• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

लकडाउनले ७० लाख महिलामा अनिच्छित गर्भको जोखिम


  •   शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित
  • गोपाल ढकाल । राष्ट्र सङ्घीय जनसङ्ख्या कोषले  धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा हुदा ७० लाख महिलामा अनिच्छित गर्भ रहन सक्ने जनाएको छ । विश्वव्यापी कोरोना संक्रमणले यतिबेला लगभग सिंगै विश्व लकडाउनको अवस्थामा छ । मानसिहरु घरभित्रै सेल्फ क्वारेन्टाइनमा बसेका छन् । मानिसको दैनिकीमा परिवर्तन आएको छ ।कोरोनाको प्रभाव शारीरमा मात्र परेको छैन र पर्ने कुरा पनि होइन; व्यक्तिको सोच, विचार, भावना, व्यवहार, सम्बन्ध, यौनजीवन आदिजस्ता कुरामा पनि परेको छ । मानिसका लागि आधारभूत आवश्यकताका अन्य वस्तु झैं यौन क्रियाकलाप पनि अत्यावश्यक कुरा हो । तर, अहिलेको लकडाउन र सेल्फ क्वारेन्टाइनले यौनको परिपूर्तिमा असर गरेको अनुमान गर्न सकिन्छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यौनजोडीमध्येको कुनै एक जनामा यदि कोरोनाको संक्रमण भएको रहेछ भने अर्को यौन पार्टनरलाई सर्ने जोखिम हुन्छ।यौन क्रियाकलापका दौरान गरिने स्पर्श, चुम्बन आदिले त जोखिम झनै बढाउँछ । एक प्रेमीले आफूलाई कोरोना सारिदिएको भन्दै इटालीमा एक युवकले आफ्नी डाक्टर प्रेमिकाको हत्या गरेको दुःखद् समचार आएको छ । यद्यपि कोरोना यौन सम्बन्धबाट सर्ने रोग भने होइन । यौनज‍ोडीहरु, जो लामो समयदेखि सँगै बसिरहेका छन र दुवैमा कोरोनाका कुनै लक्षण र आशंका देखिएका छैनन् भने लकडाउनको समयमा पनि सुरक्षित रुपमा यौन सम्बन्ध राख्न कुनै बाधा पर्दैन । तर, यस्तो समयमा अपरिचित, परपुरुष तथा परस्त्रीसगँको यौन सम्बन्ध भने असाध्यै जोखिमपूर्ण हुन्छ । कोरोनाको संक्रमण सर्ने डरले अहिले यौनमा वैकल्पिक उपायका साधनहरुको प्रयोग बढेर गएको छ । विश्वमा नै अहिले यौन खेलौनाको माग तथा बिक्री बढेको तथ्यांक देखिन्छ । पोनसाईट भिजिट गर्नेको संख्या बढेको तथा पोर्नस्टारहरुको कमाइ एवं माग बढेका समचारहरु आइरहेका छन् ।लकडाउनको समयमा अहिले व्यक्ति फुर्सदिलो भएको छ । के गरेर समय बिताउने ? धेरैमा छट्पटी पनि बढेर गएको छ । लकडाउनको समयलाई सिर्जनशील रुपमा बिताउन नजान्दा यौनमा अझ बढी ध्यान जान सक्छ । धेरैलाई कोरोनाको डर–त्रासले तनाब बढाएको छ । तनावका बेला अन्य कार्यमा रुचि नजाने र यौनलाई नै आनन्द र मनोरञ्जनको माध्यम बनाउने जोखिम पनि बढ्छ । यौन सम्पर्कका बेला मस्तिष्कबाट अक्सिटोसिन, डोपामिन, एन्डोरफिनजस्ता खुशी र आनन्द दिने रसायनिक तत्त्वको उत्पादन हुन्छ । यसकारण पनि यस्तो अवस्थामा व्यक्ति यौनकर्मप्रति लालायित हुन पुग्छ । यौन क्रियाकलापका निम्ति यौनजोडीबीच समझदारी र सहकार्य हुनु जरुरी हुन्छ । लामो समयदेखिको तनावले यौनजोडीमा यौनक्षमता तथा चाहना कम भएको हुन सक्छ । कोरोनाको भय–त्रासका कारण यौनजोडी तनावमा हुन सक्छ । असुरक्षित महशुस गरिरहेको हुन सक्छ । भविष्यलाई लिएर चिन्ता गरिरहेको हुन सक्छ । यस्तो अवस्थामा रिस, आवेग, चिटचिटाहट बढेर जान्छ । विपत्तिको यस्तो अवस्थामा यौनजोडीले एक–अर्काको ख्याल गर्नुपर्छ, भावनाको कदर गर्नुपर्छ । एक–अर्काको सहमति र इच्छाविपरीत यौनकार्य गर्नु हुँदैन । त्यसले वैवाहिक सम्बन्धमा समेत समस्या उत्पन्न हुन सक्छ । यो कुरामा विचार नपुग्दा यौनहिंसा तथा घरेलु हिंसाको कारण बन्न पुग्छ । कोरोनाको डर–त्रास र तनावलाई बिर्सन रक्सीको सहारा लिने गरेको पाइन्छ । नसामा भएका बेला व्यक्तिमा यौन उच्छृंखलता बढ्छ । नसाले यौनमा जोरजबर्जस्ती तथा यौनहिंसा बढाउन सक्छ । लकडाउनको समयमा विश्वभरि नै महिलाहिंसा र यौनहिंसा बढेर गएको तथ्यांकले देखाएको छ । पारपाचुके गर्नका लागि निवेदन दिनेहरु पनि बढेका समचारहरु आइरहेका छन् । यी घटनाहरु बढनुका पछाडि केही खास कारणहरू छन् । लकडाउनका बेला यौनजीवनलाई संयमित बनाउन नजान्नु वा नसक्नु नै हुन सक्छ । विपत्ति र रोगको संक्रमण बढेका बेला राखिने यौन सम्बन्ध असुरक्षित पनि हुन सक्छ । चाहना नगरेको गर्भ रहन सक्छ, जसले यौनजोडीका दुवैलाई तनाव थपिदिन्छ । इच्छा नहुँदा–नहुँदै गर्भ रहयो र बच्चा जन्माउनुपर्‍यो भने त्यसले आामा र बच्चा दुवैको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुर्‍याउँछ । प्लान नगरेको बच्चालाई जन्माउनु पर्दा बच्चा जन्मिसकेपछि पनि आमालाई पोस्टनेटल डिप्रेसन हुने जोखिम बढ्छ । अर्को कुरा, लकडाउनभन्दा अगाडि कामको व्यस्तता र दौडधुपका कारण धेरैको यौनजीवन तहसनहस भएको पनि हुन सक्छ । त्यसो हो भने लकडाउनलाई अवसरका रुपमा लिनुपर्छ । शारीरिक सम्पर्कले शरीर मात्र एक बनाउने होइन, मनलाई समेत एक बनाउन सहयोग गर्छ । भावनात्मक रुपमा एक–अर्कालाई नजिक त्याउँछ र अझ बढी आफ्नोपनको महशुस गराउँछ, आत्मबल बढेर जान्छ र शरीरमा स्फूर्ति तथा जोस–जाँगर बढ्छ । तसर्थ, अहिलेको बिपत्तिको अवस्थामा पनि सुरक्षित र संयमित यौनलाई भने प्रोत्साहन गर्नुपर्छ ।
    लेखक मनोविद् हुन्, उनी ‘मार्क नेपाल’ संस्थासँग सम्बद्ध छन् ।

    Advertisement

    शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation