• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, कार्तिक ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ४. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ५. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

‘सारङ्गी’ को धुनमा चेतनाको सन्देश’(भिडियो)


  •   सोमबार, फागुन २६, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी,प्यूठान।एक समय थियो, गन्धर्वहरु सारङ्गी भिरेर गाउँ डुल्थे। घरघरमा पुग्थे। गीत सुनाउँथे। सारङ्गी धुन गुञ्जिन्थ्यो। त्यस्मा जीवन–जगतका यथार्थ घटनाको बयान हुन्थ्यो । ती गीतमा सुख दुःखका कथा हुन्थे। बिरह र बेदनाका भाव छल्कन्थ्यो। तर अब भने, गन्धर्वहरूले सामाजिक सचेतना,जागरण र संदेशका गीतहरू समेत गाउन थालेका छन् । प्राय, माया पिरतीका भाका सुनाउने प्युठानको ऐरावती–५ सरङ्कोटका अर्जुन गन्दर्व सहित ४ जनाको कलाकार समुह आजभोली सारङ्गीको धुनसँगै संदेशमुलक गीत सुनाउँदै हिँड्ने गरेका हुन् । उनीहरु कोरोना भाईरस र हिउदयाममा हुने बिपदका घटनाबाट सतर्कता अपनाउनुपर्ने भन्दै गाँउटोलमा पुगेर संदेशमुलक गीत प्रस्तुत गर्छन । कोरोनाबाट आफु पनि बचौ र अरुलाई पनि बचाउँ भन्ने भाव सहित अर्जुनले यसरी गीत गाउनुभयो :
    आफ्नो जीवन राम्रो संग सजाउनु
    आफु बांच्नु अरुलाई बचाउनु।
    भाईरस हटाउ गौतमबुद्ध अनि सगरमाथा
    भाईरसलाई आउनै नदिउँ पशुपतीनाथआफ्नो जीवन राम्रो सँ सजाउनु
    आफू बाच्नु अरुलाई बचाउनु
    रुघा लाउछ ज्वरो आउँछ टाउको दुख्ने गर्छ
    एकजनालाई लाग्यो भने अरुलाई नि सर्छ।
    कोरोनाले बिश्व नै थर्कायो
    दुनियाँ को मन साह्रै धर्कायो

    नपर्नलाई भाईरसको रोगमा
    ऐरावती गापाको सहयोगमा

    Advertisement

    कोरोनापछि उहाँले आगलागीले ठुलो क्षती पुर्याउने भएकाले सचेत रहन आग्रह गर्दै यस्तो गीत गाउनुभयो ।

    दिदि बहिनी हे मेरा दाजुभाई
    यहि संदेश सुनाउछौ सबैलाई
    हरियाली बन,
    जोगाउँ है आफ्नो बन,यहि हो हाम्रो धन।

    फागुन देखी जेठ सम्म आगो लाग्ने डर
    ग्यास,सलाई,लाईटर सुरक्षाले राखौ आफ्नै घर।
    बनस्पती,जडीबुटी,आगो लागे खान्छ
    आफ्नै बनको सम्पती नै नोक्सान हुँदै जान्छ।
    एकैछिनको लापरबाहिले ठुलो क्षती हुन्छ।
    पशुपन्छी जीवजन्तुको साह्रै मन रुन्छ।
    हेहेहे दिदि बहिनी …..

    सारंगीका धुन सबैले रुचाउने भएकाले यसैमा सचेतना र संदेशको गीत तयार गरिएको अर्जुनले बताउनुभयो ।‘हामी समाजको ऐना हौं । समाजका बिषयबस्तुलाई टपक्क टिपेर गीत बनाउँछौं ।’ उहाले भन्नुभयो, ‘अब यस्तै खालका गीत सुनाउछौँ ।” बिपद सम्बन्धी सचेतनामुलक अभियानमा अर्जुनसंगै पुर्ण, सन्तराम र सद बहादुर गन्दर्व सहित कलाकारको समुह सक्रिय छन् ।
    प्यूठानको ऐरावती गाउँपालिकाले कोरोना भाइरसका बारेमा सचेतना जगाउन सारङ्गीको धुनलाई साहारा बनाएको हो । गाउँपालिकाका उपाअध्यक्ष बुद्ध बहादुर बस्नेतले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना र बिपदका घटनाबाट समयमै जोगिन नागरिकको सचेतनाका लागी यो अभियान सुरु गरेको बताउनुभयो। यसले सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने उहाको बिश्वास छ। शनिबार देखी सुरु भएको यो अभियान आउदो चैत्र मसान्त सम्म संचालन हुने छ। गाउपालिका भित्रका ६ वटै वडामा यो सचेतनामुलक अभियान लगिने उहाले जानकारी दिनुभयो ।

    सोमबार, फागुन २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ४.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ५.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...