• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ६. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

प्रधानमन्त्री ज्यु, चुनाब फेरि आउंदैन र ?


  •   शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
  • मणि भुषाल, बुटवल । सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार अनि शिघ्र स्वास्थ्य लाभको कामना ।

    Advertisement

    राजनिती म जान्दिन,गर्दिन र खेलाडि हुँ भन्न त झन मिल्दै मिलेन । अनि त्यति बिद्धान र लेखक पनि होईन म । तर, बिचार र सहि निर्देशनको समर्थक भने पक्कै हुं । जनताले देशका लागि गरेको बलिदान र देशले जनता प्रती गरेको ब्यवहारलाई शब्दमा पोख्न मात्रै खोजेको हुं । देश र पार्टिको लागि कार्यकर्ता बनेर जिबनभर झण्डा बोकेर नहिंडेको पनि कहाँ हो र ? झण्डा बोक्नुको बिकल्प नै कहाँ थियो र हामीसंग । तातो घाममा झण्डा बोकेर हिंड्नेहरु आज तातै घाममा भोको पेट लिएर तातै सडकमा भौंतारि रहेका देख्दा भतभति मन पोलेर अाउने रहेछ । थाहा छैन कुन दिनको बदला लिंदै हुनुन्छ । हुन त हजुरलाई बढि प्रशंसा मन पर्छ तर यो जलेको मनले प्रशंसा कसरी गरौं र प्रधानमन्त्री ज्यु । संसारभर माहामारिको रुपमा फैलिरहेको कोरोना भाईरसले देश र जनतामा पारेको प्रभाव बारे ३ करोड जनताको अभिवावक तपाईंलाई हामी झण्डा बोक्नेहरुले सिकाउनै पर्दैन । हजुर त ६०१ सांसदहरुको अालोचना पनि झेल्न नसकेर बैठक नै छाडेर हिंड्नुहुन्छ रे। तीन करोड जनताको अालोचना झेल्न सक्नुहुन्छ र प्रधानमन्त्रि ज्यु ?

    जनताको दबाबले कतै देश नै छाडेर सिङ्गापुर तिर लगाम कस्नु भो भने पिपिई र थर्मल गनमा कमिसन खोज्ने ब्वांसाहरुले घरमा कसरी चुलो बाल्लान र । करिब डेढ महिना सम्म लकडाउनमा बसेका र कुनैपनि लक्षण नै नदेखिएका सांसदहरुको कोरोना परिक्षण गर्न लाग्नुभएछ ,नमन छ तपाईंलाई । जनताका लागि अभाव भएको कीट सांसद हरुको परिक्षण गर्न एकै दिनमा ४४१ कीट कुन गोदामबाट ल्याउनुभयो । जनता मारेर भ्रष्टचारिलाई कहिल्य सम्म बचाईराख्नु हुन्छ प्रधानमन्त्रि ज्यु ? हुन त तपाईंलाई अालोचना भन्दा बढि प्रशंसा मन पर्छ ,प्रशंसा सुन्न भन्दा पहिले एकपटक जनताको ठाऊंमा बसेर भोको पेट लिएर सडकका पेटिहरुमा सुत्नु पर्दा र अौषधि उपचार नपाएर अालो घाउ चर्काउनु पर्दाको पीडा प्लेन चार्टर गरेर सिङ्गापुर धायजस्तो हुन्छ कि हुंदैन । म पनि यहि देशको भलो चाहने नागरिकको हैसियतले यति गुनासो गरेको मात्र हुं । सरकारको अालोचना गर्न त म नाथेले कहाँ नै सक्छु र । जनताको लागि तपाईंले चालेका हरेक कदमहरु प्रती नतमस्तक छौं । १० दिन र १५ दिन लकडाउन थपेर मात्रै जनताको भलो हुंदैन प्रधानमन्त्रि ज्यु । त्यो समयमा जनताको लागि केही सोंच्नुस कोभिड १९ को माहामारिले भन्दा भोक र अौषधिको अभाबले जनता मर्न लागिसके । बिहान गिट्टि फोरेर सांझ छाक टार्ने हामी मजदुरहरुको घरमा चुलो नबलेको कयौं दिन भैसक्यो यस्तो अवस्थामा हामिले दिप प्रज्वलन गरेर कसरी तपाईंको अाज्ञा पालन गरौं । तपाईंको यो नाटक हेर्न ३ करोड जनताले तपाईंलाई चुनेर पठाएका होईनन प्रधानमन्त्रि ज्यु ।

    यो कुरा अबगत भैरहोस । तपाईंले चुनेका प्रतिनिधिहरुको भाषण पनि सुनियो एकपटक होईन धेरै पटक सुनियो । देश र जनताको पीडा देख्न नसकेर जर्मनका अर्थमन्त्रीले अात्महत्या गर्नुभएको खबर पनि नसुनेको होईन । तर हाम्रा अर्थमन्त्रीले राहत चाहिय धेरै कर तिर्नुस भनेर शिर ठाडो बनाएर भाषण छांट्नुभएछ । कर तिर्न सक्ने हैसियत हुन्थ्यो भने कुहियको चामल र एक पोका नुन लिनको लागि तातो घाममा दिनभर लाईन बस्न पर्थ्यो होला र ? जनताको दुुुख कहिले बुझ्नुहुन्छ ? जनता मारेर कुर्सि बचाउने तपाईहरु जस्ता ठुलाबडाले चिन्ता लिग्नै पर्दैन । रेमिट्यान्सले धानेको देश हो बांचिएछ भने रगत र पसिना बेचेरै भएपनि कुर्सी बचाउंला । तपाईंहरु प्रति जनताले कस्तो अपेेक्षा राख्ने ? चुनाब सकिएको छैन तपाईंहरुबाट जनताले राखेका अपेक्षा र अाशाहरु मात्रै सकिएका हुन । अब कुन मुखले माग्नुहुन्छ भोट ? जनता सामु देखाउने झुटा अाश्वासन अझै पनि बांकि छन र ? एउटा खाडल पुर्न खोज्दा अर्को खाडल खनिन्छ भन्ने कुरा जनतालाई सिकाईराख्नु पर्दैन अब । धेरै देखियो सपना धेरै राखियो अपेक्षा । भोको पेटले एकछाक भात र तड्पेको मुटुले एकथान औषधि नपाने मेरो देश रक्सी र पेट्रोल बेचेर कुर्सी किन्छ । ३ करोड जनताको अभिभावक तपाईं अाफैं भन्नुस जनताले कस्तो अपेक्षा राख्ने तपाईं संग ? कुन आधारले हजुरको झण्डा बोकेर हिडौं ? सांच्चै ईश्वर रहेछन भने बांचियला तर सरकार प्रति जनताले बांच्ने आशा मारिसकेका छन अब ।

    समय घर्कि त सक्यो तर अझै पनि ढिला भैसकेको छैन जनताका अाशा र अपेक्षाहरुलाई मनमा राखेर जनताका लागि केही गर्न सक्नुभएछ भने शरीरमा दुई थोपा रगत रहुन्जेल तपाईंकै गुणगान गाईरहुंला ।
    जय देश जय स्वाभिमान !

    शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    • ६.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation