• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, माघ ०६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला

  • ४. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ६. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ७. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

  • १०. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

नायिका वर्षा राउतले माफी माग्दै लेखिन ‘म नेपाली हुँ, मलाई गर्व छ’


  •   आइतबार, जेठ ११, २०७७ मा प्रकाशित
  • काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण आलोचित बन्न पुगेकी नायिका बर्षा राउतले सार्वजनिक रुपमा माफी मागेकी छिन । बर्षाले आफु विवादमा तानिएपछि माफी मागेकी हुन् । उनले सामाजिक सञ्जालमा ‘म नेपाली हुँ, नेपाली हुनुमा गर्व छ भन्दै क्षमा मागेकी छिन् । एउटा अन्तरबार्तामा पछिल्लो समय देखिएको नेपाल भारत सीमा विवादका विषयमा बोल्दा उनि आलोचित भएकी थिईन।
    नेपालले मेरै भुमी भनेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नुपर्ने भन्दै अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो ।
    उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखी प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा आफ्नो जिब्रो केही चिप्लिएको भएपनि आफ्नो मनभित्र देश र आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा अलिकति पनि कहि कतै नचुकेको बताएकी छिन् ।

    Advertisement

    उनले के लेखेन् सामाजिक संजालमा –

    सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन ।

    कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन ।

    संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।

    हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।

    नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु-भाइ दिदी-बहिनी हौं । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु ।

    जय नेपाल, जय नेपाली !
    जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि

    – बर्षा राउत

    आइतबार, जेठ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै
    तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म
    मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव
    रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र

    • ४.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ५.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ६.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    भर्खरै

    • १.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • २.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ३.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ४.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ५.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ६.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ७.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    • ८.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation