• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार ०६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

प्युठान अस्पतालमा अलपत्र भवन निर्माण कार्य फेरि सुरु

प्रदेशसभा खारेजको मागमा धुलिखेल नगरसभाको सर्वसम्मति

आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा

चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर

एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

गुल्मीमा आमाको दूध प्रतिस्थापन ऐनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

दैलेखमा ठूलो परिमाणको मिथेन ग्यास भण्डारण रहेको पुष्टि

लोकप्रिय समाचार

  • १. मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

  • २. प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण

  • ३. मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

  • ४. पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

  • ५. प्युठानमा काँक्राको बीउ र अचार तालिम सम्पन्न

  • ६. प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति

  • ७. प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

  • ८. दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

  • ९. कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने

  • १०. विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

अब युवाकै भर


  •   मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
  • गोविन्दराज पोख्रेल ।  तीसको दशकको मध्यतिर बीपी कोइरालाले युवालाई लक्षित गरी एउटा सन्देश दिनुभएको थियो, ‘यदि नेपाली जातिको आफ्नो विशेष नियति छ भने त्यसको निर्माण वर्तमान तरुण वर्गले मात्र गर्न सक्छ ।’ त्यतिबेला बीपीले निरंकुश शासन हटाई लोकतन्त्र स्थापना गरी नेपाललाई नयाँ युगमा प्रवेश गराउने सन्दर्भमा त्यस्तो भन्नुभएको थियो । अहिले अलि फरक सन्दर्भमा पनि यसको अर्थ छ । कोरोना भाइरसको महामारीले विश्वको आर्थिक, सामाजिक र राजनीतिक परिदृश्यमा धेरै नसोचेको परिवर्तन ल्याउने देखिएको छ ।
    मुलुकमा एकदलीय व्यवस्था र राजतन्त्रको अन्त्य भए पनि राज्य चलाउनेको संस्कार, शैली, क्षमताप्रति नागरिकले भरोसा गर्न सकेका छैनन् । त्यही कारण, कोरोनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभावको सम्बन्धमा आ-आफ्नो हिसाबले आकलन गरेर धेरै देशवासी चिन्तित छन् । उनीहरूले असुरक्षित महसुस गरेका छन् र देशको भविष्यलाई उज्यालो मार्गमा डोर्‍याउने सबल नेतृत्वको चाहना राखेका छन् ।
    उचित व्यवस्थापन गर्न नसके कोरोनाको प्रभावका कारण देशको अवस्था झनै बिग्रने हो कि भन्ने आकलन केही तथ्यांकका आधारमा गर्न सकिन्छ । मुलुकको जनसंख्याको झन्डै आधा हिस्सा १६ वर्षदेखि ५० वर्षसम्मका नागरिक छन् । यीमध्ये करिब २६ लाख देशमै बेरोजगार छन् । ४१ प्रतिशत रोजगारयोग्य जनशक्ति अनौपचारिक क्षेत्रमा काम गर्छन् । ती कुनै पनि सामाजिक सुरक्षामा आबद्ध भएका छैनन् र अहिले धेरैजसो बेरोजगार नै भएका छन् । उत्पादनशील उमेरका मानिस ३९ प्रतिशत अर्धबेरोजगार छन् । भारतबाहेक अन्यत्र देशमा जाने करिब ४५ लाखमध्ये ७५ प्रतिशत केही विशेष सीप नलिई बिदेसिएका छन् र तिनको ८० प्रतिशत १८-३५ वर्षका छन् । यिनको रोजगारी पनि कोरोना महामारीले त्यताको आर्थिक अवस्था कमजोर हुँदै जाँदा धरापमा परेको छ । विदेशबाट फर्किएर नेपालमै बसेका १५ प्रतिशत जति पनि बेरोजगार नै छन् ।
    लकडाउनले बिथोलिएको अर्थतन्त्रभित्र धेरैको मुख्य ध्यान हात-मुख जोर्नेतर्फ जानेछ । देशको कृषिमा आत्मनिर्भर अनुपात ७४ प्रतिशत मात्र छ । पहिल्यैदेखि खाद्यान्न अपुग हुने ३६ जिल्ला छन् । २० लाख परिवारसँग औसतमा आधा हेक्टरभन्दा कम जमिन छ । हामीले जति नै समृद्धिको नारा लगाए पनि ४१ प्रतिशत जनतालाई आवश्यक मात्रामा चाहिने क्यालोरी पुगेको छैन । झन् ५२ प्रतिशत परिवार जो प्रायः ग्रामीण क्षेत्रमा बस्छन्, तिनलाई आफ्नो उत्पादनले बाह्रै महिना खान पुग्दैन । खाद्यान्न अपुग भएमा सबभन्दा बढी असर बच्चा र महिलामा पर्छ । अहिले पनि करिब चारमध्ये एक बच्चाको तौल कम छ, त्यस्तै तीनमध्ये एक बच्चा कुपोषणले पीडित छ । त्यस्तै, दुईमध्ये एक जनामा रगतको कमी छ । पौष्टिक खानाका लागि खाद्यान्न फलफूल, तरकारी, मासु र दुग्धपदार्थ आयात गर्नमा हामीले अहिले नै वार्षिक करिब २ खर्ब खर्च गरेका छौं जुन धेरै अर्थमा विदेशबाट आउने पैसाले धानेको थियो । प्रत्येक तीनमध्ये एउटा घरबाट कोही न कोही वैदेशिक रोजगारीमा गएको छ । र, औसत नेपाली परिवारले आफ्नो कमाइको आधाभन्दा बढी खानामा मात्रै खर्च गर्छ ।
    ठूलो संख्यामा युवाहरू बिस्तारै बेरोजगार भई घर फर्किने हुँदा र कृषि उत्पादन प्रचुर नभएको अवस्थामा समाजमा मुख्यतया ३ प्रकारका परिदृश्य देखिनेछन् । पहिलो, धेरै जनतासित जीविकोपार्जनका लागि पैसा नहुन सक्छ र हात-मुख जोर्न उनीहरूले राहतको सहारा लिनुपर्नेछ । दोस्रो, घरफिर्तीले बढेको जनसंख्यालाई उपलब्ध खाद्यान्नले धान्न सक्ने छैन । र तेस्रो, भोको पेटका बेरोजगार युवाले राजनीतिक र आर्थिक क्षेत्रमा विभिन्न विकल्प खोज्नेछन् ।
    यसै पनि मुलुकमा प्रायःजसो तरकारी र फलफूल उत्पादन हुने ठाउँबाट बजारसम्म पुग्दा औसतमा ३०-४० प्रतिशत नास हुने गर्छ । अहिले झन् लकडाउनका कारण कुखुरा, दूध, तरकारी, फलफूललगायत अन्य कृषि उत्पादनहरू खपत हुने ठाउँमा पुग्न नसक्दा नास भएका छन् । कति मानिस गाउँ फर्किएकाले पनि सहरमा किसानको उत्पादन खपत कम भएको छ । यसबाट किसान र उत्पादन गर्नेहरूमा आर्थिक बोझ थपिएको छ ।

    Advertisement

    कोरोनाको असर स्वास्थ्यका हिसाबले पाको उमेरकालाई धेरै परे पनि आर्थिक र सामाजिक दृष्टिले करिब आधा जनसंख्या ओगटेका युवालाई नै पर्नेछ 

    मुलुकमा विप्रेषण भित्रिने कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत र मलेसियालगायतमा मुलुकमा पनि कोरोनाको संक्रमणले अर्थतन्त्र प्रभावित भएको छ । यस्तै, भारतमा काम गर्ने नेपालीको ठूलो संख्या बन्दाबन्दीपछि रोजगारी गुमाएर घर फर्किएका छन् वा फर्किन आतुर छन् । आर्थिक गतिविधि कम भएपछि औपचारिक या अनौपचारिक रूपमा ती देशका सरकारहरूले पनि विदेशी श्रमिकलाई लामो समयसम्म सजिलै स्वागत गर्ने छैनन् । कोरोनाको संक्रमणको अवधिका बारेमा थुप्रै मत बाहिर आएका छन्, यकिन नभए पनि धेरै क्षेत्रमा यसको असर अलि लामै रहन सक्छ । यसकारण थप मनिस बेरोजगार हुँदै जानेछन् । कतिपयसित अहिले नै खाद्यान्न किन्ने पैसा कमी हुँदै गएको छ । भविष्यमा झन् समस्या हुनेछ । ग्रामीण क्षेत्रमा बेरोजगारको संख्या बढ्ने, खाद्यान्न उत्पादनले नपुग्ने र आयात कम हुने हुँदा भोकमरी लाग्न सक्नेछ । अनि विदेशमा तुलनात्मक रूपमा राम्रो आम्दानी गरेका युवा गाउँघरमा बेरोजगार र भोकै बस्दा राजनीतिक अस्थिरता पनि आउन सक्ने देखिन्छ । यो पाटोको आकलन अहिलेको नेतृत्वबाट भएको देखिँदैन । यसको सम्बोधन हुन नसकेमा यसबाट अनेकौं सामाजिक, आर्थिक एवम् राजनीतिक समस्याहरू सिर्जना हुने सम्भावना रहन्छ ।
    कोरोनाको असर स्वास्थ्यका हिसाबले पाको उमेर भएकालाई धेरै परे पनि आर्थिक र सामाजिक रूपले करिब आधा जनसंख्या ओगटेका युवाहरूलाई नै पर्नेछ । ग्रामीण क्षेत्रमा कृषिलाई आधुनिकीकरण गर्ने, विदेशबाट सीप सिकेर आएकाहरूको गरिखाने ऊर्जालाई गति दिने, गाउँको उत्पादनलाई सहरसँग जोडेर साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने, हरेक आर्थिक र सामाजिक गतिविधिलाई आधुनिक प्रविधिमा गाँस्ने र प्रविधिको उच्चतम प्रयोग गरेर उत्पादन र उत्पादकत्व बढाउने अनि देशको साधन-स्रोत प्रयोग गरेर युवाहरूलाई स्वरोजगार हुनतर्फ आकर्षित गर्ने काम सरकारले अविलम्ब गर्नुपर्ने देखिन्छ । र, समाजका हरेक पक्षमा सुशासनको अनुभूतिको चेतना र चाहना जगाउने काम युवाहरूले गर्नुपर्नेछ । आयात प्रतिस्थापन गर्न उत्पादन बढाउने र देश विकासका हरेक आयाममा वातावरणमैत्री संस्कार विकास गराउने काम अबको अर्को चुनौती हो । कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै युवाहरू वा बेरोजगार समूहलाई परिचालन गरी अहिले नै कृषि क्षेत्रमा उत्पादन बढाउन सकिन्छ । प्रशोधन, निर्माण सामग्रीको उत्पादन, ढुवानी, स्थानीय स्तरमा बन्दाबन्दी गरी निर्माण कार्य थालनी र उद्योगहरू सञ्चालन गर्न सकिन्छ । व्यापार, शिक्षा र स्वास्थ्यलगायतका सेवा क्षेत्र, कृषि उत्पादनको बजारीकरण, मौसमलगायतका अन्य जानकारी र विभिन्न कच्चा पदार्थ उपलब्ध गराउन डिजिटल प्रविधिको व्यापक प्रयोग गर्न सकिन्छ ।
    विदेशमा रोजगारीमा जाने वा पलायन हुने क्रम अब कम हुनेछ । बुद्धिमानी, परिश्रमी र सिर्जनशील धेरै युवा अब नेपालमै बस्नेछन् । देश विकासको क्रमलाई द्रुत रूपमा अघि बढाउन राज्यभित्र र बाहिरका संरचना र संस्थाहरूको क्षमता अभिवृद्धि गर्नतिर आ-आफ्नो ठाउँबाट युवाहरूको ध्यान जानुपर्ने हुन्छ । आधुनिक समाजले दिएको खुला बजार अर्थतन्त्रमा आधारित समृद्धि र उदार लोकतन्त्रले दिएको सामाजिक र राजनीतिक स्वतन्त्रतामा अहिलेको कोरोनाको प्रकोपले समाजको एउटा वर्गलाई प्रश्न उठाउने वातावरण सिर्जना गरिदिएको छ । गुणस्तरीय स्वास्थ्य, शिक्षा, यातायात र स्वच्छ वातावरणको पहुँच गराउने कुरामा राज्यले गाउँदेखि सहरसम्म नेतृत्व लिनैपर्छ । र, अन्य उत्पादन र आपूर्ति सरकारको नियमनमा निजी क्षेत्रले गर्ने भन्ने सैद्धान्तिक पक्षलाई मनन गर्दै युवाशक्तिलाई परिचालन गर्नुपर्छ ।
    परम्परावादी र सिर्जनशीलता नभएको नेतृत्वबाट राष्ट्र निर्माणमा युवाको सक्रिय सहभागिता बढाउन सम्भव देखिँदैन । अहिले झन्डै दुईतिहाइ बहुमत ल्याएको र करिब ५ हजार दिन सत्तामा सहभागी भई अनुभव बटुलेको पार्टीले बनाएको वर्तमान सरकारको व्यवस्थापकीय क्षमताको कमी हेर्दा युवाहरूमा निराशा छाउनु स्वाभाविक हो । किनभने, केही करोडको सामग्री सहज रूपमा खरिद गर्न नसकेर सुरक्षा निकाय गुहार्ने, पार्टी फुटाउने तथा राजनीतिक अस्थिरता ल्याउने अध्यादेश ल्याउने जमर्को गरी अलोकतान्त्रिक कार्य गर्न उद्यत हुने र आर्थिक कुशासनलगायतका चरित्र हेर्दा सरकारसित सन्तुष्ट हुने आधार छैन ।
    यसअघि २०५२ देखि २०७२ सम्मका हिंसात्मक राजनीतिक आन्दोलनले समावेशिता र संघीयतालगायतका केही राजनीतिक उपलब्धि दिए पनि मुलुकको आर्थिक-सामाजिक रूपान्तरण गर्न सकेको छैन । त्यसैले अहिलेको परिवेशबाट पीडित युवाले देशको सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको नेतृत्व आफैं लिनुपर्ने हुन्छ । अन्यथा लेखक पल कोलिएरले भनेजस्तै गरिबीमा हिंसात्मक आन्दोलन गर्न उक्साउन सजिलो छ । किनभने, पैसा र लोकरिझ्याउने स्वप्नदर्शी नाराले गरिबी सस्तैमा किन्न सकिन्छ, जुन नेपालमा देखिँदै आएको छ । हिंसात्मक आन्दोलनले उब्जाउने सामाजिक, राजनीतिक र आर्थिक संक्रमणको सिकार युवा स्वयं नै हुनेछन् जसरी यसअघि पनि नेपाली पटकपटक भइरहेका छन् ।कोरोनाको आर्थिक, सामाजिक र राजनीतिक प्रभाव झेल्ने युवाहरूले नेपालको समृद्धि स्वतन्त्रता, समानता र सुशासनमा आधारित हुनुपर्छ भन्ने मान्यता राख्नुपर्छ । ठूलो राजनीतिक त्याग गरेको भए पनि पुरानो पुस्ताबाट लामो संक्रमणपछि ल्याइएको संविधानको इमानदारीपूर्वक कार्यान्वयन हुन सक्दैन । देश न त साँघुरो राष्ट्रवादबाट बलियो बनाउन सकिन्छ न त निर्दयी र आसेपासे चरित्र बोकेको अर्थतन्त्रबाट समाजका हरेक वर्गको उत्थान गर्न सकिन्छ । न त तानाशाही चरित्रको शासनबाट शान्ति, सद्भाव र समाजको सिर्जनशीलतालाई बढावा दिन सकिन्छ । तसर्थ, तरुण वर्गले नै परिवर्तनको शक्ति बनेर त्यसको परिपक्व नेतृत्व दिने क्षमता राख्नुपर्छ । बीपीले भनेजस्तै, तरुण वर्ग हाम्रो समाजको त्यस्तो प्रभावयुक्त माध्यम हो जसद्वारा वर्तमान ऐतिहासिक आदर्शको प्राप्ति नेपाली जातिले गर्न सक्छ ।

    साभार : ईकान्तिपुरबाट

    मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रदेशसभा खारेजको मागमा धुलिखेल नगरसभाको सर्वसम्मति
    दैलेखमा ठूलो परिमाणको मिथेन ग्यास भण्डारण रहेको पुष्टि
    अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत
    बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?
    गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ

    लोकप्रिय

    • १.
      मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा

    • २.
      प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान :

    • ३.
      मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

    • ४.
      पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

    • ५.
      प्युठानमा काँक्राको बीउ र अचार तालिम सम्पन्न

    • ६.
      प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति

    भर्खरै

    • १.
      रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

    • २.
      प्युठान अस्पतालमा अलपत्र भवन निर्माण कार्य फेरि सुरु

    • ३.
      प्रदेशसभा खारेजको मागमा धुलिखेल नगरसभाको सर्वसम्मति

    • ४.
      आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

    • ५.
      तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा

    • ६.
      चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर

    • ७.
      एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

    • ८.
      गुल्मीमा आमाको दूध प्रतिस्थापन ऐनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation