• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, माघ ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला

  • ४. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ६. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ७. इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

  • १०. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

कोरोना ‘बम’ बन्दै प्रदेश ५ का क्वारेन्टाइन


  •   शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
  • काठमाडौं । कोरोना फैलिएसँगै देशभर क्वारेन्टाइन बनाउन संघीय सरकारले मापदण्ड बनायो। त्यसअनुसार बनाउने र सुविधा दिनने हो भने क्वारेन्टाइन नै आइसोलेसन अस्पतालभन्दा उच्च स्तरका हुन्छन्।

    Advertisement

    तर, प्रदेश ५ का सीमावर्ती जिल्लाका क्वारेन्टाइन मापदण्डविपरीत छन्। यसले क्वारेन्टाइन नै कोरोना ‘बम’ बन्ने जोखिम बढेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

    यसको उदाहरण नरैनापुरको क्वारेन्टाइन हो। नरैनापुर गाउँपालिका– ५ भोजभगवानपुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा चार दिनमा २३ जनालाई कोरोना संक्रमण भयो। एक जनाले ज्यानै गुमाए। क्वारेन्टाइनमा बसेका ६४ जनामध्ये ६ जनालाई शुक्रबार कोरोना संक्रमण भयो। शनिबार क्वारेन्टाइनमा रहेका ३९ जनाको स्वाब नमुना संकलन भयो।

    परीक्षणको रिपोर्ट नआउँदै आइतबार नरैनापुर–५ नयाँ बस्तीका २५ वर्षका युवाको क्वारेन्टाइनमै कोरोनाबाट मृत्यु भयो। उनको मृत्युपछि त्यहाँ बसेकाले विरोध गरे। वडा नम्बर ६ को जय किसन माविको क्वारेन्टाइनमा सारियो। सोमबार त्यही क्वारेन्टाइनमा बसेका थप १७ जनामा कोरोना पुष्टि भयो। उनीहरू रातभर संक्रमण नभएका व्यक्तिसँगै टेन्टमा सुते।

    नरैनापुर–५ को दीपेन्द्र प्रावि मात्र होइन, नमुना प्रावि मोतीपुरको क्वारेन्टाइनमा बसेका ५ जना र नेपाल राष्ट्रिय प्रावि हुलासपुर्वाका १२ जनामा कोरोना संक्रमण भएको छ। नरैनापुरमा ७३ जनामा संक्रमण हुँदा वडा नम्बर ५ का ५३ जनामा कोरोना पुष्टि भइसकेको छ।

    नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त शर्माका अनुसार गाउँपालिकाभर १५ वटा क्वारेन्टाइनमा झन्डै ८ सय जनालाई राखिएको छ। हरेकमा औसत ५० भन्दा बढी व्यक्ति छन्। मापदण्डअनुसार क्वारेन्टाइन बनाउन नसकिएको मिश्र स्वीकार गर्छन्।

    ‘हामीसँग जे जस्तो भौतिक पूर्वाधार छ, त्यसलाई प्रयोग गरेका छौं। भारतबाट आएर घरपरिवारमा सार्ने खतरा थियो। त्यसलाई जोगाएका छौं’, उनले भने। त्यहाँका क्वारेन्टाइनमा रहेका अधिकांशले दिसापिसाब शौचालयबाहिरै गर्ने गरेका छन्।

    जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आठ स्थानीय तहका ४९ वटा क्वारेन्टाइनमा १ हजार ४ सय ५६ जनालाई राखिएको छ। औसत एउटा क्वारेन्टाइनमा ३० जना छन्।

    जिल्ला समन्वय समितिले क्वारेन्टाइनका अवस्थाको अनुगमन गरेको छ। समिति सदस्य चेतबहादुर घर्ती भन्छन्, ‘क्वारेन्टाइन बनाएर राख्नु राम्रो हो। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुनै पनि क्वारेन्टाइन बनाउन सकिएको छैन।’

    शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै
    तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म
    मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव
    रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र

    • ४.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ५.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ६.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    भर्खरै

    • १.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • २.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ३.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ४.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ५.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ६.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    • ७.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

    • ८.
      ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation