• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

भान्साबाट देश चिनाउने युवराजको सपना

बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • २. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ३. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ४. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ५. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ६. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ९. गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

  • १०. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

मायांले भरिएको मन, जलायौ भने ?


  •   आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित
  • उस्ले बारबार भन्ने गर्थि तिम्रा हजारौं साथिहरु छन आफ्नाहरु छन। अनि जति छन सबै सबै नजिकका छन। धेरै मान्छेको प्रिय तिमी ,कतै त्यिनै आफ्नाहरुको बिचमा मलाई नै हरायौ भने? कतै तिम्रो मायांले भरिएको मेरो मन नै जलायौ भने ? म मुस्कुराउंदै भन्न थाल्थें तिमी त मेरो प्रिय मान्छे मेरो ढुकढुकिमा धड्किरहेकि धड्कन जस्तै छ्यौ। आफ्नै धड्कन कसरी हराउन सकुंला र मैले। त्यत्तिकैमा अाफ्नो मलिन अनुहारसंगै गाजल मिसियका आंशुहरु लुकाऊंदै मेरो कांधमा कोल्टे फेर्थि। झुट्टा आश्वाशन देखाउंथि अनि कहिल्यै मन जलाउने छैन भन्दै झुट्टा बाचाहरुका सपूत देखाईदिन्थि। हो आज खरानी बनेका छन उस्ले देखाएका हरेक सपनाहरु।

    Advertisement

    टुटेको छ ह्रदय अनि अनायासै जलेको छ मन। यो धर्तिमा मलाई बुज्ने एउटा मुटु थ्यो त्यहि मुटुले झेल गरेपछि नै बिछोडका बेदनाले चिरिएको छ मन अनि जलेको छ मन। उस्का हरेक चुनौतिहरुलाई अंगाल्न पछि नपर्ने मन आज अनिदो रातसंग गुनासो गर्दै चुरोटको धुंवालाई अंगालि रहेको छ। त्यति चुरोट खाने मान्छे त म होइन तर घायल प्रेमिहरुका लागि सहि खुराक मानेर ,बिरामिले अौषधि खायजस्तो जबरजस्ति खान थालेको छु अचेल। जलेको मन चिस्याउन सहयात्रि बनेर अोरालि लागेका आंशुहरु सबै रित्तिसकेका छन। अनि अनायासै भतभति पोलेको छ मन। निभ्दै थियो मेरो अन्तर आत्मामा उस्ले झोसेको आगो अनि म चिसो बन्दै थिए र बल्दै थियं एक्लो तर शान्त चन्द्रमा बनेर कालरात्रिहरुमा। एकपटक होईन उस्ले बारबार धकेलिरहि मलाई अग्निकुण्डको ज्वालामा र अनायासै जल्यो मन।यसरि जल्यो कि मुखबाट ऐया सम्म निस्कन सकेन। धुप बनेर आएका उस्का यादहरुले बिथोलिदिय अनि चर्काईरहे मन। अनि म जल्नुको कुनै बिकल्प भेटिन। जल्दैछ मन अनि गल्दै छ मन। त्यहि आगोबाट निंस्किदै छ उहि हत्यारा जस्ले मेरो मन जलायो अनि भावनाहरुको हत्या गर्यो। उहि मसान जस्ले मेरो आदर्शताको खिल्लि उडायो। प्रत्यक रातहरुमा कंकाल बनेर तर्साउंछन उस्का यादहरुले। अनि प्रत्यक पलहरुमा मसान बनेर झस्काउंछन उस्का तस्बिरहरुले। मायांको सगरमाथाबाट पिडाको ज्वालामा झर्यो मन अनि पिडाका ज्वालाहरुले पटपटि फुट्दै अलपत्र पर्यो मन। उस्ले निकै कष्ट गरेर जलाएकि थिई मलाई ,अब निभाउन सायद त्यति नै कष्ट झेल्नुपर्छ उस्लाई। आंफै जलेको सहन सक्ने मन उस्को कष्ट देख्न कसरी सक्थ्यो र । यादहरुले बेचैन भएर जलेको छ मन। धन्न खरानी भैसकेको छैन त्यति मै खुसि छु। त्यसैले त मैनबत्ति को साहारा लिएर जिबनका केही अधुरा अनि अपुरा सपनाहरु पूरा गर्न बाटो खोज्दै छु। डरलाग्छ कतै मैन ले आंफैलाई नै खरानी बनाईदिने हो कि। उस्ले दिएका चोटहरु बोकेर भौंतारि रहेको मन अनायासै बिरक्तिन्छ अनि भक्कानिन्छ। जस्ले झुटो मायांका सपनाहरु देखाएकि थिई आज उस्कै यादहरुले जलेको छ मन। मैले सोंच्नै नसकेको कुरा ,मैले बडो प्रेम ले उपहार दिएको मन आज उस्ले जलाएर फिर्ता गरेकि छ। सुन्छु मैले उपहार दिएको मन जलाएर आज उस्ले एकाएक उत्सब मनाउंदै छ रे। घरिघरि सोध्न मन लाग्छ उस्लाई। सक्छयौ हामिले बितायका एकएक समय फिर्ता गर्न? सक्छ्यौ राति अबेर सम्म स्काईप मा कुरा गर्दा पाएको आनन्द फिर्ता गर्न? सक्छ्यौ तिमिले र मैले मोबाईल मा साटेका दृश्यहरु फिर्ता गर्न? अनि सक्छयौ बिदाको दिन घुम्न जांदा बिचबाटोमा बाईक रोकेर अोत लाग्दा मेरो अोंठले गरेको तिम्रो अोंठको स्पर्शलाई आंफुसंग नराख्न? यति जवाफ दिन सक्यौ भने जलेको मन चिसियको महसुस गर्नेथियं। मेरो मन जलायर उत्सब मनाईरहेकि मेरो प्रिय मान्छे। मैले मायांको उपहार दिएको एउटा मन पनि जलाएर फिर्ता गर्ने कठै कति तुच्छ स्वभाव कि तिमी। मेरो मन जलायर बत्तिमा पुतलि रमाय जसरि रमाईरहेकि तिमी जिबनमा कसैलाई मैले जत्ति नै प्रेम गरेर हेर अनि बुझ्नेछ्यौ जीवनमा प्रेम मात्रै सबथोक हो कि होईन भन्ने कुरा। तिमिले मन जलाईदिय पछि नै लाचार बनेको हुं म। न बांच्ने आधार भेटाउन सक्छु न मर्ने हिम्मत नै जुटाउन सक्छु। त्यसैले त अचेल हरेक रात अोछ्यानमा तिमिले उपहार स्वरुप फिर्ता गरेको जलेको मन फिंजाएर हेर्छु र धरधरि रुन्छु अनि रुंदारुंदै त्यसैको सिरानिमा भुसुक्कै निदाउंछु। कुनै सिनेमा हेर्दा सिनेमा कि नायिकामा तिमिलाई देख्छु ,तिम्रो नाम राखेर खोलियका पसलका बोर्डहरु पढ्दा तिम्रै अनुहार सम्झन्छु। अनि जलेको मन संग गुनासो गर्छु ,कतै दिमाग र आंखालाई पनि कपि राइट लाग्थ्यो भने?

    तिमिलाई सबै सबै ले राम्रि देखुन ,राम्रि भनुन तर आफ्नि नभनुन।अझैपनि यस्तै यस्तै अपेक्षा राखिरहन्छ तिमिले नै उपहार स्वरुप फिर्ता गरेको जलेको मनले। हरेक रात तिम्रा यादहरुमा मर्नुको पीडा झेल्न नसकेर एक्लो रातसंग गुनासो गर्छ मन ,अनि भन्न थाल्छ मलाई मन नपर्ने गर्मि उस्को प्रीय थियो त्यसैले त मलाई जलाएर गई।

    मणि भुसाल,रुपन्देही ।

    आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • २.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ३.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ५.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ६.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत्

    भर्खरै

    • १.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • २.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ३.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ४.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    • ५.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

    • ६.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ७.
      बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

    • ८.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation