ध्रुव राज पन्थी ‘मिराज’।
हरेक चीजहरु कुरुप लाग्दै गइरहेछन्
मलाई सुरुमा कुरुप लागेको यो समय हो
म सम्झिन खोज्छु कुरुप समयमा
रोमान्टिक मुडहरु ,
सम्झिदै जाँदा
तिमिले प्रथम पटक मेरो हात समातेको,
मलाई गाजलु आँखा मनपर्छ भनेको
अर्कोदिन देखी गाजल लगाएको ,
तिमिले प्रथम पटक चक्लेट
आधा खुवाएर तिमिले खाएको,
म पातली मान्छे
हजुरको अंगालोमा कता हराउँछु हराउंछु
भन्दै तिमि सर्माएको ,
सम्झिदै जाँदा ,
सम्झिन लाएक खासै रोमान्टिक मुडहरु भेटिदैनन,
यसै त यो समय कुरुप समय लागिरहेछ ,
प्रेम सुन्दर चीज हो भन्ने कुराको
भ्रममा डुव्न नपाउदै
यतिबेला सबथोक कुरुप लागिरहेछ
त्यो तिम्रो गाजलु आँखा ,
तिम्रो बोली
तिम्रो मुस्कान
तिमीले समातेको हात
तिम्रो ओठ
र तिम्रो प्रेम ,
यि कुरा म यतिबेला आफुलाई
ऐनामा हेरेर भनिरहेछु
साँच्चै कुरुप त म रहेछु ,
तिमी कुरुप हुँदै होइनौ ,
केवल मेरो हृदयको ऐनामा
देखिएको तिम्रो प्रतिबिम्ब कुरुप हो,
कुरुप त मेरो सोचाइ हो
पैसा जस्तो
तिम्रो जोवन कुरुप हुन सक्दैन
किन कि पैसालाई पनि आजसम्म
कुरुप भनिएको छैन ।
मलाई केवल यो समय कुरुप लागेको हो,
तिमिले हात छोडेको दिन सम्झिँदा ,
मलाई एक युग रुवाउनु अघि
तिमि एक साँझ रोएको पल सम्झिँदा ,
हरेक भेटमा चक्लेट खाएर
एक वचन मिठो बोली दिन नसकेको भेट सम्झिंदा ,
मैले सजिलै पत्याउने झुट सम्झिँदा ,
हरेकपटक मेरो हृदयलाई
नाटकीको उपमा दिइरहँदा ,
र
निधारमा चुम्दा मेरो भाग्य
जुठो भयो भन्दै तिमि नबोली गएको दिन सम्झिँदा
मलाई यो समय क्या कुरुप लागिरहेछ ,
यसरी कुरुप नलाग्नुपर्ने थियो
उसो त यो समय नै त्यस्तै चलिरहेछ
जस्तो वर्षात पछि इन्द्रेणी लाग्ने सट्टामा
कालो बादल लागेजस्तो ,
यो कुरुप समय
तिम्रो कुरुप यादसँगै बितिरहेछ
एकदिन कुरुपताको आयु सकिनेछ
फूल्नेछ एक सुन्दर लाली गुँरास
र जहाँ आइरहनेछन
सुन्दर पुतलीहरु ।
रेसुङ्गा नगर पालिका -४ गुल्मी ।