मणि भुषाल, बुटवल । सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार अनि शिघ्र स्वास्थ्य लाभको कामना ।
राजनिती म जान्दिन,गर्दिन र खेलाडि हुँ भन्न त झन मिल्दै मिलेन । अनि त्यति बिद्धान र लेखक पनि होईन म । तर, बिचार र सहि निर्देशनको समर्थक भने पक्कै हुं । जनताले देशका लागि गरेको बलिदान र देशले जनता प्रती गरेको ब्यवहारलाई शब्दमा पोख्न मात्रै खोजेको हुं । देश र पार्टिको लागि कार्यकर्ता बनेर जिबनभर झण्डा बोकेर नहिंडेको पनि कहाँ हो र ? झण्डा बोक्नुको बिकल्प नै कहाँ थियो र हामीसंग । तातो घाममा झण्डा बोकेर हिंड्नेहरु आज तातै घाममा भोको पेट लिएर तातै सडकमा भौंतारि रहेका देख्दा भतभति मन पोलेर अाउने रहेछ । थाहा छैन कुन दिनको बदला लिंदै हुनुन्छ । हुन त हजुरलाई बढि प्रशंसा मन पर्छ तर यो जलेको मनले प्रशंसा कसरी गरौं र प्रधानमन्त्री ज्यु । संसारभर माहामारिको रुपमा फैलिरहेको कोरोना भाईरसले देश र जनतामा पारेको प्रभाव बारे ३ करोड जनताको अभिवावक तपाईंलाई हामी झण्डा बोक्नेहरुले सिकाउनै पर्दैन । हजुर त ६०१ सांसदहरुको अालोचना पनि झेल्न नसकेर बैठक नै छाडेर हिंड्नुहुन्छ रे। तीन करोड जनताको अालोचना झेल्न सक्नुहुन्छ र प्रधानमन्त्रि ज्यु ?
जनताको दबाबले कतै देश नै छाडेर सिङ्गापुर तिर लगाम कस्नु भो भने पिपिई र थर्मल गनमा कमिसन खोज्ने ब्वांसाहरुले घरमा कसरी चुलो बाल्लान र । करिब डेढ महिना सम्म लकडाउनमा बसेका र कुनैपनि लक्षण नै नदेखिएका सांसदहरुको कोरोना परिक्षण गर्न लाग्नुभएछ ,नमन छ तपाईंलाई । जनताका लागि अभाव भएको कीट सांसद हरुको परिक्षण गर्न एकै दिनमा ४४१ कीट कुन गोदामबाट ल्याउनुभयो । जनता मारेर भ्रष्टचारिलाई कहिल्य सम्म बचाईराख्नु हुन्छ प्रधानमन्त्रि ज्यु ? हुन त तपाईंलाई अालोचना भन्दा बढि प्रशंसा मन पर्छ ,प्रशंसा सुन्न भन्दा पहिले एकपटक जनताको ठाऊंमा बसेर भोको पेट लिएर सडकका पेटिहरुमा सुत्नु पर्दा र अौषधि उपचार नपाएर अालो घाउ चर्काउनु पर्दाको पीडा प्लेन चार्टर गरेर सिङ्गापुर धायजस्तो हुन्छ कि हुंदैन । म पनि यहि देशको भलो चाहने नागरिकको हैसियतले यति गुनासो गरेको मात्र हुं । सरकारको अालोचना गर्न त म नाथेले कहाँ नै सक्छु र । जनताको लागि तपाईंले चालेका हरेक कदमहरु प्रती नतमस्तक छौं । १० दिन र १५ दिन लकडाउन थपेर मात्रै जनताको भलो हुंदैन प्रधानमन्त्रि ज्यु । त्यो समयमा जनताको लागि केही सोंच्नुस कोभिड १९ को माहामारिले भन्दा भोक र अौषधिको अभाबले जनता मर्न लागिसके । बिहान गिट्टि फोरेर सांझ छाक टार्ने हामी मजदुरहरुको घरमा चुलो नबलेको कयौं दिन भैसक्यो यस्तो अवस्थामा हामिले दिप प्रज्वलन गरेर कसरी तपाईंको अाज्ञा पालन गरौं । तपाईंको यो नाटक हेर्न ३ करोड जनताले तपाईंलाई चुनेर पठाएका होईनन प्रधानमन्त्रि ज्यु ।
यो कुरा अबगत भैरहोस । तपाईंले चुनेका प्रतिनिधिहरुको भाषण पनि सुनियो एकपटक होईन धेरै पटक सुनियो । देश र जनताको पीडा देख्न नसकेर जर्मनका अर्थमन्त्रीले अात्महत्या गर्नुभएको खबर पनि नसुनेको होईन । तर हाम्रा अर्थमन्त्रीले राहत चाहिय धेरै कर तिर्नुस भनेर शिर ठाडो बनाएर भाषण छांट्नुभएछ । कर तिर्न सक्ने हैसियत हुन्थ्यो भने कुहियको चामल र एक पोका नुन लिनको लागि तातो घाममा दिनभर लाईन बस्न पर्थ्यो होला र ? जनताको दुुुख कहिले बुझ्नुहुन्छ ? जनता मारेर कुर्सि बचाउने तपाईहरु जस्ता ठुलाबडाले चिन्ता लिग्नै पर्दैन । रेमिट्यान्सले धानेको देश हो बांचिएछ भने रगत र पसिना बेचेरै भएपनि कुर्सी बचाउंला । तपाईंहरु प्रति जनताले कस्तो अपेेक्षा राख्ने ? चुनाब सकिएको छैन तपाईंहरुबाट जनताले राखेका अपेक्षा र अाशाहरु मात्रै सकिएका हुन । अब कुन मुखले माग्नुहुन्छ भोट ? जनता सामु देखाउने झुटा अाश्वासन अझै पनि बांकि छन र ? एउटा खाडल पुर्न खोज्दा अर्को खाडल खनिन्छ भन्ने कुरा जनतालाई सिकाईराख्नु पर्दैन अब । धेरै देखियो सपना धेरै राखियो अपेक्षा । भोको पेटले एकछाक भात र तड्पेको मुटुले एकथान औषधि नपाने मेरो देश रक्सी र पेट्रोल बेचेर कुर्सी किन्छ । ३ करोड जनताको अभिभावक तपाईं अाफैं भन्नुस जनताले कस्तो अपेक्षा राख्ने तपाईं संग ? कुन आधारले हजुरको झण्डा बोकेर हिडौं ? सांच्चै ईश्वर रहेछन भने बांचियला तर सरकार प्रति जनताले बांच्ने आशा मारिसकेका छन अब ।
समय घर्कि त सक्यो तर अझै पनि ढिला भैसकेको छैन जनताका अाशा र अपेक्षाहरुलाई मनमा राखेर जनताका लागि केही गर्न सक्नुभएछ भने शरीरमा दुई थोपा रगत रहुन्जेल तपाईंकै गुणगान गाईरहुंला ।
जय देश जय स्वाभिमान !