रोल्पा। रोल्पामा आइसोलेसनमा रहेका एक युवकको मृत्यु भएको छ । आइतबार अस्पताल भर्ना भएका रोल्पा नगरपालिका १ का २२ वर्षीय युवकको सोमबार मृत्यु भएको हो ।
Advertisement
तर उनको मृत्यु भने मिर्गाैलाले काम नगरेपछि भएको अस्पतालका चिकित्सकले बताएका छन् । उनको कोरोना संक्रमणको परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो ।काठमाण्डौँमा लामो समय देखि मृगौलाको डायलासिस् गरारहेका उनी आइतबार बेलुका मात्रै रोल्पाका आएको थिए । युवालाई सोमबार दिउँसो अचानक सास फेर्न गाह्रो भएको थियो । उनको कोरोनाभाइरस परीक्षणका लागि स्वाब लिइएको थियो ।
तर स्वाब परिक्षणको रिर्पोट नेगेटिभ देखिएपछी उनको मृत्युको कारण कोरोनाले नभएको अस्पताल श्रोतको भनाई छ ।