• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

दाङमै क्यान्सर उपचार सुरु

नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

लोकप्रिय समाचार

  • १. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • २. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ३. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ४. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ५. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

  • ८. दाङमै क्यान्सर उपचार सुरु

  • ९. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

  • १०. मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

कोरोनाको कहर : मनोसामाजिक समस्याको जोखिम


  •   मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
  • गोपाल ढकाल । कोरोना भाईरस (कोभिड १९) ले बिश्व भर नै प्रकोपको रुपमा फैलिएको छ। विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले भनेको छ, कोरोनाको अहिलेसम्म कुनै खालको उपचार भेटिएको छैन् । कुनै औषधी पनि उपलब्ध छैन् । औषधी बनाउनको लागि विश्वभरका वैज्ञानिकहरु निकै प्रयास गरिरहेका छन् । त्यसैले कोरोना फैलिएको बिश्वका धेरैजसो मुलुकले यस्को रोकथाम र नियन्त्रणको लागी भन्दै लकडाउन गरिरहेका छन। यस्तो रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाव, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् ।
    कस्ता कस्ता लक्षण देखिन्छन् त ?
    मनमा कुरा खेल्नु,झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु, कब्जियत हुनु , शरिरमा थकान लाग्नु, श्वास फेर्न गाह्रो भएको महसुसहुनु, छाती भारी हुनु, रिस उठनु, ध्यान केन्द्रित गर्न नसक्नु, चाडै विर्सनु, मन दुःखी हुनु, सामान्य भन्दा बढी डर, चिन्ता, पिर पर्नु, छटपटि हुनु, निर्णय लिन नसक्नु, डर लाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही होला कि भन्ने डर लाग्नु, शरीर तातो वा चिसो भएको महसुस हुनु जस्ता लक्षणहरु देखिन सक्छन् । बिपति वा असहज अबस्थामा देखिने यस्ता लक्षणहरु सामान्य र स्वभाविक लक्षणहरु हुन । यस्ता लक्षणहरु बिपति वा संकटको कतिलाई तुरुन्तै देखिन्छन् भने कतिपयलाई केहि दिन पछि मात्र देखिन शुरु हुन्छ। कोही कोहीलाई भने केही महिना वा वर्षपछि पनि अचानक लक्षणहरु देखापर्न सक्छन्।
    समस्या कसरी कम गर्न सकिन्छ ?
    मनका वह पोख्न पाउँदा, घरपरिवार, साथीभाई वा समाजको साथ र सहयोग मिल्दा, परिवारसँग बस्दा, सहयोगको आदान प्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सुचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउदा, मनोरञ्चन, खेलकुद, व्यायाम, ध्यान पुजापाठ जस्ता कुरामा मन लगाउदा, रिस र आक्रोश पोख्न पाउँदा मन खोलि रुन पाउँदा, सकरात्मक सोच राख्दा आफ्नो ध्यानलाई रमाइलो कुरामा मोडदा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यताले माथी भनिएका जस्ता लक्षणहरु समय बित्दै जादा आफै हराउदै जान्छन्। केहिलाई भने लक्षण कमहुँदै जानुको सट्टा झन झन बढने पनि हुनसक्छ । जसले मनोसामाजिक समस्या वा मानसिक स्बास्थ्य समस्याको जोखिम बढेर जान्छ। यस्तो नहोस् भन्नका लागि स्वंय ब्यक्तिले आफ्न‍ो शारीरिक स्बास्थ्यको साथै मनक‍ो स्याहारसुसारमा पनि बिशेष ध्यानदिनु जरुरी हुन्छ। जसलाई स्वहेरचाह भनिन्छ ।

    Advertisement

    आफ्नो मनको स्याहारसुसार कसरी गर्ने ?
    १. करोनाको संक्रमणबाट ज‍ोगिन लकडाउनको पुर्ण पालना गर्नुपर्छ। सरसफाइमा ध्यान दिनु पर्छ । सेल्फ क्वारेन्टाइनमा बस्दा र सुरक्षाका उपायहरु अपनाउदा मन ढुक्क हुन्छ। यसले डर, त्रास, भय, चिन्ता धेरै कम भएर जान्छ। आफू स्वास्थ छु भन्ने आत्मबल बढछ।
    २. फुर्सदको बेला मानसिक तनाब नहोस भनेर समय ब्यबस्थापन गर्नु जरुरी हुन्छ। दैनिक कार्य तालिका बनाएर आफ्नो दिन चर्यालाई संतुलित बनाउन सकिन्छ। आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ। यसो गर्नाले मनमा कोरोना सम्बन्धि कुरा खेल्न पाउदैन। नत्र जति बेला पनि कोरोनातिर ध्यान गई त्रास बढन सक्छ।
    ३. कोरोनाको जोखिमबाट जोखिन सत्य तथ्य जानकारी त लिने तर अति सतर्क हुने , चाहिने भन्दा बढि जानकारी लिन खोज्ने , समचार पटक पटक हेरिरहने जस्ता व्यवहार गर्नुहुदैन।
    ४. सामाजिक सञ्जाल , इन्टरनेट चलाएर बस्ने भन्दा आफ्नो रुचिको कामगरेर समय बिताउन सकिन्छ। परिवारसँग कुराकानी गर्ने , खेल खेल्न ,किताब पढ्ने, लेख्ने,मनोरञ्जन गर्ने, रमाईला र ज्ञान बर्द्धक फिल्म हेर्ने गर्न सकिन्छ । घरयासी काममा समय दिन सकिन्छ ।
    ५. तनाब कम गर्न शारीरिक ब्यायम, योग, मेडिटेसन, श्वास प्रस्वासको ब्यायम, ध्यान केन्द्रीत गर्ने अभ्यास तथा अन्य आरमदायी अभ्यासले ठूलो मदत पुर्‍याउछ। तनाबको बेला पर्याप्त निदाउनु जरुरी हुन्छ।
    ६. तनाबको बेला सजिलैसँग पच्ने तथा पोषण युक्त आहार खानुपर्छ। जाँडरक्सी तथा लागुपदार्थको सेवनले त झनै समस्या बढाउछ।
    कोरोना असरले  मानसिक स्बास्थ्यमा ल्याउन सक्ने समस्या :
    १. एन्जाईटी – विभिन्न किसिमका डर – चिन्ता जन्य समस्याहरु ।
    २. डिप्रेसन – दिक्दारिपन तथा आत्महत्याको सोचाई वा प्रयास ।
    ३. मानसिक आघात – पिडादायिक घटना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।
    ४. प्यानिक अट्याक – एक्कासि बिना कारण उत्पन्न हुने अत्याधिक त्रास ।
    ५. समायोजनको समस्या – परिस्थितिसँग जुझ्न नसकिरहेको अबस्था ।
    ६.अब्सेसिभ कम्पल्सिभ डिसअडर्स – एउटै सोच वा बिचार आईरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहोर्‍याई रहने मानसिक रोग ।
    ७. जाँड रक्सि , लागू प्रदार्थको लत ।
    ८. कन्भर्सन डिसअडर्स – डर, त्रास , तनाबको कारणले देखिने मनोबैज्ञानिक समस्या ।
    ९. एक्युट स्टेस डिसअडर्स – तत्कालै देखा पर्ने तनाब जन्य समस्या ।
    यस्तो बेलामा बिज्ञको सहयोग लिनुपर्छ । प्रत्येक व्यक्तिको मानसिक क्षमता फरक फरक हुने हुँदा यसले पार्ने असर पनि फरक फरक हुन्छ । साथै व्यक्ति अनुसार कोहि चाडै सामान्य अवस्थामा फर्कन सक्छन् भने केहीलाई सामान्य अवस्थामा फर्कन समय पनि लाग्नसक्छ। धेरै जसो मानिसहरु ढिलो चाडो सामान्य अवस्थामा फर्किन सक्ने भएतापनि केही प्रतिशत व्यक्तिहरुमा मानसिक समस्या देखिन सक्छ। लक्षणहरु कम नभएमा वा बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाई भएमा, आफ्नो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसक्दा, अरुले नसुन्ने आवाज सुनेमा, अत्याधिक लाँगू पदार्थको सेवन गर्न थालेमा, मानसिक स्थिति र सन्तुलन गुमाएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, ब्यक्तित्व र स्वभावमा परिवर्तन आएमा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्छ ।

    लेखक मनोविद हुन् । उनी मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन ।

    मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दाङमै क्यान्सर उपचार सुरु
    सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले
    खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो
    नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न
    प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म
    प्युठानमा १४ जनाको मनोनयन दर्ता

    लोकप्रिय

    • १.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • २.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ३.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • ४.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ५.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

    • २.
      दाङमै क्यान्सर उपचार सुरु

    • ३.
      नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

    • ४.
      सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    • ५.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • ६.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ७.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ८.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation