( बासु सर)
१२ महिना
३६५ दिन
८७६० घण्टा
५२५६०० मिनेट
३१५३६०० सेकेन्ड लगाएर
फेरि आईपुग्यो यो पृथ्वी उहीँ मितिमा
उहीँ चाल र उहीँ गतिमा तर फरक
स्थिती र फरक परिस्थितिमा।
कतै हिउँदमा नुन झरिरहेको झरी
कतै बर्षा याममा परिरहेको खडेरी र
कतै नत खडेरी नत झरीको अवस्थामा
आकाशमा मडारीरहेको कालो बादल अनि
त्यहीँ अन्योलतामा खुशी खोज्नेहरु देखि पर
म रवि र पवन सङ्गै भएर मनायौ नयाँ वर्ष
जहाँ हामी गर्यौ अन्तरङ्ग बातचित र स्पर्श।
मलाई लिन बिहानै मेरो कोठाभित्रै पुगेको पवन सङ्गै
म पुगे सुटुक्क एक चौतारी सम्म जहाँ आएको थियो रवि
उसैले पठाएको रहेछ पवनलाई बोलाउन मलाई किनकी
थाहा थियो उस्लाई मैले ऐले नयाँ वर्ष घरमै मनाउने कुरा
सायद चाहान्थे उनिहरु पनि म सङ्गै नयाँ वर्ष मनाउन
र मैलेपनी चाहन्थे उनिहरुलाई केही सोध्न र सुनाउन
जुन कुरा मैले कहिल्यै सोधेको थिएन र सुनेको थिएन।
सबैभन्दा पहिले मैले म थुनिएकोबारे मेरै एउटा कबिता सुनाए
त्यो सुनेर पवनले पिपलको पातहरु सङ्ग मिलेर ताली बजायो
र रविले रुखको हागाहरुलाई भुईमा त्यहीँ ताली सङ्गै नचायो
मैले ताजुव मानेर सोधेँ पवनले पातहरु सङ्ग ताली बजाउनु
र रविले रुखको हागाहरुलाई भुईमा सङ्गै नचाउनुको कारण
अनि जवाफ आयो यस्तो: ‘आज मान्छे दुखी र प्रकृति खुशी छ’
जुन खुशी देखाउन उनिहरु मलाई डाकेछन नयाँ वर्षको दिन।
मैले फेरि सोधेँ करोडौं सेकेन्ड बिताएर आएको दिन रोजेर
उनिहरुले मलाई खोजेर बोलाउनु पर्ने सवालको जवाफ तर
अहिले मैले उत्तर सहितको प्रश्न पाँए उत्तर दिनै नसकिने
पवनले पंखा चलायो अनि रवि रिसाएर रातो रातो भयो र
मलाई सोध्यो पसिना पार्ने प्रश्न:’पृथ्वीको पाईला गन्न सक्ने
मान्छेले कहिल्यै गनेको छ आफ्नो पाईला ? जुन पाईला सधैं
चल्छन् दुर्गन्धित पार्न यो धर्तिलाई त्यो मैले मात्र देखेको छु’।
सोध्नु थिएन मलाई उनिहरु सङ्ग अब एउटा पनि प्रश्न
बरु सुनाउनु थियो एउटै भावना ‘नयाँ वर्षको शुभकामना’
मैले त सुनाए तर मौन रहे रवि र पवन अनि धर्ती र गगन
अफ्ठ्यारो आईपर्यो आफैलाई उभिन उनिहरुको अगाडि
मकरो लगाएर मुखमा टाप कसे त्यहाँ बाट नहेरी पछाडी
मलाई बोध भयो मनुष्यको मुखमा मकरो लाग्नुको अर्थ
देखाउन लाएक भएन अनुहार त्यसैले छोपिदियो प्रकृतिले।
© स्वयममा सुरक्षित।
मिति २०७७/०१/०१-
रचनाकार ( बासु सर) हाल अादर्श नमुना मावि लमही ५ देउपुरकाे शिक्षक हुनुहुन्छ ।