• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, माघ ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ५. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ६. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ७. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

  • १०. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

पश्चिम नवलपरासीमा १ सय शैयाको क्वारेन्टाइन तयार


  •   मङ्गलबार, चैत ११, २०७६ मा प्रकाशित
  • सुनवल। पश्चिम नवलपरासीको सुनवल वडा नं ११ जर्गाहमा १ सय शैयाको कोरोना भाइरस उपचार केन्द्र क्वारेन्टाइन वार्ड तयार भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ रोकथामका लागि सुनवल नगरपालिका र प्रहरी युक्ति तालिम महाबिद्यालय सुनवलको संयुक्त सहकार्यमा उक्त क्वारेन्टाईन तयार भएको हो। क्वारेन्टाईन बुधबार देखि संचालनमा आउने छ। कुनै बिरामीमा कोरोनाको लक्षण देखिएमा तिनलाई यो वार्डमा राखेर उपचार गरिने छ । आज नगर प्रमुख भिमबहादुर थापा एवं जनप्रतिनिधिहरुले क्वारेन्टाइन तयारी अवस्थाको निरिक्षण गर्नुभएको थियो ।
    सुनवल नगरपालिकाले कोरोना नियन्त्रणको पूर्व तयारीलाई तिब्रता दिएको छ । क्वारेण्टाइनमा महाविद्यालयका एक चिकित्सकसहित नगरपालिकाको छुट्टै स्वास्थ्य टीम खटाइएको छ । बेडदेखि बिरामीलाई आवश्यक पर्ने सम्पूर्ण सामाग्री र खानासमेत नगरपालिकाले व्यवस्था गरेको नगर प्रमुख थापाले बताउनुभयो । कोरोना भाइरसको रोकथाम तथा निदान र नगरबासिको सुरक्षाको लागि सुनवल नगरपालिकाले कुनै कसर बाकि नराख्ने नगरप्रमुख थापाले रेडियो सुनवललार्ई बताउनुभयो । उहांले सबै नगरवासिहरुलाई नियमित रुपमा साबुन पानीले हात धुने ,सकेसम्म भिड भाड हुने स्थानमा जम्मा नहुने र अनावश्यक रुपमा चोक चौराहमा जम्मा नहुन पनि आग्रह गर्नु भएको छ । क्वारेण्टाइनका लागि १० थान पीपीईसहितको सामाग्री आइसेको छ ।
    कोरोना संक्रमणविरुद्ध तल्लो तहबाट सचेतना जगाउन नगरका १३ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा गठन भएका कोरोना समन्वय समितिहरुले समेत कोरोना रोकथामको पूर्व तयारीका कामहरु प्रारम्भ गरिसकेका छन् । वडामा रुघाखोकी, ज्वरो सहितका लक्षण देखिएका बिरामी फेला परेमा सम्बन्धित स्वास्थ्य संस्थामा खबर गर्न नगरपालिकाले सर्वसाधारणलाई अनुरोध गरेको छ । यसैगरि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि राष्ट्रिय बाणिज्य बैक सुनवल शाखामा सुनवल नगरपालिकाको नाममा रहेको खातामा सहयोग रकम जम्मा गर्न र बस्तुगत सहयोग उपलब्ध गराई सहयोग गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।
    यसैबीच संक्रमणबारे सुरक्षित रहन र लक्षण देखिएका बिरामीहरुको उपचारका लागि जिल्लाका सबै स्थानीय तहहरुलाई क्वारेण्टाइन बनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताउनुभयो । उहाले जिल्लामै नमूनाका रुपमा सुनवल नगरपालिकाले उदाहरणनीय काम गरेकोले त्यसको अनुसरण गर्दै अन्य स्थानीय तहले पनि स्वास्थ्य उपचारका उपाय अबलम्बन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    Advertisement

    मङ्गलबार, चैत ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन
    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने
    राप्ती प्रतिष्ठानमा प्रयोगशाला विस्तार, टिकट काउन्टर थपिँदै

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ५.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ६.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    भर्खरै

    • १.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • २.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ३.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ४.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ५.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ६.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ७.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ८.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation