• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

लोकप्रिय समाचार

  • १. नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

  • २. ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

  • ३. कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

  • ४. विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

  • ६. आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

  • ७. स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी

  • ८. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

  • ९. श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

  • १०. स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

मैले देखेको गणतन्त्र


  •   बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
  • सागर पोख्रेल । २०६५ साल जेठ १५ गते, नेपालको राजनितिक बृतमा एउटा ऐतिहासिक दिनको रुपमा साबित भयो। हुन त हाम्रो देश नेपालमा बिभिन्न कालखण्डमा थुप्रै राजनीतिक परिबर्तनहरु भए। त्यसमध्येको यो पनि अर्को ऐतिहासिक दिन बनेर आयो ।

    Advertisement

    हो,दुई सय ४० बर्ष लामो राजतन्त्र फालेर नेपालमा गणतन्त्र स्थापना घोषणा गरिएको महत्वपुर्ण दिन थियो त्यो । त्यसको सम्झनामा गणतन्त्र दिवस मनाईने गरिएको छ । त्यसो त नेपालमा २००७ सालमा राजाकै सहयोगमा भएको आन्दोलनबाट प्राप्त भएको प्रजातन्त्रको संझनामा फागुन ७ मा प्रजनतन्त्र दिबस मनाइने गरिएको छ । २०६५ साल जेष्ठ १५ गतेको यो दिबस आज सामाजिक सन्जालबाट मात्र थाहा भयो। १५ गतेको संविधान सभाको पहिलो बैठकले एक शताब्दी भन्दा लामो समय राजतन्त्रको अन्त्य गरी नेपाललाई संघिय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । नेपालमा भएको पछिल्लो जनआन्दोलन २०६२/०६३ को जगमा गणतन्त्र घोषणा भएको एतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेष्ठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिबश मनाइदै आएको छ । माओबादीले शुरु गरेको १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिन सम्म भएको संयुक्त जनआन्दोलको कारण नेपालमा राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । नेपाली गणतन्त्र स्थपना भएको १२ वर्ष पूरा गरि १३ औँ वर्षमा प्रवेश गरेको छ । हामी आज गणतन्त्र स्थपना भएको १२ बर्ष पुरा हुदै गर्दा हामी नेपाली नागरिकले के परिबर्तन पाएका छौ। त्यसको पनी लेखाजोखा हुन जरुरी रहेको छ । अहिलेसम्मको हाम्रो ऐतिहासिक विडम्बना भनेकै राज्यको ढुकुटी भर्ने, राज्यलाई बलियो र समृद्ध बनाउने दिशामा कुनै ठोस दृष्टिकोण र योजना बन्न नसक्नु हो। हामीले धेरै युगान्तकारी परिवर्तनहरू गर्न सफल भए पनि त्यसलाई जनतासम्म पुर्याउन सकेनौं। त्यसकारण अब जनतासम्म पुग्ने किसिमको लोकतन्त्रको विकास गर्नुको विकल्प छैन।

     

    जनतामा पुग्ने भनेको आर्थिक विकास र समृद्धिको माध्यमबाट उनीहरूको दैनिकीलाई सहज र समृद्ध पार्ने हो। त्यसकारण अबको राजनीतिक मृद्दा त्यतैतर्फ परिलक्षित हुनुपर्छ।

     

    नागरिकको दैनिकी फेर्ने र गणतन्त्र अर्थात् नागरिकतन्त्रलाई स्थापित गर्न राजनीतिलाई पुनः परिभाषित गर्दै यसको वैकल्पिक अन्तरवस्तुतर्फ बहस केन्द्रित हुनुपर्छ। अब पनि पुरानै ढंगबाट गरिने राजनीतिले केवल जनतामा निराशा मात्रै उत्पन्न गरिदिन्छ। यसर्थ उपलब्धिलाई नागरिकको तहसम्म डेलिभर गर्न तथा गणतन्त्रको संस्थागत विकास र संबर्धनका लागि राजनीतिको वैकल्पिक परिभाषा निर्माण गर्दै वैकल्पिक अभ्यास गर्न जरुरी देखिन्छ। हुन त गणतान्त्रीक संविधानले जनतालाई मालिक पनि बनाएको छ । मानव अधिकार, राष्ट्रियता एब स्थानीय सरकारको ब्यबस्था आफुले पालना गर्ने कानुनको निर्माण आफैबाट हुनु ठुलो उपलब्धी मान्न पर्छ । देशका नागरिकले बिभिन्न नामका राजनीती दलहरुको नेतृत्वको सरकार, व्यवस्थापन हेरी सकेका र इतीहाँसमा नै नेपालमा पहिलो पटक कम्युनिष्टहरुको बहुमतीय सरकार संञ्चालन गर्न अनुमती दिएका छन । बिगतमा काँग्रेसले पटक -पटक बहुमतीय सरकार चलाइ सकेको तर पुरा समय चलाउँन नसकेको भन्देै कम्युनिष्टलाइ सरकार संञ्चालन गर्न नागरिकले अधिकार दिएका हुन ।  २० वर्षपछि  जनताले स्थानीय जनप्रतिनिधि प्रदेश एवं प्रतिनिधि सभाका उम्मेदवार छानेको छ ।तर हजारौ नागरिकले बलिदान गरेर स्थापित भएको गणतन्त्र दिबसको बिदा उपलब्धि के आम नागरिकले आबाज उठाउँन थालि सकेका छन ।
    देशमा सर्बाङ्गीण उपलब्धिका लागि बलिदानी गरेका नेपाली नागरिकले सोचे अनुसार प्रतिफल नपाउनुले कतै गणतन्त्र नै खतरामा पर्ने त होइन हामी सतर्क हुन पनी जरुरी भइसकेको छ । गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो शाशन पद्धती हो जहाँ नागरिकद्वारा चुनिएका प्रतिनीधीहरुले शासन गर्ने गर्दछन् । अहिले हाम्रो देश नेपालमा विभिन्न ७ वटा प्रदेशहरु प्रादेशीक शासन स्वरुपमा गणतन्त्रको नयाँ संरचना भएको छ ।

    देशको भौगोलिक, सामाजिक र सांस्कृतीक विभिदताकालागि नेपाल संसारकै पृथक देशहरूमध्ये फरक देशमा पर्ने हामीले पढेका छौ । यस्तो हाम्रो देश नेपाललाइ समृद्ध बनाउँनका लागी बर्तमान सरकार लागी परेको छ । आजको दिनमा पटक पटक नेपालमा परिबर्तन ल्याउँनका लागी ज्यान दिएका महान शहिदहरुलाई जसले नेपालमा गणतन्त्र स्थापनार्थ आफ्नो प्राणको आहूती दिएका छन् । १० वर्षे सशस्त्र द्वन्दमा वीरगती पाएका ति तमाम नेपाली अमर आत्माहरुलाई चीर शान्ति प्राप्त होस् । देशका नागरिकका मन भित्रका पीडाहरु, नागरिकले आफन्त गुमाउनुकोपरेको अबस्थाको पिडा आन्दोलनकै कारण, अपाङ्गता भएर जिबन बिताएकाहरु,वेपत्ता भएका या पारिएकाहरु परिवारजनका सदस्यको आँखा अगाडि आइरहनु अनी आफुनै अगाडी गोली बमका कारण ज्यान गुमाएको यादहरु आइरहने र रगतका खोलाहरु बगेका चोक सडकहरुमा अझै पनि पीडाका साथमा गणतन्त्र बनेर दौडिरहेका छन् । अत्यन्त ठूलो मूल्य चुकाएर प्राप्त भएको गणतान्त्रिक नेपाल अनि नेपाली राजनैतिक संस्था र हस्तीहरुले गणतन्त्रको सही सदूपयोग गर्न सके मात्र यसको स्थायित्व अनी शहिदको सम्मान गरेको ठहर्छ ।

     

    नेपालीहरुले देशमै बसेर जिविकोपार्जन गर्न सक्ने अवस्था कहिले प्राप्त हुन्छ ? बन्द बाकसमा निदाएका नेपाली बोकेर, अपाङ्ग शरीर बोकेर, बेहोशी बोकेर, ठगीएर, हेपीएर, सतित्व लुटिएर, बेचिएर कहिले सम्म खोजी रहने ठाडो शीर सहितको परिवर्तन । शक्तिको होडवाजीबाट माथी उठेर विकास र विधीको शासन कहिले हुन्छ ?

     

    यस्ता कैंयन प्रश्न अनुत्तरित रहेका छन् । गणतान्त्रीक बहुमतीय सरकारले कम्तीमा पनी सय दिनको रोजगारको ब्यबस्था गर्न बर्तमान सरकार लागी परेको देखिन्छ । यदी यो ब्यबहारमा लागु हुन्छ ३ सय ६५ दिनमा १ सय दिन रोजगार पाएर आम नागरिक तथा घाइते शहिदहरुको घाउमा शितलता छाउला ? आजको दिन जनजनले उत्सव मनाउने दिन हो आज नेपाल कै इतीहास बोकेको नेपाली सेनाले विहानै विगुल फुकेर नेपाली शहिदहरुको ध्यानलाइ केन्द्रित गरेर सम्मान गर्दै गण्तन्त्र दिबस मनाउँने गरेको छ । टुँडिखेलको शहिद मञ्चमा बिभिन्न कार्यक्रमहरु गरेर देशैभरिका सरकारी कार्यलयहरुमा दिपाबली गरेर यो दिबस मनाएर जनताले के पाँउछन?

    गणतन्त्रका कारण गाँउ गाँँउमा शाशनका मालिक बनेका स्थानीय सरकारका प्रमुख या सदस्य तथा त्यस सँग सम्बन्धित हामी आम नागरिकले यो आएको परिबर्तनलाइ मान्ने हो भने दिबश मनाउँन उपयुक्त  होला ।

    अन्यथा १३औं गणतन्त्र होईन हजारौं गणतन्त्र दिबश मनाएपनि कुनै अर्थ छैन जब देशका जनता मालीक बन्न सक्दैनन् तब सम्म यो दिबशको कुनै अर्थ हुने छैन। यो गणतन्त्र दिवस सार्थक  बन्न सकोस शुभकामना ।

    पोख्रेल,बर्दिया जिल्लाका उद्यम बिकास बिज्ञ हुनुहुन्छ ।

    बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी

    • २.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै

    • ३.
      कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

    • ४.
      विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण

    • ५.
      भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५०

    • ६.
      आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर

    भर्खरै

    • १.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • २.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ३.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ४.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ५.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    • ६.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ७.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

    • ८.
      रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation