• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

पश्चिम नवलपरासीमा १ सय शैयाको क्वारेन्टाइन तयार


  •   मङ्गलबार, चैत ११, २०७६ मा प्रकाशित
  • सुनवल। पश्चिम नवलपरासीको सुनवल वडा नं ११ जर्गाहमा १ सय शैयाको कोरोना भाइरस उपचार केन्द्र क्वारेन्टाइन वार्ड तयार भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ रोकथामका लागि सुनवल नगरपालिका र प्रहरी युक्ति तालिम महाबिद्यालय सुनवलको संयुक्त सहकार्यमा उक्त क्वारेन्टाईन तयार भएको हो। क्वारेन्टाईन बुधबार देखि संचालनमा आउने छ। कुनै बिरामीमा कोरोनाको लक्षण देखिएमा तिनलाई यो वार्डमा राखेर उपचार गरिने छ । आज नगर प्रमुख भिमबहादुर थापा एवं जनप्रतिनिधिहरुले क्वारेन्टाइन तयारी अवस्थाको निरिक्षण गर्नुभएको थियो ।
    सुनवल नगरपालिकाले कोरोना नियन्त्रणको पूर्व तयारीलाई तिब्रता दिएको छ । क्वारेण्टाइनमा महाविद्यालयका एक चिकित्सकसहित नगरपालिकाको छुट्टै स्वास्थ्य टीम खटाइएको छ । बेडदेखि बिरामीलाई आवश्यक पर्ने सम्पूर्ण सामाग्री र खानासमेत नगरपालिकाले व्यवस्था गरेको नगर प्रमुख थापाले बताउनुभयो । कोरोना भाइरसको रोकथाम तथा निदान र नगरबासिको सुरक्षाको लागि सुनवल नगरपालिकाले कुनै कसर बाकि नराख्ने नगरप्रमुख थापाले रेडियो सुनवललार्ई बताउनुभयो । उहांले सबै नगरवासिहरुलाई नियमित रुपमा साबुन पानीले हात धुने ,सकेसम्म भिड भाड हुने स्थानमा जम्मा नहुने र अनावश्यक रुपमा चोक चौराहमा जम्मा नहुन पनि आग्रह गर्नु भएको छ । क्वारेण्टाइनका लागि १० थान पीपीईसहितको सामाग्री आइसेको छ ।
    कोरोना संक्रमणविरुद्ध तल्लो तहबाट सचेतना जगाउन नगरका १३ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा गठन भएका कोरोना समन्वय समितिहरुले समेत कोरोना रोकथामको पूर्व तयारीका कामहरु प्रारम्भ गरिसकेका छन् । वडामा रुघाखोकी, ज्वरो सहितका लक्षण देखिएका बिरामी फेला परेमा सम्बन्धित स्वास्थ्य संस्थामा खबर गर्न नगरपालिकाले सर्वसाधारणलाई अनुरोध गरेको छ । यसैगरि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि राष्ट्रिय बाणिज्य बैक सुनवल शाखामा सुनवल नगरपालिकाको नाममा रहेको खातामा सहयोग रकम जम्मा गर्न र बस्तुगत सहयोग उपलब्ध गराई सहयोग गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।
    यसैबीच संक्रमणबारे सुरक्षित रहन र लक्षण देखिएका बिरामीहरुको उपचारका लागि जिल्लाका सबै स्थानीय तहहरुलाई क्वारेण्टाइन बनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताउनुभयो । उहाले जिल्लामै नमूनाका रुपमा सुनवल नगरपालिकाले उदाहरणनीय काम गरेकोले त्यसको अनुसरण गर्दै अन्य स्थानीय तहले पनि स्वास्थ्य उपचारका उपाय अबलम्बन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    Advertisement

    मङ्गलबार, चैत ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation