• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • २. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ३. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ४. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ५. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ६. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • ७. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

  • ८. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ९. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • १०. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

दाङमा जनप्रतिनिधीको यस्तो हर्कत, मागे सार्वजनिक रुपमा माफी (भिडियो)


  •   मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
  • सन्तोषकुमार गुप्ता, भालुवाङ  । दाङको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले नियम मिचेर अवैध रुपमा ठेकेदारहरुलाई राप्ती नदीमा स्काभेर प्रयोग गर्न दिएको विषयलाई लिएर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बीच चर्काचर्की हुनुका साथै हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो ।
    सोमवार इलाका प्रहरी कार्यालय गढवाले राखेको छलफलमा गाउँपालिकाका अध्यक्ष यादवले नियमले नदिए पनि स्काभेटर मेसिन प्रयोग गर्छु भनेपछि छलफलमा उपाध्यक्ष शान्ति चौधरीले कुनै पनि हालतमा राज्यको कानुन विपरीत राप्ती तथा सहायक नदीहरुमा स्काभेटर, जेसिभि प्रयोग गर्न नदिने अडान लिएकी थिइन् । छलफलका क्रममा उपाध्यक्षले राखेको अडान र स्थानीयको माग बमोजिम राप्ती तथा सहायक नदीमा स्काभेटर जेसिभी मेसिन लगाउन नमिल्ने बैठकले निश्कर्ष निकाल्दै गाउँपालिका अध्यक्ष सहजराज यादवले बैठकमै सार्वजनिक रुपमा हात जोडेरै माफी मागेका छन् । अध्यक्ष यादवले अब राप्ती नदीमा टेन्डर गर्दा स्थानीयबासी तथा सरोकारवालाहरु संग आवश्यक छलफल तथा परामर्शबाट नियम कानुन अनुसार मात्र अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यता अध्यक्ष यादवले सार्वजनिक रुपमा हातजोडेर माफी मागेको भिडियो समेत यतिबेला सामाजिक सञ्जाल फेसबुक तथा युटुबमा भाइरल बन्नुका साथै चासोको बिषय बनेको छ ।
    बैठकले कोरोना भाइरस लकडाउनका कारण ठेकेदारहरुले उठाउन बाँकी नदीजन्य पदार्थ ठेक्का स्वीकृत भएको मापदण्ड बमोजिम गर्नुपर्ने वा बाँकी रकम फिर्ता दिनुपर्ने अथवा गाउँपालिकाको निर्णयबाट जेठ मसान्त सम्मको बाँकी १० दिन र असारको १५ दिन म्याद थपेर सामाजिक दुरी कायम गरी मजदुर र ट्याक्टरबाट संकलन गर्न छलफलमा सहभागीहरुले सुझाव दिएका थिए । विकल्प संम्भव नभए आगामी आर्थिक वर्षको ठेक्का टेण्डरमा ठेकेदारहरुलाई ठेक्का अह्वान गर्न वातावरण मिलाउने पनि सुझाव दिएका छन् । यता यस विषयमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम कार्यान्वयन कार्यालय बुटवल रुपन्देहीका जिओलोजिस्ट इन्जीनियर प्रेमप्रसाद पौडेल संग फोन सम्पर्क गरेर बुझदा संवेदनशील चुरे क्षेत्रका राप्ती तथा सहायक नदीहरुको कुनै पनि भागमा स्काभेटर मेसिन लगाउन नपाइने नीति रहेको बताए । उनले जिल्ला समन्वय समिति, स्थानीय पालिकाहरु, डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय दाङ लगायत मुलुकभरका कार्यालयहरुलाई ऐन नियमका बारेमा स्पष्ट जानकारी हुँदाहुँदै त्यसतर्फ ध्यान नगएको बताएका थिए ।
    केहीदिन अघि गढवा गाउँपालिकाका अध्यक्ष यादवले सरकारको राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र वन वातावरण ऐनमा चुरे क्षेत्रका नदीहरुमा स्काभेटर मेसिनहरु प्रयोग गर्न नपाइने नियम विपरीत गढवा गाउँपालिका १ रङसिङ नदी र राप्ती नदीको दोभान रहेको मलमला क्षेत्र अन्र्तगत राप्ती नदी बगरमा स्काभेटर प्रयोग गरेको भन्दै स्थानीयहरुले विरोध जनाएपछि ठेकेदार पक्षका दाङ घोराही, तुलसीपुर र देउखुरीका केही लाठी सहितको जत्था जम्मा गरेर लाठी, सावेल प्रयोग गरी स्थानीय माथि हमला गर्न थालेपछि हजारौंको संख्यामा रहेका स्थानीयबासी तथा किसानहरु प्रतिकारमा उत्रिएका थिए । ठेकेदारको दादागिरी र दमनका बिरुद्ध गढवा गाउँपालिका वार्ड नम्बर १ को मलमला, कालाकाटे, टहडा, धोद्रे, तीनखण्डे, चिसापानी, जुरौनी, पत्रिङगा, बडहरा र वनघुस्री तथा राप्ती गाउँपालिकाको पुरानो भालुवाङ बजार, पुल्चोक, पाखापानी, कठाहा, खुरुरीया, बागढड्डी र बसन्तपुर गाउँका हजारौं स्थानीयबासी तथा किसानहरुले प्रतिकार गरेका थिए । प्रतिकारका क्रममा ठेकेदार पक्षका लाठी बोकेका जत्थाहरुको लाठी खोस्नुका साथै स्काभेटर समेत नियन्त्रणमा लिएका थिए । सुरक्षामा खटिएका इलाका प्रहरी कार्यालय गढवाका प्रहरीहरु भने मुखदर्शक बनेका थिए । झण्डै पश्चिम रुकुमको जस्तो घटना घट्ने स्थिति हुँदा समेत प्रहरी मुखदर्शक बन्नुले दोहोनकारीहरुको पक्ष लिएको देखिन्छ । यस बिषयलाई लिएर ईलाका प्रहरी कार्यालय गढवामा ब्यापक छलफल भएको थियो । छलफल कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, उपाध्यक्ष शान्ति चौधरी, प्रबक्ता तथा १ नम्बर वडाध्यक्ष बाबुराम अधिकारी, ६ नम्बर वडाध्यक्ष बालचन्द्र हमाल, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोर, राप्ती नदी बचाउ संरक्षण समितीका अध्यक्ष टोपबहादुर कार्की, सचिव होमप्रसाद शर्मा, कोषाध्यक्ष प्रेम जिसी, सगुन कन्ट्रक्सन रुपन्देहीका ठेकेदार विकास पुन, प्रगन्ना कुलो मुहान समितिका अध्यक्ष पुनाराम सुवेदी, वन बाताबरण संरक्षण समिति गढवाका अध्यक्ष उमाकान्त पन्त, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का पार्सद महेश रिजाल, राष्ट्रिय जनमोर्चाका रेशम बिसी, राजमो दाङका सल्लाहकार गुणनिधि शर्मा, पूर्व शिक्षक कपिलदेब खनाल, जनता मावि गढवाका पूर्व प्रधानध्यापक जगतराम यादव, राप्ती नदी बचाउ संरक्षण समितीका भिर्माजुन सुवेदी, भिमप्रकाश पुन, चिन्ताबहादुर केसी, टिकाराम योगी, गिरबहादुर जिएम, स्थानीय सञ्चारकर्मी रितु राना लगायत ६० जना बढीको सहभागिता रहेको थियो ।

    Advertisement

    मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार
    शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक
    गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए
    गाउँको स्वर, मञ्चको चमक : रामप्रसाद गुरुङ
    रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक
    प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

    लोकप्रिय

    • १.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • २.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ३.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ४.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ५.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ६.
      शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको

    भर्खरै

    • १.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ४.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ५.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ६.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ७.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ८.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...