• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

घर हिंडेका मजदुर बाटोमै लुटिए


  •   शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने,नवलपरासी। बांकेको राप्तीसुनारी गाउँपालिका निवासी शिवराज थारु काठमाडौं टोखा आसपासका क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्थे। घरपरिवारको बांच्ने आधार उनैको मजदुरी थियो। उनले कमाएको थोरबहुत पैसाले जसोतसो घरको गर्जो चलेको थियो।यसैमा उनिहरु खुसी र सन्तुष्ट नै थिए ।

    Advertisement

    तर एक्कासी विश्वभर कोरोना भाइरस(कोभिड-19 महामारीका रुपमा फैलियो । नेपालमा पनि कोरोनाको संक्रमण फैलन सक्ने भन्दै सरकारले पनि मुलुकभर गत चैत्र ११ गतेदेखि लकडाउन गर्यो।  त्यसबाट प्रत्यक्ष मारमा परे ज्यालामजदुरी गर्ने श्रमिकहरु। ब्यापार,ब्याबसाय,उद्योग कलकारखाना बन्द भए। त्यससंगै ती मजदुरहरुको काम संगै माम पनि रोकियो। काम रोकिएपछी लकडाउन अबधी कुर्ने र त्यसपछी पुन काममा फर्किने बाहेक अन्य आशा उनीहरूसङ्ग रहेन।तर फेरी सरकारले पुन चैत्र २५ गतेसम्मका लागी दोश्रो पटक जब देशभर लकडाउन अवधी बढाउने लम्बायो। तव ती मजदुरहरुलाई छट्पटी बढ्न थाल्यो । उनिहरुसंग साथमा भएको खाधान्न र पैसापनी सकिदै गयो।उनीहरुले आफुहरुलाई काममा लगाउने ठेकेदारलाई फोन गरे।तर ठेकेदारले फोन उठाएनन, उल्टै मोबाइल नै अफ गरे।यस्तो अवस्थामा उनिहरुसङ्ग अब एउटै विकल्प रह्यो, घर फर्कने। तर कसरी? सबै सवारीका साधन ठप्प छन् । र उनिहरुले मङ्गलवार बिहानै सल्लाह गरेर नेपालगञ्ज सम्मका लागी जान टोखा नगरपालिका वडा न २ को वडाकार्यालय समक्ष सवारी पास दिन अनुरोध गरे । अनुरोध अनुरुप सो वडाले १८ गते नै उनिहरुको ३२ जनाको समुहलाई बा ४ ख ७३४ न को गाडिवाट नेपालगञ्ज सम्मको लागी जान अनुमती प्रदान गरेको सिफारिस दियो । सिफारिस साथै लिएर उनिहरु उक्त गाडिमार्फत नेपालगन्जका लागी हिडे । तर महानगरीय प्रहरिले उनिहरुलाई जिल्ला प्रशासनको पास नभएको भन्दै सो गाडिमा जान रोक लगायो । उनिहरुको ३२ जनाको समुह हिडेरै भएपनी घर फर्किने अठोटका साथ बुधबार बिहान ११ बजे काठमाडौंबाट अगाडी बढे । जुन समुहमा वर्ष ३२ कि एक महिला पनि थिइन्।चाउचाउ, विस्कुट र चिउराको भरमा उनिहरु दिनरात अनवरत रुपमा ८/१० जनाको समुह खुरुखुरु हिडिनै रहयो । कठिन र चुनौतीपूर्ण यात्रामा निस्केका उनिहरु शुक्रबार बिहान १ बजेको समयमा नारायणि नदि पार गरे । जब नारायणी पार गरेर नवलपुर छिरे तब उनिहरुको ९ जनाको समुह माथी अपरिचित चार युवकले खुकुरी देखाउदै शरिरमाथी लौरो बजारेम साथमा रहेको झन्डै २० हजार रुपैयाँ र ३ वटा मोवाइल सेट लुटेर फरार भए । सो घटना भएको केहि मिनेट लगत्तै उनिहरुले प्रहरीको भ्यान देखे र प्रहरीलाई गुहारे । आफुहरुका पीडा र लुटिएका घटना प्रहरीलाई सुनाए तर प्रहरीले पनि वास्ता गरेन। “यहाँ यस्तै हो, सुतिरहेका मान्छेलाई डिस्टर्व हुन्छ जहाँ जाने हो छिटो जाने” भन्दै प्रहरीले पनि धम्काएको सोहि समुहका शिवराज थारु र रोशन चौधरीले दुखेसो पोखे । थकित शरिर, खिन्न मनका बाबजुत उनिहरुलाई शसस्त्र प्रहरीले सहयोग गरे। गैंडाकोट कटेपछी शसस्त्र प्रहरीले सोधखोज गरि ट्रक रोकाएर चढाइदिए । सो ट्रकमा झन्डै २५-३० किलोमिटर भएपनि यात्रा गर्न पाएपछि उनिहरु दङ्ग भए ।

    काठमाडौंबाट हिडेको ३ दिनपछि शुक्रवार दिउसो मात्र पश्चिम नवलपरासीको भुमहीमा आइपुगेका हुन। यसरी उनिहरुको बाक्लो समुह जिल्ला प्रवेश गर्ने क्रममा प्रहरीले सोधपुछ गरि उनीहरुको अवस्था बुझेर प्रहरी प्रशासनको सहयोगमा उधोग वाणिज्य सघ नवलपरासीसङ्ग समन्वय गरी उनिहरुलाई नेपालगन्ज सम्म जान गाडिको व्यवस्था मिलाइदिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

    शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation