मणी भुषाल, रुपन्देही। जेठको अन्तिम शुक्रबारको त्यो निस्कपट अँध्यारो रात । सबैका प्यारा राजा बिरेन्द्र परिवारको त्यो नै अन्तिम भेला बन्न पुग्छ भनेर सायदै कसैले सोचेका थिए होलान न त स्वयं त्यो शाही खान्दानले नै सोचेको थियो होला। मेरो देशको मेरुदण्ड तीन करोड नेपालीको अभिभावक अनि आसा र भरोसाका केन्द्र पनि। यसरी अचानक बंशै बिनाश भयो। यानिकी दरबारभित्रै मारिए । भनिन्छ ‘राम्रा मान्छे भगवानको पनि प्यारा हुन्छ्न ।’ सारा नेपाल दु:खी बनाउने त्यो घट्नाको आज १९ बर्ष पुगिसकेछ। आजको दिन नेपाल मात्र हैन विश्वको ईतिहासले पनि एउटा भयावह हत्याकाण्डका लागि सदा याद राख्ने दिन हो।
एउटा पूरा बंशको नाश भएको दिन हो आज। दरबारकाण्ड हत्यापछि कयौं अस्तु बगाईसकेको बाग्मतिले नेपाली जनताको मनमा खिल बनेको रहस्यलाई अझै सम्म पनि बगाउन सकेको छैन। त्यो कालो रातले अहिले पनि हरेक नेपालीलाई झस्काईरहन्छ। तोते बोलीले लाजा भनेर बोलाएका यी मुखहरु अहिले त शुद्ध बोल्न थालेका छन। बिडम्बना देश झन अशुद्ध बन्दै गएको छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भैसके पनि तत्कालिन राजपरिवारको बंश नाश भएको ज्यष्ठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन। जब त्यो अँध्यारो कालो रातमा त्यो झकिझकाउ अनि आलिसान दरबार शुन्यतामा परिणत भएको दिन। कसरी बिर्सिन सकौं हाम्रो गास ,बास र कपास ,ती लास संगै ढलेको दिन। त्यो आर्यघाट संगै जलेको दिन। अझैपनि त्यो दरबार कहिलेकाहीँ नियाल्न जांदा भित्तामा टांसिएको तपाईंको तस्बिरले मुसुक्क हांस्दै बोलाउला झैं लाग्छ। त्यो राजगद्दिमा महाराज आसन गरि अशान्ति मच्चियको देख्दा शान्तिका शब्द बोलिदिए झैं लाग्छ। दरबार भित्रको शक्तिसंघर्षले उक्त घटना भएको आशंका गर्नेहरु पनि छन। यसमा बिदेशिको हात रहेको भन्दै शंकाहरु पनि नउठेका होईनन। तर, १९ अौं बर्ष बितिसक्दा सम्म यस्को अौपचारिक रुपमा पुष्टि हुन भने सकेको छैन। हत्याकाण्ड पछि तत्कालिन प्रधानन्यायाधिशको संयोजकत्वमा गठित उच्चस्तरिय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दिपेन्द्रलाई दोषि देखाईएको प्रतिबेदन सार्बजनिक गरेको थियो। तत्कालिन सभामुख तारानाथ रानाभाटले प्रतिबेदन सार्बजनिक गरेका थिए तर त्यसलाई आम नेपालिले विश्वास गरेका भने छैनन। त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन।
अनेक आशंका र अनुमान गरिए पनि घट्ना अहिले सम्म पनि रहस्यमय नै छ। नेपाली नागरिकले कहिल्यै नबिर्सने यो त्रासदिपुर्ण घटनापछि मुलुकको राजनितीले नै नयां मोड लिएको हो। राजा बिरेन्द्र को हत्या पश्चात् बचेखुचेका उत्तराधिकारिहरुले जनताको मनमा कुनै प्रभावशालि छाप छोड्न नसक्दा पनि उन्को अभाव यतिबेला आम नागरिकको मनमा खड्किरहेको छ।
नेपालको वर्तमान प्रमुख पार्टिहरुलाई अहिले राजा बिरेन्द्रको जरुरत परेको देखिन्छ। सबै पार्टिहरुमा विगत लामो समय देखि जड नेतृत्वले कब्जा गरेर बसेको छ। यो जड नेतृत्व संधै नेतृत्व अोगट्ने ,समस्या समाधान नगर्ने र आफ्नो मृत्युमा दह्रो मलामि खोज्ने चालबाजि मात्रै खेलेर बस्ने मात्र काम भैरहेको छ। दशथरि नौटंकि देखाउंदै दोष अरुलाई थुपार्ने र हलो अड्काउने खेल खेल्नु नै यिनिहरुको राजनिति रहेछ भन्ने कुरा आम नागरिकले बुझिसकेका छन। जनतालाई सुःख सुबिधा दिनु ,हरेक समस्याको समाधान खोज्नु ,देशको विकास गर्नु जस्ता कामहरु यिनको प्राथमिकतामा कहिल्यै परेनन र त राजा बिरेन्द्र संधै अमर रहिरहे। बिरेन्द्र आंफैमा एक माहान ब्यक्तित्व हुन। शाह राजाहरु मध्य सबैभन्दा धेरै शिक्षित ,विवेकि ,गाउँ गाउँ घुमेर जनताको दुःख देखेका ,विलासि दिनचर्यामा चासो नराख्ने सबैको आस्था र आशाको दियो थिय उनी। ईतिहास जित्नेको पक्षमा लेखिन्छ भनेझैं एकै रातमा सकिएको नियमित राजकाजको अन्त्य भएको घटना अझै ईतिहासमा हराईएको छ। सायद महाराजा थियौ तिमी।
दिनंहु हत्या,दिनंहु बलत्कार ,दिनंहु एसिड प्रहार ,दिनंहु हिंसा यो पटक्कै हुन्न थियो होला। तिम्रा अभाव र छिमेकिका दबाबले १९ बर्ष देखि देशले अन्यन्त्र कोल्टो फेर्दै छ । न हत्याको रहस्य खुल्यो न त अपराधि नै समातियो। राजा रानि केवल सम्झनामा मात्र। १९ बर्ष मात्रै होईन १९ सय बर्षौं सम्म पनि तपाईं अमर रहिरहनु हुनेछ।
जय देश जय स्वाभिमान