• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कोरोना र कृषि


  •   बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
  • आनन्द क्षेत्री । विश्व कोरोनामय छ । एउटा सुक्ष्म जीवसँग सशंकित छ। हालसम्म विश्वका दुईलाख भन्दा बढी व्यक्तिले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने दशौं लाख संक्रमित छन्।

    Advertisement

    यो भाइरससँग लड्न विश्व संघर्षमा जुटे पनि अहिलेसम्म कुनै पनि खोप वा औषधिको निर्माण भइसकेको छैन । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले यसको संक्रमणबाट जोगिनु भनेकै सामाजिक दूरी कायम राख्नु हो । यही कुरालाई मध्यनजर गर्दै विश्व समुदाय नै एक किसिमले बन्द अर्थात् लकडाउनमा छ। यही कुराको अवलम्बन गर्दै महामारीबाट बच्न नेपाल सरकारले पनि चैत ११ गते देखि लकडाउन घोषणा गर्यो । त्यस पश्चात मानिसहरू विलासी वस्तुमा भन्दा खाद्य वस्तुको खरिदमा तल्लीन हुनाले नेपाली बजारमा एक किसिमको अभाव सिर्जना भयो । महंगी बढ्यो र दाउ हेरी भाउ गर्ने व्यापारीको कालोबजारी समेत मौलायो। यो अवस्थामा आम मानिसहरूले कृषिको महत्व बुझिसकेका छन। भारतमा संक्रमितको संख्या निरन्तर बढिरहेकाले नेपालमा यसको प्रभाव उच्च हुन जान्छ जसले गर्दा लक्डाउन कायम नै रहन जरुरी हुन्छ।
    मानिस संक्रमणबाट जोगिन जस्तो सुकै प्रयास गरेता पनि भोकमरीको चपेटा कृषिजन्य वस्तुको उपभोग बिना टर्दैन।हाल को समय अन्नपात भित्राउने,मकै छर्ने,चैते धान रोप्ने हो।रोप्न र गोडमेल गर्नमा एक डेढ हप्ता ढिला गरे पनि पाकिसकेको बाली भित्राउनमा ढिला,तयार भइसकेको जन्तु जनावरलाई दाना खुवाएर घाटामा चल्न सक्ने अवस्था पनि हुँदैन।कोरोनाको त्रासले कृषि उत्पादनमा ह्रास आउनु हुँदैन। त्यसो त नेपाल विगत कैयन वर्ष देखि निरन्तर व्यापार घाटामा छ।विश्व स्वास्थ्य संगठनको निर्देशन हुबहु पालन गर्न कठिन भएतापनि कृषक यस विषम परिस्थितिमा न्यूनतम सामाजिक दूरी कायम राखेर कृषि क्रियाकलापहरुमा होमिन जरुरी छ।
    सरोकारवाला निकायहरुले पनि सम्बन्धित कुरालाई ध्यानमा राखी होसियारी पूर्वक निर्णय गर्नु पर्छ । कोरोना लक डाउनको समयमा नेपाली भूमिमा रहनु भएका सबै नागरिकले फुर्सदको समय भर्चुअल संसारमा मात्र व्यतीत गराउनु भन्दा बाझिएको जमीनलाई उर्भरशिल बनाउन लाग्नु पर्छ।आफूसँग उपलब्ध स्रोतसाधन,बुद्धिविबेक प्रयोग गरि अधिकतम उत्पादनमा टेवा पुर्याउनु पर्दछ। रेमिट्यान्सको भरमा चलेको हाम्रो देशको अर्थतन्त्र हाल धरासयी छ । लाखौं युवा युवतीको रोजगारीता देश,प्रदेशमा धारापमा छ । राज्यले राजस्व समेत असुली गर्न नपाएको अवस्था छ।
    यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई जोगाउन देशवासीले बाँझिएको माटो फोरेर नेपाललाई साच्चिकै कृषिप्रधान देशमा परिणत गर्नु पर्दछ।उब्जनशिल भूमिलाई उत्पादनमुखी बनाउन ढिला गर्नु हुँदैन।

    कोरोना कहरले कृषिमा सृजित अर्को समस्या छ – उपभोगको । एकतिर उपभोक्ता कृषि जन्य वस्तु जस्तै:चामल,तरकारी, अण्डा,मासु,फलफूल इत्यादि को खोजीमा छट्पटाइरहेका छन् भने अर्को तिर किसानको तरकारी नबिकर खेतमा डोजर लगाउन बाध्य छन्,कुखुरा र अन्य जनावरलाई दाना खुवाउन असमर्थ छन् त कतिपय भण्डारण गर्नै नसक्ने अवस्थामा छन्।सञ्चार माध्यममा कुखुरा खाल्डोमा हालेको,दूध बाटोमा पोखेको समाचार पढ्न,सुन्न पाइरहेकै हो । यो समस्याको समाधान राज्यबाट हुनुपर्दछ । उत्पादित वस्तु उचित मूल्यमा सरकारले खरिद गरी भौंतारिएका उपभोक्ता सामु पुर्याउनु पर्दछ,यो राज्यको कर्तव्य पनि त हो र कृषिलाई प्रोत्साहन गर्नु पर्दछ।अन्य विपन्न नागरिक एबम् दैनिकी ज्याला मजदुरी गरेर छाक टार्ने हरु, अर्थात् आपतमा परेका जोकोहि नागरिकको लागि सरकारले थप राहत प्याकेजको व्यवस्था गर्नु पर्दछ।ऋण लिएर कृषि गरेका किसानहरुलाई ब्याजदरमा सहुलियत गरिनु पर्दछ।

    अत: कोरोनाले देशको अर्थतन्त्र ठप्प नपरोस्,कृषि उत्पादनमा कमी न आई वृद्धि होस्,कोही कुनै नागरिक खाद्य वस्तुको अभावमा ज्यान फाल्न नपरोस्।तपाईं हामी जति सक्छौं उत्पादनमा जुटौं,कुन ग्राहेस्थ उत्पादनमा कृषिको योगदान बढाऔं,विदेशिएका युवा जनशक्तिले देश भित्रै कृषिमा अवसर खोजौं। देशप्रति जिम्मेवार बनौं, सुरक्षित रहौं,उत्पादन बढाऔं, कोरोनाबाट बचौ ।

    बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation