगतराम यादव, राप्ती नदी बचाउ संरक्षण समितीका भिर्माजुन सुवेदी, भिमप्रकाश पुन, चिन्ताबहादुर केसी, टिकाराम योगी, गिरबहादुर जिएम, स्थानीय सञ्चारकर्मी रितु राना लगायत ६० जना बढीको सहभागिता रहेको थियो ।

    Advertisement

    मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...